केबिकालाई बुद्धको यस्तो रोमान्टिक प्रेम प्रस्ताव

२७ मंसिर २०७७, शनिबार १९:५७
Featured Video Play Icon

मकवानपुर, २७ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा प्रतियोगिताका चर्चित बुद्धिका जोडीले फेरि एकपटक रोमान्टिक मुडमा सबैको मन जितेका छन् । प्रतियोगिताको शुक्रबारको प्रस्तुतिमा रोमान्टिक प्रस्तुति दिएर निर्णायकहरुको स्टाण्डिङ ओभिएसन पाएका बुद्ध र केबिकाले आफुहरुलाई फेरि एकपटक केमेष्ट्री मिलेको रोमान्टिक जोडीका रुपमा प्रमाणित गरिदिएका छन् । शुक्रबारको प्रस्तुतिमा विशेष अतिथिका रुपमा नेपाली चलचित्र उद्योगका रोमान्स किङ नायक भुवन केसी उपस्थित भएका थिए । त्यसैले सबै जोडीलाई रोमान्टिक प्रेम प्रस्ताव राख्न स्टेजमा समय दिइएको थियो । त्यस क्रममा बुद्धले केबिकालाई यति रोमान्टिक तरिकामा प्रेम प्रस्ताव राखेकि केबिका लाजले भुतुक्कै भएकी थिईन् । बुद्धले पहिला गीतमा अनि पछि शब्दमार्फत उनलाई रोमान्टिक प्रेम प्रस्ताव राखेका थिए । हुन त यो वास्तविक रुपमा साँच्चैको प्रेम प्रस्ताव थिएन तर त्यो अभिनय पनि निक्कै रोमान्टिक देखिएको थियो । हेर्नुहोस् भिडियो सामग्री–

शुक्रबारको प्रस्तुतिमा बुद्ध र केबिकाले उदितनारायण झा र कविता कृष्णमुर्तिको आवाजमा रहेको ‘चोरी देऊ चोरी देऊ’ बोलको गीतमा ओपन स्टाईल डान्स गरेका थिए । प्रप्स राउण्डमा ओपन स्टाईल डान्स गरेका उनीहरुले जर्मन ह्विलमा रोमान्टिक प्रस्तुति दिएका थिए । उनीहरुको रोमान्टिक मुडको नृत्यका दौरान निर्णायक र सहभागीहरुले प्रशंसाका शब्दहरुका साथै हुटिङ गरेका थिए । जर्मन ह्विलमा उनीहरुले रोमान्टिक मात्र नभई चुनौतिपूर्ण प्रस्तुति दिएका कारण निर्णायकहरुले उनीहरुको प्रशंसा गरेका थिए । उनीहरुलाई निर्णायक गौरी मल्ल बाहेक सबै निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए ।उनीहरुको प्रस्तुतिमा विशेष अतिथि नायक भुवन केसीले प्रशंसाका शब्दहरु बोल्दै आफु बिगतको फ्ल्यास ब्याकमा पुगेको बताए । उनले बुद्धको प्रशंसा गर्दै बुद्धले गीतबाट मात्रै नभई नृत्यबाट पनि सबैको मन जित्नसक्ने बताए । उनले माईकल ज्याक्सनको जस्तै नृत्य र गायनमा अब्बल भएको भन्दै बुद्धको प्रशंसा गरे । बुद्ध रोमान्टिक हिरो समेत हुनसक्ने उनले बताए । साथै उनले केबिकाको प्रशंसा गर्दै रेनेशाजस्तै राम्रो कोरियोग्राफर बन्नसक्ने अवस्था भएको बताए ।

निर्णायक रेनेशा राईले पनि उनीहरुको प्रशंसा गर्दै उनीहरुले प्रस्तुत गरेका सबै पुराना प्रस्तुतिहरु पनि याद आएको बताईन् । उनले बुद्ध र केबिकालाई स्टेजमै गएर प्रशंसा गरिन् । उनीहरुको प्रस्तुतिलाई माईन्डब्लोईङ भन्दै उनीहरुको टाईमिङ र फिलको प्रशंसा गरिन् । प्रप्सको माथि उभिएर केबिकालाई लिफ्ट गरेको समय निक्कै राम्रो भएको भन्दै रेनेशाले त्यसलाई अविश्वसनीय भएको बताईन् । निर्णायक गौरी मल्लले बुद्धको फरक रुपहरु देख्न पाएको बताउँदै दुबै जना रोमान्टिक सिनेमाको हिरो हिरोईन जस्तो देखिएको बताईन् । उनीहरुको प्रस्तुति हेर्दै गर्दा रोमान्टिक सिनेमा र गीत हेरेको जस्तो लागेको बताईन् । उनीहरुले जर्मन ह्विलमा गरेको प्रस्तुतिलाई निक्कै प्रशंसा गरिन् । निर्णायक दिलिप रायमाझीले पनि उनीहरुको प्रशंसा गरे ।

शुक्रबारको प्रस्तुतिमा बुद्ध र केबिकाले निर्णायक रेनेशाबाट १० अंक, गौरीबाट ९ अंक र दिलिपबाट १० अंक गरी जम्मा २९ अंक प्राप्त गरेका थिए । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले बाह्रौँ हप्ताको शुक्रबार २९ अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्राँै हप्ताको शुक्रबार सकिँदा जम्मा ४०९ अंक प्राप्त गरेका छन् ।

उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले बाह्रौँ हप्ताको शुक्रबार ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । उनीहरुले ४ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*