कसैले राख्न नसकेको रेकर्ड सुमी मोक्तान र बिजु पार्कीको नाममा

२७ मंसिर २०७७, शनिबार १९:४९
Featured Video Play Icon

मकवानपुर, २७ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा पहिलो एपिसोडदेखि बाईसौँ एपिसोडसम्म आईपुग्दा १२ वटा जोडीहरुले विभिन्न रेकर्डहरु राखेका छन् । ती रेकर्डहरुमध्ये एउटा रोचक रेकर्ड हो पूर्णाङ्कको रेकर्ड । शोमा भाग लिएका १२ जोडी प्रतियोगीहरुमध्ये ३० मा ३० नै अंक अर्थात पूर्णाङ्क सबैभन्दा बढी प्राप्त गर्ने जोडी हो नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी । यो जोडीले शोमा ४ पटक ३० मा ३० नै अंक प्राप्त गरेका थिए । उनीहरुले पहिलो,दोस्रो, तेस्रो र एघारौँ हप्ताको दोस्रो दिन समान ३०–३० अंक प्राप्त गरी सबैभन्दा बढी पूर्णाङ्क पाउने एकमात्र जोडीको रेकर्ड राखेका हुन् । उनीहरुबाहेक कुनै पनि जोडीले शोमा ४ पटक ३० मा ३० नै अंक प्राप्त गरेका छैनन् । त्यस्तै हालसम्मको अंक जोड्दा पनि सर्वाधिक अंक पाउने जोडीको रेकर्ड पनि सुमी र बिजुकै नाममा छ । स्टेजमा सुबजिु जोडीका नामले परिचित उनीहरुले एघाराँै हप्ताको नृत्य सकिँदा जम्मा ३८६ अंक प्राप्त गरेका छन् । उनीहरुपछि उनीहरुलाई टक्कर दिने जोडी बुद्धिका जोडी हो जसले ३८० अंक ल्याएका छन् । तसर्थ सुबिजु जोडीको यो पनि सबैभन्दा राम्रो रेकर्ड हो । हेर्नुहोस् भिडियो–

मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले रुचाएका छन् । उनीहरु शोमा स्टन्टवाला जोडीका रुपमा देखिएका छन् । उनीहरुले पहिलो,दोस्रो र तेस्रो हप्तामा समान ३०–३० अंक, चौथो हप्ता २६ अंक तथा पाँचौँ र छैटौँ हप्ता २३–२३ अंक प्राप्त गरेका थिए । उनीहरुले सातौँ र आठौँ हप्ता समान २७–२७ अंक, नवौ हप्तामा २७ र २६ अंक, दशौँ हप्ताको दुबै दिन समान २९–२९ अंक तथा एघारौँ हप्तामा २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले एघारौँ हप्ता सकिँदा जम्मा ३८६ अंक प्राप्त गरेका छन् ।

स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर र पाँचौँ हप्ता कलिउड हिपहप डान्स प्रस्तुत गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता झ्याउरे, सातौँ हप्ता ओपन स्टाईल र आठौँ हप्ता सुफी डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता पासो दोब्ले र कन्टेम्प्ररी, दशौँ हप्ता एरियल एक्रोब्याट्स एण्ड कन्टेम्प्ररी र ओपन स्टाईल तथा एघारौँ हप्तामा हिपहप र कन्टेम्प्ररी डान्स गरेका थिए । सुमीलाई सातौँ हप्ता सोमु गुरुङले नृत्यमा साथ दिएका थिए । सुमी र बिजुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर सञ्जय लामासँग मिलेर प्रस्तुति दिएका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*