बुद्ध लामा र केबिका खत्रीलाई यो हप्ता खतरा

२६ मंसिर २०७७, शुक्रबार १९:४६
Featured Video Play Icon

मकवानपुर, २६ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता प्रतियोगिताको चर्चित बुद्धिका जोडीलाई चुनौति नै चुनौति रहेको छ । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा चर्चामा आएका बुद्ध लामा र केबिका खत्रीको जोडीलाई दर्शकहरुले खुबै रुचाएका छन् । तर उनीहरु भोटमा भने पछि परिरहेका छन् । निर्णायकहरुको नजरमा पनि उनीहरु फाईनलमा पुग्नुपर्ने जोडीका रुपमा देखिएका छन् र उनीहरुबाट राम्रो अंक पनि पाईरहेका छन् । तर दर्शक भोटका आधारमा नतिजा धेरै प्रभावित हुने भएकोले निर्णायकको मतले मात्र उनीहरुलाई जोगाउन सक्ने अवस्था यो हप्ता छैन । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । डान्सिङ विथ द स्टार्स नेपालका विषयमा बनेका हरेक भिडियो तथा डान्सिङ विथ द स्टार्सको हरेक एपिसोडमो भिडियोमा बुद्धिका जोडीको नाम धेरैले कमेन्ट गर्छन् र मनपराएको बताउँछन् । तर उनीहरु केही हप्तादेखि हरेक हप्ता बटम थ्रीमा परिरहेका छन् । तसर्थ यो हप्ता सेमिफाईनललाई क्रस गर्दै फाईनलसम्म पुग्न उनीहरुलाई ठूलो चुनौति देखिएको छ । हेनुृहोस् भिडियो सामाग्री–

बुद्ध र केबिकाले सेमिफाईनलसम्म आउँदा ४ पटक बटम लाईनको सामना गरिसकेका छन् । गत साता पनि बुद्धिका जोडी र सुबिजु जोडीले सर्वाधिक अंक ल्याएका थिए तर यी दुबै जोडीले गत साता बटम थ्रीको सामना गरेका थिए । त्यसैले दर्शक भोट नै नतिजामा निर्णायक भएको अन्दाज दर्शकहरुमाझ पनि छ । त्यसैले यो जोडीले यो साता अपेक्षा गरेअनुरुप दर्शक भोट पाएनन् भने फाईनलमा नपुग्ने सम्भावना पनि ठूलो देखिन्छ । तर दर्शकहरुमाझ चर्चित भईसकेको यो जोडीले दर्शक भोट पनि धेरै पाउने सम्भावना यो हप्ता धेरैमात्रामा छ । बुद्धिका जोडीले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले एघारौँ हप्ता सकिँदा जम्मा ३८० अंक प्राप्त गरेका छन् ।

उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*