तामाङ चलचित्र ‘तिङ्ला नाङ्सल’ को धमाधम सुटिङ हुँदै

२५ मंसिर २०७७, बिहीबार २०:३६

मकवानपुर, २५ मंसिर । तामाङ भाषाको नयाँ चलचित्र ‘तिङ्ला नाङ्सल’ को धमाधम सुटिङ भईरहेको छ । नेपालका विभिन्न क्षेत्रहरुमा छायाँकन हुँदै गरेको चलचित्रको केही समयअघि मात्रै ३ वटा गीतहरुको छायाँकन पोखरामा गरिएको छ । चर्चित निर्देशक निमा लामा तामाङको निर्देशनमा तयार भईरहेको यस चलचित्रमा तामाङ समुदायको सामाजिक कथाका साथै प्रेमकथालाई समावेश गरिएको छ । तामाङ भाषाको चलचित्र निर्देशनमा निर्देशक लामाको यो नवौँ प्रस्तुति हो । वर्कशप तथा गीत रेकर्डिङको समयदेखि नै चर्चामा रहेको चलचित्रमा कलाकारहरुले मेहनतका साथ काम गरेको कलाकार किताब सिंह घलानले जानकारी दिए ।

जिम्बा फिल्म प्रोडक्सन तथा सर्लाही समूहको आठौँ प्रस्तुतिका रुपमा तयार भएको यस चलचित्रलाई सानु बोम्जन र मिनकुमार वाईबाले निर्माण गरेका हुन् । चलचित्रमा कृष्ण लामा, सुसन वाईबा, अनिता बोम्जन, अबिना गोले, कृष्मा वाईबा, सुनलाल वाईबा, सुसन लामा, बिनिता थिङ, सोनु वाईबा, कान्छामान वाईबा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । विश्वास भण्डारीको छायाँकन तथा सम्पादनमा तयार हुँदै गरेको चलचित्रमा निर्देशक लामाकै कोरियोग्राफी रहेको छ । चलचित्रमा सुरज श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।

चलचित्रको कथा तथा गीतका शब्दहरु नायक कृष्ण लामाले नै लेखेका हुन् । चलचित्रका गीतहरुमा निर्देशक निमा लामा तामाङ र गायक तथा संगीतकार शुभ तामाङले संगीत भरेका छन् । चलचित्रका गीतहरुमा विशाल काल्तान, शुभ तामाङ र बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । आरोही क्रियशनमा रेकर्ड गरिएका गीतहरुलाई बाबुल गीरिले एरेञ्ज गरेका छन् । चलचत्रिको पब्लिसिटी डिजाईन सूर्य लामाले गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*