नेपाल स्टारका उत्कृष्ट १० लागि छानिएका थप ५ प्रतियोगीहरु

२५ मंसिर २०७७, बिहीबार १२:२९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २५ मंसिर । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट १० का लागि थप ५ जना प्रतियोगीहरु छानिएका छन् । शोको उत्कृष्ट १४ मा परेका प्रतियोगीहरुमध्ये गत साता प्रस्तुति दिएका ७ जना प्रतियोगीहरुबाट ५ जना प्रतियोगीहरु उत्कृष्ट १० का लागि छानिएका हुन् । ७ जनामध्ये चर्चित प्रतियोगीहरु सुनिल विश्वकर्मा र मुना ठटाल शोबाट बाहिरिएका छन् । उत्कृष्ट १० का लागि विशालदेव श्रेष्ठ, एलिना गुरुङ, अमिन परियार, सिद्धान्त खड्का र सन्देश बम्जन लामा छानिएका छन् । यस अघि नै उत्कृष्ट १० का लागि पहिलो ५ जना प्रतियोगीहरु पनि छानिसकिएका छन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट १० का लागि छानिएका थप ५ जना प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

नेपाल स्टारको उत्कृष्ट १० मा पुगेका छैटौँ प्रतियोगी हुन् विशाल देव श्रेष्ठ । ईटहरी अडिसनबाट छानिएका विशालले निर्णायकहरुको मन जित्दै अगाडि बढेका छन् । झापाका ३२ वर्षीय विशालले षडज् राउण्डमा दिएको प्रस्तुतिबाट निर्णायक आलोक श्रीले आफु उनको फ्यान भएको बताएका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । सानैदेखि गायनमा रुचि राख्दै आएका विशाल झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी निवासी हुन् । नेपाल स्टारको उत्कृष्ट १० मा पुगेका सातौँ प्रतियोगी हुन् एलिना गुरुङ । साँगितिक क्षेत्रमा लागेको करिब ४ वर्ष भईसकेको बताउने एलिना पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

नेपाल स्टारको उत्कृष्ट १० मा पर्न सफल आठौँ प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । उनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । नेपाल स्टारको उत्कृष्ट १० मा पर्न सफल नवौँ प्रतियोगी हुन् सिद्धान्त खड्का । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । नेपाल स्टारको उत्कृष्ट १० मा पर्न सफल दशौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी धरान निवासी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*