डान्सिङ विथ द स्टार्स नेपालका उत्कृष्ट ४ जोडीहरु

२५ मंसिर २०७७, बिहीबार १२:१५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २५ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा उत्कृष्ट ४ जोडीहरु छानिएका छन् । यसअघि उत्कृष्ट ५ सम्म पुगेका गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको ‘ज्योतिला’ जोडी बाहिरिएपछि शोका उत्कृष्ट ४ जोडीहरु छानिएका हुन् । शोका उत्कृष्ट ४ सेमिफाईनालिष्ट जोडीहरुमा प्रियना आचार्य र शुभम भुजेल, फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारी, सुमी मोक्तान र बिजु पार्की तथा बुद्ध लामा र केबिका खत्री रहेका छन् । यस भिडियो सामग्रीमा यी नै उत्कृष्ट ४ जोडीहरुको छोटो परिचय र उनीहरुले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो फिचर–

डान्सिङ विथ द स्टार्स नेपालमा पहिलो वाईल्ड कार्ड ईन्ट्री जोडी हुन् कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडी । स्टेजमा प्रियम जोडीका नामले परिचित यो जोडीले शोको पाँचौँ हप्तामा वाईल्ड कार्ड ईन्ट्री पाएका थिए । शुभम र प्रियनाले पाँचौँ हप्तामा आफ्नो पहिलो नृत्य प्रस्तुत गरेका थिए । यो जोडीले पाँचौँ हप्ता २४ अंक, छैटौँ हप्ता २२ अंक, सातौँ हप्ता २६ अंक र आठौँ हप्ता २२ अंक प्राप्त गरेका थिए । त्यस्तै नवौँ हप्ताको दुबै दिन समान २५–२५ अंक, दशौँ हप्ताको दुबै दिन समान २७–२७ अंक र एघारौँ हप्तामा २६ र २४ अंक प्राप्त गरेका थिए । उनीहरुले एघारौँ हप्ता सकिँदा जम्मा २४८ अंक प्राप्त गरेका छन् । उनीहरुले पाँचौँ र छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता कर्मग्राफी एण्ड किजोम्बा र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । त्यस्तै नवौँ हप्ता फ्युजन साल्सा र कन्टेम्प्ररी, दशौँ हप्ता ट्वेर्किङ प्लस कलिहप र ओपन स्टाईल तथा एघारौँ हप्ताको दुबै दिन ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर युमी बलामीसँग मिलेर प्रस्तुति दिएका थिए । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।

फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले यतिखेर स्टेजमा चर्चा कमाईरहेका छन् । कमेडियन र कोरियोग्राफरको यो जोडी अहिले दर्शकहरुमाझ चर्चित छन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पहिलो र दोस्रो हप्ता २५–२५ अंक, तेस्रो हप्ता २९ अंक, चौथो हप्ता २५ अंक र पाँचौँ हप्ता २८ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता २७ अंक, सातौँ हप्ता २५ अंक र आठौँ हप्ता २९ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता २३ र २६ अंक, दशौँ हप्ता २५ र २९ अंक तथा एघारौँ हप्ता २९ र २५ अंक प्राप्त गरेका थिए । उनीहरुले एघारौँ हप्ता सकिँदा जम्मा ३७० अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिहप, तेस्रो हप्ता ओपन स्टाईल र चौथो हप्ता कलिहप डान्स गरेका थिए । उनीहरुले पाँचौँ हप्ता बेली डान्स, छैटौँ हप्ता कलिहप तथा सातौँ र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता चाल्र्सटिन (चाल्र्सटिन्) र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र सेमिक्लासिकल तथा एघारौँ हप्ताको दुबै दिन ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर रोशन विश्वकर्मासँग मिलेर प्रस्तुति दिएका थिए । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले ३ पटक बटम लाईनको सामना गरिसकेको छ ।

नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी अहिले दर्शकको रोजाईमा छन् । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले रुचाएका छन् । उनीहरु शोमा स्टन्टवाला जोडीका रुपमा देखिएका छन् । उनीहरुले पहिलो,दोस्रो र तेस्रो हप्तामा समान ३०–३० अंक, चौथो हप्ता २६ अंक तथा पाँचौँ र छैटौँ हप्ता २३–२३ अंक प्राप्त गरेका थिए । उनीहरुले सातौँ र आठौँ हप्ता समान २७–२७ अंक, नवौ हप्तामा २७ र २६ अंक, दशौँ हप्ताको दुबै दिन समान २९–२९ अंक तथा एघारौँ हप्तामा २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले एघारौँ हप्ता सकिँदा जम्मा ३८६ अंक प्राप्त गरेका छन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर र पाँचौँ हप्ता कलिउड हिपहप डान्स प्रस्तुत गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता झ्याउरे, सातौँ हप्ता ओपन स्टाईल र आठौँ हप्ता सुफी डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता पासो दोब्ले र कन्टेम्प्ररी, दशौँ हप्ता एरियल एक्रोब्याट्स एण्ड कन्टेम्प्ररी र ओपन स्टाईल तथा एघारौँ हप्तामा हिपहप र कन्टेम्प्ररी डान्स गरेका थिए । सुमीलाई सातौँ हप्ता सोमु गुरुङले नृत्यमा साथ दिएका थिए । सुमी र बिजुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर सञ्जय लामासँग मिलेर प्रस्तुति दिएका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरिसकेको छ ।

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले एघारौँ हप्ता सकिँदा जम्मा ३८० अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । उनीहरुले ४ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*