बुद्ध र केबिकाको नृत्यले निर्णायकको आँखा रसायो

२५ मंसिर २०७७, बिहीबार १२:००
Featured Video Play Icon

मकवानपुर, २५ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ का सर्वाधिक चर्चित जोडी बुद्ध लामा र केबिका खत्रीले शोमा एकपछि अर्को तहल्का मच्चाउँदैछन् । छैटौँ नृत्यसम्म लगातार २६ अंक पाएको यो जोडीले त्यसपछि फरक फरक अंक निर्णायकहरुबाट पाउँदै आएका छन् । यसैबिच उनीहरुले उत्कृष्ट ४ को छनौटका क्रममा पनि सर्वाधिक ३० अंक प्राप्त गरेका छन् । उनीहरुले यो सहित ३ पटक पूर्णाङ्क प्राप्त गरेका छन् । यसअघि उनीहरुले नवौँ हप्ताको शनिबार, दशौँ हप्ताको शनिबार र एघारौँ हप्ताको शनिबार गरी ३ पटक ३० अंक प्राप्त गरेका हुन् । शुक्रबार मात्र पर्फोमेन्स अफ द डे अवार्ड जितेको यो जोडीले अर्को सफलता प्राप्त गर्दै शोबाट प्रशंसा बटुलेका छन् । हेर्नुहोस् भिडियो सामग्री–

शनिबार उनीहरुले बुद्धकै आावाजमा रहेको ‘आमा’ बोलको गीतमा नृत्य गरेका थिए । वैदेशिक रोजगारीमा गएको छोरा र छोराको बाटो हेरेर बसेकी आमाको कथा समावेश गरिएको उनीहरुको प्रस्तुतिमा कन्टेम्प्ररी डान्स फर्म प्रयोग गरिएको थियो । उनीहरुको नृत्य हेर्दैगर्दा निर्णायकहरुका आँखा रसाएका थिए । उनीहरुको प्रस्तुतिलाई मन छुने प्रस्तुति भन्दै निर्णायक रेनेशा राईले आफु ईमोस्नल भएको बताईन् । उनीहरुको प्रस्तुतिहरु दिनदिनै झनझन राम्रो भएको भन्दै उनले बुद्ध र केबिकाको प्रशंसा गरिन् । उनीहरुको जोडीलाई उत्कृष्ट ३ मा हेर्नचाहेको पनि उनले बताईन् । त्यस्तै उनीहरुको प्रस्तुतिमा भावुक भएका अर्का निर्णायक दिलिप रायमाझीले आँशु लुकाउन सकेनन् । हरेक विदेशमा बस्ने नेपालीहरुको कथालाई बुद्ध र केबिकाले समेटेको भन्दै उनीहरुको प्रशंसाका लागि आफुसँग कुनै शब्द नभएको बताए । उनले उठेर उनीहरुको प्रस्तुतिका लागि सम्मान व्यक्त गरे । निर्णायक गौरी मल्लले थिम सुन्दर हुनुका साथै नृत्यको स्टेपहरुले पनि मन छोएको बताईन् । प्रत्येक हप्ता उनीहरुको नृत्यमा निखार आएको भन्दै उनले बुद्धको नृत्यको खुलेर प्रशंसा गरिन् । उनीहरु दुबैलाई देख्दा खुशीका साथै प्राउड भएको उनले बताईन् । उनले उनीहरुको नृत्यलाई उत्कृष्ट भएको बताईन् । सबै निर्णायकले उनीहरुलाई १०–१० अंक गरी जम्मा ३० अंक प्रदान गरेका थिए । बुद्धले आफ्नी आमालाई स्टेजबाटै सम्झँदै सबै आमाहरुलाई पनि सम्झिए ।

स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले एघारौँ हप्ता सकिँदा जम्मा ३८० अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । उनीहरुले ४ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*