सुनिल र मुना बाहिँरिँदा निर्णायकहरु नै पिडामा

२५ मंसिर २०७७, बिहीबार ११:४३
Featured Video Play Icon

मकवानपुर, २५ मंसिर । नेपालको आफ्नै गायन रियालिटी शो नेपाल स्टारबाट दुई होनहार गायक गायिकाहरु बाहिरिएका छन् । नेपाल स्टारकै सानका रुपमा देखिएका दुई उत्कृष्ट आवाजहरु सुनिल विश्वकर्मा र मुना ठटाल शनिबार शोबाट बाहिरिएसँगै नेपाल स्टार रोमाञ्चक मोडमा पुगेको छ । उनीहरु दुई जना बाहिरिएसँगै शोका उत्कृष्ट १० प्रतियोगीहरु छनौट भएका छन् । सुनिल र मुना त्यस्ता प्रतियोगी हुन् जुन प्रतियोगीहरु नेपाल स्टारको गहना जस्तै थिए । उनीहरुलाई दर्शक, श्रोताले मात्र नभई निर्णायकहरुले पनि तारिफ गर्नेगर्थे । तर शोको फम्र्याट अनुसार भोटको कमि भएपछि यी दुबै प्रतियोगीहरु शोबाट बाहिरिएका छन् । उनीहरु शोबाट बाहिरिँदै गर्दा तिनै जना निर्णायक र विशेष अतिथि नायक भुवन केसी पनि भावुब बनेका थिए । शोका अन्य सहभागीहरु पनि उनीहरु बाहिँरिँदा निक्कै भावुक देखिएका थिए । उनीहरु बाहिरिएपछि निर्णायक अञ्जु पन्तले आफ्नो चित्त दुखेको बताईन् । उनले गलाको क्षमता र भविष्यहरुको ख्याल गरेर भोट गर्न पनि दर्शकहरुलाई आग्रह गरिन् । निर्णायक आलोक श्रीले पनि आफुलाई धेरै दुःख लागेको भन्दै नेपाल स्टारले धेरै ठूलो होनहार प्रतिभालाई गुमाएको बताए । निर्णायक रामकृष्ण ढकालले मुना र सुनिल जस्तो गायक गायिका उत्कृष्ट १० मा पनि नपुग्नु नेपाल स्टारको लागि दुःखद भएको बताए । हेर्नुहोस् भिडियो सामग्री–

नेपाल स्टारको उत्कृष्ट १० छनौटका क्रममा बाहिरिएका सुनिल पोखरा अडिसनबाट छानिएका थिए । उनले पहिलो, दोस्रो, तेस्रो र चौथो राउण्डमा पनि तहल्का मच्चाएका थिए । हरेक राउण्डमा तहल्का मच्चाएका सुनिलले विभिन्न एपिसोडहरुको प्रस्तुतिमा निर्णायकहरुबाट स्टाण्डिङ ओभिएसन पाएका थिए । उनले सधैँ गाह्रो गीतहरु छान्दै तहल्का मच्चाउँदै गरेको पनि निर्णायकहरुले बताउने गरेका थिए । सानै उमेरमा तहल्का मच्चाउने प्रस्तुतिहरु दिँदै आएका उनलाई निर्णायकहरुले जिरे खुर्सानीको संज्ञा पनि दिएका थिए । उनलाई नेपाल स्टारमा पाउँदा निर्णायकहरुले गर्व लाग्ने गरेको बताएता पनि अन्तत दर्शक भोटले उनीहरु पछि परेका छन् । निर्णायकहरुले उनलाई नेपाली संगीतका लागि उनी जस्तै गायकको आवश्यकता रहेको पनि बताउने गरेका थिए । पोखरा निवासी सुनिल १६ वर्षका छन् ।

त्यस्तै बाहिरिएकी अर्की प्रतियोगी मुना ठटाल शोका लागि एक आसालाग्दा प्रतिभा थिईन् । काठमाडौँ अडिसनदेखि नै चर्चामा रहेकी मुना निर्णायकहरुलाई गीतको माध्यमबाट बलियो प्रभाव पार्दै आइरहेकी प्रतियोगी हुन् । अडिसन राउण्डमा अञ्जु पन्तको जस्तै आवाज भएको भन्दै चर्चामा आएकी मुनाले निर्णायकहरुको मन छुनेगरी प्रस्तुति दिँदै आएकी थिईन् । उनका कतिपय प्रस्तुतिहरुमा निर्णायकहरु रोएकासमेत थिए । मुनालाई धेरै एपिसोडहरुमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिँदै उनको प्रशंसा गरेका थिए । मुना सरगमका नामले परिचित मुनाले केही ओरिजिनल गीतहरु पनि सार्वजनिक गरिसकेकी छिन् । २२ वर्षीया मुना पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ३ मेमेङ निवासी हुन् । उनी विभिन्न साँगितिक कार्यक्रमहरुमा पनि सहभागी हुने गर्छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*