ज्योति मगर र लाउरे सिंहलाई यो हप्ता चुनौति

२० मंसिर २०७७, शनिबार २०:०६
Featured Video Play Icon

मकवानपुर, २० मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा उत्कृष्ट ५ मा परेका जोडीहरुमध्ये गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीलाई यो हप्ता बलियो चुनौति देखिएको छ । स्टेजमा ज्योतिला नामबाट परिचत यो जोडीले गत हप्ताको शुक्रबार २७ अंक र शनिबार २६ अंक गरी जम्मा ५३ अंक प्राप्त गरेका थिए । गत हप्ता जोडीहरुले प्राप्त गरेको अंकका आधार यो जोडी सबैभन्दा खतरामा देखिएको छ । निर्णायकहरुबाट कम अंक पाएका उनीहरु बटम लाईनमा पर्नसक्नने अवस्था सम्म पुगेका थिए । तर उनीहरु गत साता दर्शकभोटका आधारमा सुरक्षित भएका छन् । गत साता निर्णायकहरुबाट सबैभन्दा कम अंक पाएकाले उनीहरुलाई यो साता खतरा पर्नसक्ने दर्शकहरुको बुझाई छ । उनीहरुले दशाँै हप्ता सकिदा जम्मा ३१४ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका थिए । उनीहरुले आठौँ हप्ता र नवौँ हप्तामा गरी २ पटक बटम लाईनको सामना समेत गरिसकेका छन् । दुई पटक बटम लाईनमा परेकाले यो साता कस्तो होला भन्ने खुलदुली दर्शकहरुमाझ छ । तपाईको विचारमा यो साता ज्योतिला जोडीको नतिजा कस्तो आउँला ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो–

ज्योतिला जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २५ अंक, तेस्रो हप्ता २७ अंक, चौथो हप्ता २३ अंक तथा पाँचौ र छैटौँ हप्ता २५–२५ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीरुले सातौँ हप्ता २७ अंक, आठौँ हप्ता २६ अंक, नवौँ हप्ता २५ अंक र २८ अंक तथा दशौँ हप्ता २७ अंक र २६ अंक प्राप्त गरेका थिए । उनीहरुले पहिलो हप्ता कन्टेम्प्ररी, दोस्रो हप्ता कलि–हप, तेस्रो हप्ता कल्चरल मगर डान्स, चौथो हप्ता कन्टेम्प्ररी र पाँचौँ हप्ता मारुनी नृत्य गरेका थिए । त्यस्तै छैटौँ हप्ता साल्सा नेपाली डान्स फ्युजन, सातौँ हप्ता सेमि क्लासिकल, आठौँ हप्ता ओपन स्टाईल, नवौँ हप्ता साल्सा र कलिहप तथा दशौँ हप्ता सेन्सुअल र झ्याउरे डान्स गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*