सबैभन्दा सुरक्षित छन् सुमी मोक्तान र बिजु पार्की

२० मंसिर २०७७, शनिबार २०:०१
Featured Video Play Icon

मकवानपुर, २० मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा उत्कृष्ट ५ मा परेका जोडीहरुमध्ये नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी सबैभन्दा बढी सुरक्षित जोडीका रुपमा देखिएका छन् । उनीहरुले गत साता प्राप्त गरेको अंक र हालसम्म प्राप्त अंकका आधारमा पनि आफुहरुलाई पहिलो नम्बरमै राख्न सफल भएका छन् । गत साताको शुक्रबार र शनिबार निर्णायकहरुबाट प्राप्त अंकका आधारमा हेर्ने हो भने यो हप्ता सुमी र बिजुको जोडीले अरु जोडीलाई सजिलैसँग पछि पार्नसक्ने अवस्था देखिएको छ । किनभने गत साता उनीहरुले सर्वाधिक अंक प्राप्त गरेका थिए । स्टेजमा सुबिजु जोडीका नामले परिचित उनीहरुले गत साताको शुक्रबार र शनिबार समान २९–२९ अंक गरी जम्मा ५८ अंक प्राप्त गरेका थिए । उनीहरुले दशौँ हप्ता सकिँदा जम्मा ३२७ अंक प्राप्त गरेका छन् । अहिलेसम्म प्राप्त भएको अंकका आधारमा उनीहरु पहिलो नम्बरमा नै छन् । यो जोडीले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । अन्य जोडीहरुका तुलनामा यो जोडी कमै मात्र बटम लाईनमा परेका छन् । यो जोडीले केबल एकपटक मात्रै बटम लाईनको सामना गरेका छन् । हालसम्म प्राप्त अंकहरुलाई हेर्ने हो भने सुबिजु जोडीले लगातार ३ पटक ३० मा ३० नै अंक प्राप्त गरेका थिए । हेर्नुहोस् भिडियो–

सुमी र बिजुको जोडी अहिले दर्शकको रोजाईमा छन् । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले रुचाएका हुन् । उनीहरु शोमा स्टन्टवाला जोडीका रुपमा पनि देखिएका छन् । उनीहरुले पहिलो,दोस्रो र तेस्रो हप्तामा समान ३०–३० अंक, चौथो हप्ता २६ अंक तथा पाँचौँ र छैटौँ हप्ता २३–२३ अंक प्राप्त गरेका थिए । उनीहरुले सातौँ, आठौँ र नवौँ हप्ताको शुक्रबार समान २७–२७ अंक तथा शनिबार २६ अंक प्राप्त गरेका थिए । उनीहरुले दशौँ हप्ता समान २९–२९ अंक प्राप्त गरेका थिए । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर र पाँचौँ हप्ता कलिउड हिपहप डान्स प्रस्तुत गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता झ्याउरे, सातौँ हप्ता ओपन स्टाईल, आठौँ हप्ता सुफी, नवौँ हप्ता पासो दोब्ले र कन्टेम्प्ररी तथा दशौँ हप्ता एरियल एक्रोब्याट्स एण्ड कन्टेम्प्ररी र ओपन स्टाईल डान्स गरेका थिए । सुमीलाई सातौँ हप्ता सोमु गुरुङले नृत्यमा साथ दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*