को बन्छ मिस नेपाल २०२० को विजेता ? यसरी हुँदैछ फाईनल

मकवानपुर, २० मंसिर । मिस नेपाल २०२० को फाईनल शनिबार हुँदैछ । शनिबार दिउँसो ४ः३० बजे कान्तिपुर टिभीमार्फत फाईनलको लाईभ प्रसारण हुनेछ । प्रतियोगितामा भिडिरहेका २१ जना प्रतियोगीहरुमध्ये कसले मिस नेपाल वर्ल्ड २०२० को ताज जित्लान् भन्ने कौतुहलता दर्शकहरुमाझ छ । यसका साथै यस वर्षको मिस सुप्रान्यासनल, मिस अर्थ र मिस ईन्टरनेशलको विजेता को बन्लान् भन्ने चर्चा पनि चुलिएको छ । यसअघि नै हामीले मिस नेपालका लागि छानिएका २१ प्रतियोगीहरुका बारेमा भिडियो तयार पारेका थियौँ । तपाई ती भिडियोहरु हाम्रो च्यानलमा हेर्नसक्नुहुनेछ । मिस नेपालको फाईनलको दिनअघि नै यसका केही सबटाईटलहरुको निर्णायक राउण्ड पनि सकिसकिएको छ । यसका विजेताहरुको नतिजा पनि फाईनलमा सुनाईनेछ । मिस नेपाल यस वर्ष भएका सबटाईटलहरुमध्ये बर्जर मिस ग्लामर पनि एक हो । मिस नेपालमा गोल्ड स्टार मिस फिटनेस सबटाईटलमा पनि प्रतिस्पर्धा भएको थियो । हेर्नुहोस् भिडियो फिचर–
त्यस्तै सर्वाधिक चर्चामा आउने गरेको ब्युटी विथ अ पर्पस सबटाईटलका लागि पनि यो वर्ष प्रतिस्पर्धा भएको छ । आईएमई पे ब्युटी विथ अ पर्पस कसले जित्लान् भन्ने कौतुहलता दर्शकहरुमाझ छ । मिस नेपालमा यो वर्ष भएको अर्को सबटाईटल हो रुस्लान उमन अफ सब्स्ट्यान्स् । त्यस्तै मिस नेपाल २०२० मा टाटा अल्ट्रोज मिस स्टाईलिस सबटाईटलमा पनि प्रतिस्पर्धा भएको थियो । त्यस्तै यस वर्ष क्रियटिम डि स्टुडियो मिस फोटोजेनिक सबटाईटल, काठमाण्डु पोष्ट मिस ईन्टल्याक्चुल, ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट, नेपाल मेडिसिटी मिस हेल्दी, नेपाल टुरिजम बोर्ड मिस टुरिजमका लागि पनि प्रतिस्पर्धा भएको थियो ।