यो हप्ता यस्तो प्रस्तुति

१९ मंसिर २०७७, शुक्रबार २०:५९
Featured Video Play Icon

मकवानपुर, १९ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता केही फरक हुँदैछ । शोको आधिकारिक फेसबुक पेजबाट पनि त्यो कुरा बाहिर आईसकेको छ । यो साताको शुक्रबार र शनिबार उत्कृष्ट ५ जोडीहरुले प्रस्तुति दिँदैछन् तर शुक्रबारको शो केही खास देखिएको छ । शुक्रबारको शोमा सक्किगोनि हाँस्यटेलिसिरियलका चर्चित जोडीहरुले पनि प्रस्तुति दिँदैछन् । उनीहरु वाईल्ड कार्ड ईन्ट्री नै हो कि भन्ने जिज्ञासा पनि दर्शकहरुमाझ देखिएको छ । किनभने शोको आधिकारिक फेसबुक पेजबाट पनि यहि प्रश्न दर्शकहरुलाई सोधिएको छ । त्यस्तै यो साता उत्कृष्ट ५ मा परेका जोडीहरुले एक एक जना कोरियोग्राफर पनि थपेका छन् । अर्थात यो साता प्रत्येक टिममा ३ जनाको प्रस्तुति रहनेछ । हेर्नुहोस् भिडियो सामग्री–

शुक्रबार नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले पनि अर्का एकजना सहभागीसँग मिलेर प्रस्तुति दिँदैछन् । सार्वजनिक भएको तस्बिर अनुसार उनीहरुले हिपहप नृत्य प्रस्तुत गर्ने हो कि जस्तो देखिन्छ । तर उनीहरुसँग कुन प्रतियोगीले प्रस्तुति दिँदैछन् भन्ने कुरा तस्बिरबाट प्रष्ट भएको छैन । उनीहरुले मेल पार्टनर पाएका छन् । सुबिजु जोडीले गत साता सर्वाधिक ५८ अंक प्राप्त गरेका थिए । डान्सिङ विथ द स्टार्स नेपालको पहिलो वाईल्ड कार्ड ईन्ट्री जोडी कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलले पनि अर्का एकजना सहभागीसँग मिलेर प्रस्तुति दिँदैछन् । उनीहरुले कोसँग मिलेर प्रस्तुति दिँदैछन् भन्ने कुरा तस्बिरबाट प्रष्ट हुँदैन तर उनीहरुले फिमेल पार्टर पाएका छन् । प्रियम जोडीले गत हप्ता शुक्रबार र शनिबार गरी जम्मा ५४ अंक प्राप्त गरेका थिए ।

त्यस्तै फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले पनि यो साता अर्का एक सहभागीसँग मिलेर प्रस्तुति दिँदैछन् । उनीहरुले सूर्यमुखी फुलको गेटअपमा रहेर प्रस्तुति दिँदैछन् । उनीहरुसँग को नाच्दैछन् भन्ने कुरा शो हेरेपछि मात्र थाहा पाईनेछ । आमोद जोडीले गत हप्ताको शुक्रबार २५ अंक र शनिबार २९ अंक गरी जम्मा ५४ अंक प्राप्त गरेका थिए । गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीको जोडीले पनि यो साता एक सहकर्मी पाएका छन् । चर्चित कोरियोग्राफर स्वयत्ना योञ्जनले उनीहरुसँग सहकार्य गर्दैछन् । स्वयत्नसँग मिलेर बुद्धिका जोडीले राधा, कृष्ण र रुक्मणीको कथा प्रस्तुत गर्दैछन् । यो जोडीले गत हप्ताको शुक्रबार २४ अंक र शनिबार ३० अंक गरी जम्मा ५४ अंक प्राप्त गरेका थिए ।

त्यस्तै गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले पनि यो साता शोका चर्चित कोरियोग्राफर सुनिल बिकसँग मिलेर प्रस्तुति दिँदैछन् । सार्वजनिक भएको तस्बिर अनुसार सुनिल र लाउरे विद्यार्थी तथा ज्योति शिक्षिकाको गेटअपमा देखिएका छन् । स्टेजमा ज्योतिला नामबाट परिचित यो जोडीले गत हप्ताको शुक्रबार २७ अंक र शनिबार २६ अंक गरी जम्मा ५३ अंक प्राप्त गरेका थिए । यसरी यी सबै जोडीहरुले शुक्रबार र शनिबार दमदार प्रस्तुति दिने देखिएको छ । उनीहरुले ३ जनाको समूहमा रहेर तहल्का मच्चाउने अपेक्षा दर्शकहरुले पनि गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*