मिस पपुलर च्वाईसका उत्कृष्ट ५ प्रतियोगीहरु

१७ मंसिर २०७७, बुधबार २०:४६
Featured Video Play Icon

मकवानपुर, १७ मंसिर । मिस नेपाल २०२० को उपविधाहरुमध्ये मिस पपुलर च्वाईसको भोटिङमा सन्ध्या शर्मा पहिलो नम्बरमा आईपुगेकी छिन् । यसअघि योजना भट्टाई र आयुश्मा श्रेष्ठसँग कडा प्रतिस्पर्धामा रहेकी सन्ध्याले केही दिनदेखि शिर्षस्थानमा आफुलाई कायम गर्दै आईरहेकी छिन् । त्यस्तै सन्ध्या र योजनालाई चुनौति दिँदै शुभाङ्गी खत्री तेस्रो स्थानमा आईपुगेकी छिन् । आयुश्मा भने छैटौँ नम्बरमा पुगेकी छिन् । योजना दोस्रो नम्बरमा अझै कडा प्रतिस्पर्धामा छिन् भने निगता केसी र जुनु त्वयना पनि भोटिङमा अघि बढीरहेका छन् । यस भिडियो सामग्रीमा मिस पपुलर च्वाईसको भोटिङमा यो सामग्री तयार पार्दाको समयमा उत्कृष्ट ५ भित्र रहेका प्रतियोगीहरुको चर्चा गरिएको छ । यी ५ प्रतियोगीहरुको अहिले प्राप्त भोटिङ प्रतिशत र छोटो परिचयका लागि यो भिडियो पुरै हेर्नुहोला । मिस नेपाल २०२० सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानलका अघिल्ला भिडियोहरु हेर्नसक्नुहुनेछ । साथै अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । हेर्नुहोस् भिडियो फिचर–

मिस पपुलर च्वाईसको भोटिङमा पहिलो नम्बरमा सन्ध्या शर्मा रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये २०.४९ प्रतिशत भोट प्राप्त गरेकी छिन् । सन्ध्या मिस नेपाल २०२० को प्रतियोगी नम्बर १९ हुन् । महोत्तरी निवासी सन्ध्या २४ वर्षकी छिन् । फरेष्ट्रीमा बिएससी गरेकी सन्ध्या अहिले एमएससी अध्ययनरत छिन् । उनी भविष्यमा रिसर्च साईन्टिस्ट बन्न चाहान्छिन् ।

मिस पपुलर च्वाईसको पहिलो नम्बरमा लामो समयसम्म कब्जा जमाएकी योजना भट्टराई अहिले दोस्रो नम्बरमा छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये १९.११ प्रतिशत भोट प्राप्त गरेकी छिन् । योजना मिस नेपाल २०२० को प्रतियोगी नम्बर ६ हुन् । मिस डिभा नेपालमा समेत तहल्का मच्चाएकी योजना काठमाडौँ निवासी हुन् । उनले सन् २०१८ मा मिस डिभा नेपालको ताज जितेकी थिईन् । २४ वर्षीया योजना बिबिएस अध्ययन गर्दैछिन् । उनले भविष्यमा शोसियल ईन्टरप्रेनर बन्ने लक्ष्य राखेकी छिन् । उनी स्क्वाट प्रतियोगितामा पनि सहभागी भएकी थिईन् ।

मिस पपुलर च्वाईसको तेस्रो नम्बरमा शुभाङ्गी खत्री रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये १२.९६ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर ३ हुन् । भक्तपुर निवासी शुभाङ्गी काठमाडौँ युनिभर्सिटी स्कूल अफ मेडिकल साईन्सबाट अध्ययन गरेकी विद्यार्थी हुन् । २१ वर्षीया शुभाङ्गी डेन्टिष्ट्री अध्ययन गर्दैछिन् । भविष्यमा सफल ओरल र म्याक्जिलो फिसियल सर्जन बन्ने लक्ष्य उनले राखेकी छिन् ।

मिस पपुलर च्वाईसको चौथो नम्बरमा निगता केसी रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ६.९२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर ७ हुन् । मेडिसिन एण्ड सर्जरी अर्थात एमबीबिएस गरेकी निगाता एक डाक्टर हुन् । २४ वर्षीया निगाताले डर्माटोलोजी अर्थात छाला रोग विशेषज्ञका रुपमा मास्टर डिग्री गर्ने सोच बनाएकी छिन् । डर्माटोलिजिष्ट बनेर उनी एसिड अट्याकबाट पिडितहरुका लागि कार्य गर्न चाहान्छिन् । उनी दाङ निवासी हुन् ।

मिस पपुलर च्वाईसको पाँचौँ नम्बरमा जुनु त्वयना रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ५.३२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर ५ हुन् । सिभिल ईञ्जीनियर समेत बनिसकेकी जुनु २३ वर्षकी छिन् । उनी अहिले ललितपुर उपमहानगरपालिकाको कार्यालयमा कार्यरत छिन् । उनी रोल मोडल बन्न चाहान्छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*