बुद्ध लामा र केबिका खत्री यति रोमान्टिक, फेरि पाए ३० अंक

१५ मंसिर २०७७, सोमबार १४:३७
Featured Video Play Icon

मकवानपुर, १५ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को चर्चित जोडी गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीको जोडीले पून पूर्णाङ्क ३० प्राप्त गरेका छन् । शुक्रबार नृत्य बिचमै रोकिएपछि एपिसोडकै सबैभन्दा कम अंक पाएका बुद्ध र केबिकाले शनिबार पून ३० अंक प्राप्त गरेका हुन् । धेरै एपिसोडहरुमा लगातार २६ अंक पाएर तहल्का मच्चाएको यो जोडीले दोस्रो पटक ३० अंक प्राप्त गरेका हुन् । शनिबार उनीहरुले चलचित्र ‘ग्याङ्स्टर ब्लुज’ को ‘मनको हुन्न केई भर’ बोलको गीतमा कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुको रोमान्टिक प्रस्तुतिमा निर्णायक रेनेशाले उठेर ताली बजाएकी थिईन् । निर्णायक दिलिपले उनीहरुको नृत्यबाट टाईटल नै जित्न सक्ने सम्भावना देखिएको बताएका थिए ।साथै निर्णायक गौरीले पनि उनीहरुको भावको प्रशंसा गरेकी थिईन् । उनीहरुलाई सबै निर्णायकहरुले १०–१० अंक गरी जम्मा ३० अंक प्रदान गरेका हुन् । हेर्नुहोस् भिडियो सामग्री–

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा चर्चामा आएका बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक र सातौँ हप्ता २८ अंक प्राप्त गरेका थिए । आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका उनीहरुले नवौँ हप्ताको शुक्रबार २७ र शनिबार ३० अंक तथा दशौँ हप्ताको शुक्रबार २४ अंक र शनिबार ३० अंक प्राप्त गरेका छन् । उनीहरुले दशौँ हप्ता सकिँदा जम्मा ३२१ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी, आठौँ हप्टा ओपन स्टाईल, नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल तथा दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन पहिलो पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनीहरुले ३ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*