सर्वाधिक अवार्ड जित्दै बाहिरिए दिभान्सी र सिद्धार्थ

१५ मंसिर २०७७, सोमबार १४:३१
Featured Video Play Icon

मकवानपुर, १५ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ का सबैभन्दा कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडी शोबाट बाहिरिएका छन् । उत्कृष्ट ६ सम्म पुगेका उनीहरु उत्कृष्ट ५ छनौटका क्रममा शोबाट बाहिरिएका हुन् । उत्कृष्ट ५ का लागि ईलिमिनेशन राउण्डसम्म पुग्दा उनीहरुले शोमा नै सबैभन्दा बढी अवार्ड पनि जितेका छन् । अनि उनीहरुले पर्फोमेन्स अफ द डे अवार्ड जितेकै हप्ता उनीहरु शोबाट बाहिरिएका हुन् । शोबाट बाहिरिँदै गर्दा दिभान्सी खुशी नै देखिन्थिन् तर निर्णायक र सहभागीहरु भने निक्कै पिडामा देखिए । देवार्थ जोडीलाई उत्कृष्ट ६ सम्म कोरियोग्राफ गरेका कोरियोग्राफर सञ्जय लामाले भावुकताका साथ दिभान्सी र सिद्धार्थको मेहनतलाई सम्झिए । दिभान्सीका बुवा कर्ण बैदवारले दिभान्सीको मेहनतलाई सम्झिएका थिए । निर्णायक गौरी मल्ल र सहभागीहरुको आँखामा आँशु देखिएको थियो । हेर्नुहोस् भिडियो सामग्री–

स्टेजमा देवार्थ जोडीका नामले परिचित दिभान्सी र सिद्धार्थले १० हप्तामा १२ वटा नृत्यहरु प्रस्तुत गरेका थिए । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिउड, तेस्रो हप्ता लकिङ, चौथो हप्ता झ्याउरे र पाँचौ हप्ता हिपहप डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता साल्सा, सातौँ हप्ता कन्टेम्प्ररी, आठौँ हप्ता लिरिकल, नवौँ हप्ता लिण्डी–हप र ओपन स्टाईल तथा दशौँ हप्तामा ओपन स्टाईल र हिपहप डान्स गरेका थिए । उनीहरुल्े पहिलो हप्ता २७ अंक, दोस्रो हप्ता २६ अंक, तेस्रो हप्ता २४ अंक, चौथो हप्ता ३० अंक र पाँचौँ हप्ता २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता २१ अंक , सातौँ हप्ता ३० अंक, आठौँ हप्ता २७ अंक, नवौ हप्ताको शुक्रबार २३ अंक तथा शनिबार २७ अंक र दशौँ हप्ताको शुक्रबार ३० अंक तथा शनिबार २६ अंक प्राप्त गरेका थिए । उनीहरुले दशौँ हप्ता सकिँदा जम्मा ३१७ अंक प्राप्त गरेका थिए । यो अंकका आधारमा उनीहरु तेस्रो नम्बरमा थिए । उनीहरुले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड र दशौँ हप्ता पर्फोमेन्स अफ द डे अवार्ड पनि जितेका थिए । उनीहरु नै शोमा सर्वाधिक ३ वटा अवार्ड प्राप्त गर्ने अहिलेसम्मका एकमात्र जोडी हुन् । उनीहरुले बाहिरिएको हप्तासम्ममा गरी जम्मा ३ पटक बटम लाईनको सामना गरेका थिए ।

टिकटकबाट भाईरल भएकी दिभान्सी बैदवार डान्सिङ विथ दि स्टार्स नेपालका सबैभन्दा कम उमेरकी प्रतियोगी हुन् । लिटिल पार्टनर सिद्धार्थ श्रेष्ठ र मेन्टर सञ्जय लामाका साथमा प्रतिस्पर्धामा उत्रिएकी दिभान्सीले साढे २ वर्षको उमेरदेखि नै नाच्न थालेकी हुन् । सानै उमेरमा टिकटक स्टार बनेकी दिभान्सीले विभिन्न स्थानमा आफ्नो आकर्षक नृत्य प्रदर्शन गर्ने मौका समेत पाईसकेकी छिन् । एसओएस हर्मन जिमिनियर सानोठिमीमा कक्षा ३ मा अध्ययनरत दिभान्सीले युट्युबमा समेत ९१ हजारभन्दा बढी सब्स्क्राईबर बटुलेकी छिन् । २१ जुलाई २०१३ मा जन्मिएकी दिभान्सी अहिले ८ वर्षकी छिन् । उनी नवलपरासी पूर्वको सर्दी निवासी हुन् । काठमाडौँमा जन्मिएकी दिभान्सीले टिकटक स्टार हुँदै आफुलाई युट्युबर र डान्सरका रुपमा परिचित गराईसकेकी छिन् । उनी कर्ण बैदवार र अस्मिता ढकाल बैदवारकी छोरी हुन् । उनका एक भाई पनि छन् । दिभान्सी गीत सुन्न, नाच्न, अभिनय गर्न र ड्रईङ गर्न मन पराउँछिन् । पिंक कलर रुचाउने दिभान्सी भविष्यमा एक सफल कलाकार र कोरियोग्राफर बन्न चाहान्छिन् । सिटी सेन्टर ओपन डान्स कम्पिटिसनमा फस्र्ट रनर अप समेत भएकी दिभान्सीले दुई वटा आफिसियल म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । त्यस्तै उनको अभिनय रहेको अन्य म्युजिक भिडियोहरु पनि सार्वजनिक हुने क्रममा छिन् । दिभान्सीले केही चलचित्रमा समेत अभिनय गर्ने पक्का भईसकेको छ ।

अनलाईन डान्स कम्पिटिसन २०२० मा सहभागी भएर चर्चामा आएका सिद्धार्थ श्रेष्ठले डान्सिङ विथ द स्टार्स नेपालमा आएर थप तहल्का मच्चाए । डान्सिङ विथ द स्टार्स नेपालमा दिभान्सी बैदवारको पार्टनरका रुपमा सहभागी भएर प्रतिस्पर्धा गरेका सिद्धार्थको फरक नृत्यहरु शोमा दर्शकले हेर्न पाए । कक्षा ६ मा अध्ययन गर्दै गरेका सिद्धार्थ विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भईरहेका छन् । उनी साधना कला केन्द्रमा नृत्य सिक्दैछन् ।

कोरियोग्राफर सञ्जय लामा डान्सिङ विथ द स्टार्स नेपालमा दिभान्सी र सिद्धार्थलाई कोरियोग्राफी गरेर थप चर्चामा आए । सञ्जय लामा बुगीवुगी नेपालबाट सर्वाधिक चर्चामा आएका डान्सर तथा कोरियोग्राफर हुन् । आरएक्सडी हिपहप क्रियुमा पनि डान्सर, कोरियोग्राफरका रुपमा कार्यरत उनी डान्स नेपाल डान्स सिजन १ का फस्र्ट रनर अप पनि हुन् । उनी द डान्स हाउस नामक डान्स स्टुडियो पनि संचालन गर्छन् । जनकपुरधाम ४ मा अवस्थित पब्लिक युथ क्याम्पसमा अध्ययन गरेका उनी कोरियोग्राफरका रुपमा नाम कमाउन सफल छन् । उनले डान्सिङ विथ द स्टार्स नेपालमा सुरुमा नायिका एलिजा गौतमसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्ने तय भएको थियो । तर पछि उनले उनी दिभान्सी र सिद्धार्थलाई कोरियोग्राफ गरेका थिए । उनले चर्चित गीतहरु तथा चलचित्रहरुमा पनि कोरियोग्राफी गरिसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*