दिभान्सी र सिद्धार्थले जिते तेस्रो अवार्ड

१३ मंसिर २०७७, शनिबार २०:५०
Featured Video Play Icon

मकवानपुर, १३ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ का सबैभन्दा कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठले तेस्रो पटक अवार्ड जितेका छन् । यसअघि दुई पटक पर्फोमेन्स अफ द विक अवार्ड जितेका दिभान्सी र सिद्धार्थले शुक्रबारको नृत्यबाट पर्फोमेन्स अफ द डे अवार्ड जितेका हुन् । यससँगै उनीहरुले ३ वटा अवार्ड जितेका छन् । उनीहरु शोमा सबैभन्दा बढी अवार्ड जित्ने जोडी पनि हुन् । स्टेजमा देवार्थ जोडीका नामले परिचित उनीहरुले शुक्रबार छड्के सतहमा नृत्य गरेका थिए । कालीप्रसाद बास्कोटाको ‘ओखती’ बोलको गीतमा उनीहरुले ओपन स्टाईल डान्स गरेका थिए । कोरियोग्राफर सञ्जय लामाले टिल्टेड स्टेजमा उनीहरुलाई नृत्य गराएका थिए । शुक्रबार नै उनीहरुले सर्वाधिक अंक पाएर अर्को रेकर्ड गरेका छन् । शुक्रबारको प्रस्तुतिमा पूर्णाङ्क पाउने एकमात्र जोडी देवार्थ जोडी बन्न सफल भएको छ । निर्णायकहरुले डाईगनल स्टेजमा साना नानीबाबुले गरेको नृत्यको प्रशंसा गर्दै संजयको कोरियोग्राफीको पनि चर्चा गरेका थिए । उनीहरुर्ला तिनै जना निर्णायकहरुले १०–१० अंक सहित जम्मा ३० अंक प्रादन गरेका हुन् । हेर्नुहोस् भिडियो सामग्री–

डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी हो दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडी । दिभान्सीका पार्टनकार रुपमा सिद्धार्थ श्रेष्ठ सहभागी छन् भने सञ्जय लामा कोरियोग्राफरका रुपमा रहेका छन् । स्टेजमा देवार्थ जोडीले परिचित दिभान्सी र सिद्धार्थले पहिलो हप्ता २७ अंक, दोस्रो हप्ता २६ अंक, तेस्रो हप्ता २४ अंक, चौथो हप्ता ३० अंक, पाँचौँ हप्ता २६ अंक, छैटौँ हप्ता २१ अंक , सातौँ हप्ता ३० अंक, आठौँ हप्ता २७ अंक, नवौ हप्ताको शुक्रबार २३ अंक तथा शनिबार २७ अंक र दशौँ हप्ताको शुक्रबार ३० अंक प्राप्त गरेका थिए । उनीहरुले दशौँ हप्ताको शुक्रबार सकिँदा जम्मा २९१ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिउड, तेस्रो हप्ता लकिङ, चौथो हप्ता झ्याउरे, पाँचौ हप्ता हिपहप, छैटौँ हप्ता साल्सा, सातौँ हप्ता कन्टेम्प्ररी, आठौँ हप्ता लिरिकल, नवौँ हप्ता लिण्डी–हप तथा ओपन स्टाईल र दशौँ हप्ताको शुक्रबार ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड र दशौँ हप्ता पर्फोमेन्स अफ द डे अवार्ड पनि जितेका छन् । उनीहरुले २ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*