४ जना प्रतियोगी बाहिरिएपछि निर्णायकलाई नै चित्त बुझेन

१३ मंसिर २०७७, शनिबार २०:४२
Featured Video Play Icon

मकवानपुर, १३ मंसिर । नेपालको आफ्नै गायन रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट १४ प्रतियोगीहरुको प्रस्तुति यो हप्ता हुँदैछ । यसअघि उत्कृष्ट १८ मा परेका ४ जना प्रतियोगीहरु शोबाट बाहिरिएका थिए । शोको उत्कृष्ट १८ सम्म पुगेका कुरबान अलि खान, किरण गुरुङ, सागर हमाल र श्रेया नेपाल शोबाट बाहिरिएका हुन् । दर्शक भोट र निर्णायकको अंक जोड्दा यी प्रतियोगीहरु बाहिरिएका हुन् । तर उनीहरु बाहिरिएसँगै शोका निर्णायकहरु नै चकित भएका छन् । दर्शक भोटको अभावमा ती प्रतियोगीहरु बाहिरिएपछि शोका निर्णायकलाई नै त्यो कुरा चित्त बुझेन । निर्णायक आलोक श्रीले आफु नतिजालाई लिएर खुशी नभएको बताए । दर्शक श्रोतालाई भोट गर्दा ध्यान दिनुपर्ने भन्दै राम्रो गायकलाई गुमाउनुपर्यो भने त्यो अनर्थ हुने उनले बताए । उनले आफ्नो नयाँ प्रोजेक्टमा बाहिरिएका ती प्रतियोगीहरुलाई समावेश गर्ने भन्दै उनीहरुलाई चिन्ता नगर्न आग्रह गरे । ४ प्रतियोगीहरु बाहिरिँदा सेट नै स्तब्ध बनेको थियो । निर्णायक र सहभागीहरुले आँशु थाम्न सकेका थिएनन् । हेर्नुहोस् भिडियो सामग्री–

नेपाल स्टारको उत्कृष्ट १८ मा परेर बाहिरिएका कुरबान अलि खान स्याङ्जा निवासी हुन् । पोखरा बजारमा बस्ने कुरबान बिगत १० वर्षदेखि आफु संगीतको क्षेत्रमा सक्रिय रहेको बताउँछन् । गायन क्षेत्रमा लाग्न परिवारबाट पूर्ण समर्थन पाएका कुरबानले विद्यालय जीवनदेखि नै गाउन थालेका हुन् । साथीहरु र शिक्षकहरुले आफुलाई संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने गरेको उनी बताउँछन् । म्युजिक कम्पोज र गीतकार रुपमा समेत अघि बढेका उनले नेपाली चलचित्रका गीतहरुमा पनि आवाज दिएका छन् । उनी २४ वर्षका छन् । उत्कृष्ट १४ छनौटकै क्रममा बाहिरिएका किरण गुरुङ पनि पोखरा अडिसनबाट छानिएका थिए । किरणले नेपाल स्टारमा सबै निर्णायकहरुको मन जित्न सफल भएका थिए । २५ वर्षीय किरण पनि स्याङ्जा निवासी नै हुन् ।

त्यस्तै नेपाल स्टारको उत्कृष्ट १८ मा पर्न सफल सागर हमाल सुरखेत अडिसनबाट छनौट हुँदै उत्कृष्ट १८ सम्म पुगेका थिए । स्टेजमा धमाकेदार प्रस्तुतिहरु दिँदै आएका उनले पहिलो प्रस्तुतिमै तहल्का मच्चाएका थिए । सागरले निर्णायकहरुबाट राम्रो प्रतिक्रिया पाएका थिए । उनले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । सुर्खेतका सागर २० वर्षका छन् । नेपाल स्टारले गुमाएको अर्की प्रतिभा हुन् श्रेया नेपाल । चितवन अडिसनबाट छानिएकी श्रेयाले निर्णायकहरुको मन जित्दै नेपाल स्टारको यात्रा अगाडि बढाएकी थिईन् । उनले उत्कृष्ट ३३ को प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकाल र अञ्जु पन्ताबाट स्टाण्डिङ ओभिएसन पनि पाएकी थिईन् । बाराको सिमरा निवासी श्रेया २० वर्षकी छिन् । सानैदेखि संगीतमा रुचि भएका श्रेयाका केही ओरिजिनल तथा कभर गीतहरु पनि सार्वजनिक भइसकेको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी उनले म्युजिकमा नै करियर बनाउने सोच बनाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*