यो हप्ता यस्तो प्रस्तुति

१२ मंसिर २०७७, शुक्रबार १९:५८
Featured Video Play Icon

मकवानपुर, १२ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता उत्कृष्ट ६ प्रतियोगीहरु भिड्दैछन् । यो साताको शुक्रबार र शनिबारको प्रस्तुतिमा निर्णायकहरुले दिने मत र दर्शक भोटका आधारमा उनीहरुको नतिजा निकालिनेछ । यसैबिच शुक्रबार यस शोको प्रस्तुतिहरु निक्कै दमदार हुने देखिएको छ । डान्सिङ विथ द स्टार्स नेपालले अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक गरेका तस्बिरहरुमा उत्कृष्ट ६ जोडीहरुको फरक फरक लुक्स देखिन्छन् । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा परिचित बुद्ध लामा र केबिका खत्रीको जोडीले यो शुक्रबार दमदार प्रस्तुति लिएर आउँदैछ । निलो रङको पहिरनमा देखिएका उनीहरुले कस्तो नृत्य गर्लान् त्यो भने पर्खाईको विषय बनेको छ । स्टेजमा बुद्धिका जोडीका रुपमा परिचित यो जोडीले गत हप्ताको पहिलो दिन पहिलो पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । साथै शनिबार ३० अंक प्राप्त गरेका थिए । हेर्नुहोस् भिडियो–

त्यस्तै डान्सिङ विथ द स्टार्स नेपालमा पहिलो वाईल्ड कार्ड ईन्ट्रीका रुपमा प्रतिस्पर्धामा सहभागी भएका कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडीले शुक्रबार पून एउटा दमदार प्रस्तुति दिँदैछन् । सार्वजनिक भएको तस्बिरमा शुभम र प्रियनाको नृत्य निक्कै दमदार हुने अनुमान लाउन सकिन्छ । प्रियम जोडीको यो नृत्यले कति अंक पाउँला त्यो भने शोको प्रसारण भएपछि मात्र थाहा पाउन सकिनेछ । फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले शुक्रबार पून एउटा रमाईलो प्रस्तुति लिएर आउँदैछन् । सार्वजनिक तस्बिरमा उनीहरु रमाईलो मुडमा देखिएका छन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए ।

त्यस्तै नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले यो शुक्रबार अर्को एउटा तहल्का मच्चाउने प्रस्तुति लिएर आउँदैछन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । सार्वजनिक तस्बिरमा उनीहरुले आज फेरि स्टन्ट देखाउने हुन् कि जस्तो देखिएको छ । डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडी गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले पनि यो साता तहल्का मच्चाउने देखिन्छ । स्टेजमा ज्योतिला जोडीका नामले परिचित उनीहरुको तस्बिरमा एउटा दमदार नृत्यको अनुमान लाउन सक्ने आधारहरु देखिएका छन् । ज्योतिला जोडीले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए ।

त्यस्तै डान्सिङ विथ द स्टार्स नेपालको सबैभन्दा कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडीले यो साता फरक लुक्समा प्रस्तुति दिँदैछन् । कोरियोग्राफर सञ्जय लामाले उनीहरुलाई नयाँ गेटअपमा उतारेको अनुमान तस्बिरबाट लाउन सकिन्छ । स्टेजामा देवार्थ जोडीका नामले परिचित यो जोडीले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*