मिस पपुलर च्वाईसमा योजना, सन्ध्या र आयुश्माको टक्कर

९ मंसिर २०७७, मंगलवार २०:५६
Featured Video Play Icon

मकवानपुर, ९ मंसिर । मिस नेपाल २०२० को उपविधाहरुमध्ये मिस पपुलर च्वाईसको भोटिङमा सन्ध्या शर्मा र आयुश्मा श्रेष्ठको कडा टक्कर परेको छ । यसअघिको अपडेटसम्म उत्कृष्ट ३ भित्र नपरेकी आयुश्माले भोटिङमा सबैलाई उछिन्दै नम्बर १ सम्मै पुगेकी थिईन् । त्यस्तै कहिले एक नम्बर त कहिले दुई नम्बरमा परिरहेकी सन्ध्या पनि एक नम्बरसम्मै पुगिरहेकी छिन् । बितेको केही घण्टा आयुश्माले एक नम्बरमा स्थान कायम गरेता पनि यो सामग्री तयार पार्दाको समयमा सन्ध्या भोटिङमा पहिलो नम्बरमा छिन् भने आयुश्मा दोस्रो नम्बरमा छिन् । त्यस्तै यसअघि लामो समयसम्म लगातार पहिलो नम्बरमा पर्दै आएकी योजना भट्टराई तेस्रो नम्बरमा पुगेकी छिन् । योजना पनि एक नम्बरमा पुग्ने र फेरि अर्को स्थानमा झर्ने भईरहेकी छिन् । यी तिन प्रतियोगीहरु एकअर्कालाई उछिन्दै पहिलो, दोस्रो र तेस्रो नम्बरमा पालैपालो परिरहेका छन् । यी तिन प्रतियोगीहरुको अहिले प्राप्त भोटिङ प्रतिशत र छोटो परिचयका लागि यो भिडियो पुरै हेर्नुहोला । मिस नेपाल २०२० सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानलका अघिल्ला भिडियोहरु हेर्नसक्नुहुनेछ । साथै अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । हेर्नुहोस् भिडियो–

मिस पपुलर च्वाईसको भोटिङमा पहिलो नम्बरमा सन्ध्या शर्मा रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये २३.४ प्रतिशत भोट प्राप्त गरेकी छिन् । सन्ध्या मिस नेपाल २०२० को प्रतियोगी नम्बर १९ हुन् । महोत्तरी निवासी सन्ध्या २४ वर्षकी छिन् । फरेष्ट्रीमा बिएससी गरेकी सन्ध्या अहिले एमएससी अध्ययनरत छिन् । उनी भविष्यमा रिसर्च साईन्टिस्ट बन्न चाहान्छिन् ।

मिस पपुलर च्वाईसको भोटिङमा दोस्रो नम्बरमा आयुश्मा श्रेष्ठ रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये १६.१४ प्रतिशत भोट प्राप्त गरेकी छिन् । आयुश्मा मिस नेपाल २०२० को प्रतियोगी नम्बर १ हुन् । भरतपुर चितवनकी आयुश्मा श्रेष्ठले फ्लावर स्कुल नारायणगढबाट अध्ययन गरेकी थिईन् । आयुश्माले एनपिआईदेखि मेडिकल साईन्स कलेजसम्मको अध्ययन गरेकी छिन् । सन् २००९ देखि साहित्य लेखनमा लागेकी उनले सन् २०१९ मा ‘यश्तिका’ कविता संग्रह पनि सार्वजनिक गरेकी छिन् । १९ वर्षीया आयुश्मा भविष्यमा लेखक पनि बन्न चाहान्छिन् ।

मिस पपुलर च्वाईसको पहिलो नम्बरमा लामो समयसम्म कब्जा जमाएकी योजना भट्टराई अहिले तेस्रो नम्बरमा छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये १५.९ प्रतिशत भोट प्राप्त गरेकी छिन् । योजना मिस नेपाल २०२० को प्रतियोगी नम्बर ६ हुन् । मिस डिभा नेपालमा समेत तहल्का मच्चाएकी योजना काठमाडौँ निवासी हुन् । उनले सन् २०१८ मा मिस डिभा नेपालको ताज जितेकी थिईन् । २४ वर्षीया योजना बिबिएस अध्ययन गर्दैछिन् । उनले भविष्यमा शोसियल ईन्टरप्रेनर बन्ने लक्ष्य राखेकी छिन् । उनी स्क्वाट प्रतियोगितामा पनि सहभागी भएकी थिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*