यो हप्ता जोगिएलान् यी जोडीहरु ?

९ मंसिर २०७७, मंगलवार २०:४८
Featured Video Play Icon

मकवानपुर, ९ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता उत्कृष्ट ६ प्रतियोगीहरुको प्रतिस्पर्धा हुनेछ । उनीहरुमध्ये १ जोडीले शोबाट बाहिरिनुपर्नेछ । गत साताको बटम लाईन अनुसार २ जोडीहरु सबैभन्दा बढी खतरामा छन् । गत साता बाहिरिएको प्रयत्न जोडीसँगै दिभान्सी बैदवार र सिदार्थ श्रेष्ठको देवार्थ जोडी तथा ज्योति मगर र लाउरे सिंहको ज्योतिला जोडी बटम लाईनमा परेका थिए । गत साता बटम लाईनमा परेकाले यो हप्ता यो जोडी खतरामा रहेको अनुमान गरिएको छ । शुक्रबार र शनिबारको प्रस्तुतिको अंक जोड्दा देवार्थ जोडीले ५० अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले भने शुक्रबार र शनिबारको प्रस्तुतिबाट ५३ अंक थप्न सफल भएका थिए । त्यस्तै बटम लाईनमा परेका हिसाबले पनि ज्योतिला र देवार्थ खतराको घेरामा छन् । यी दुबै जोडीले २–२ पटक बटम लाईनको सामना गरिसकेको छ । यी सहभागीहरुको यो हप्ताको नतिजा गत साताको नृत्य तथा गत साताको नतिजामा आधारित नभई यो साताको नृत्य र दर्शक भोटमा आधारित रहने भएकोले यी जोडीहरु सुरक्षित पनि हुनसक्ने अवस्था छ । यो साता यी जोडीहरुले २ वटा नृत्यबाट प्राप्त गर्ने अंक र दर्शक भोटका आधारमा नतिजा सार्वजनिक गरिनेछ । हेर्नुहोस् भिडियो–

गत साता बटम लाईनमा परेका जोडीहरुमध्ये डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी, दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठले गत शुक्रबार २३ अंक र शनिबार २७ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६१ अंक प्राप्त गरेका छन् । स्टेजमा देवार्थ जोडीका नामले परिचित यो जोडीले शुक्रबार लिण्डी–हप तथा शनिबार ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । उनीहरुले २ पटक बटम लाईनको सामना गरिसकेका छन् ।

त्यस्तै गत साता नै बटम लाईनमा परेका डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडी, गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले गत हप्ताको शुक्रबार २५ अंक र शनिबार २८ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिदा जम्मा २६१ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले शुक्रबार साल्सा र शनिबार कलिहप डान्स गरेका थिए । उनीहरुले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । आठौँ हप्तामा पहिलो पटक बटम लाईनको सामना गरेका उनीहरुले आठौँ हप्ता र नवौँ हप्तामा गरी २ पटक बटम लाईनको सामना गरिसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*