बुद्ध लामा र केबिका खत्री–सर्वाधिक हिट, सर्वाधिक अंक

८ मंसिर २०७७, सोमबार २१:१३
Featured Video Play Icon

मकवानपुर, ८ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडी गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीले शोको नवौँ हप्ता तहल्का मच्चाएका छन् । यो हप्ता उनीहरुले दुई दुई वटा रेकर्ड ब्रेक गरेका छन् । यो जोडीले तोडेको पहिलो रेकर्ड हो अवार्ड विजेताको रेकर्ड । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडीले शोको आठौँ हप्तासम्ममा कुनै पनि अवार्ड जित्न सकेको थिएन । तर नवौँ हप्ता भने यो जोडीले चारै जना निर्णायकहरुको स्ट्याण्डिङ ओभिएसनसँगै पर्फोेमेन्स अफ द डे अवार्ड पनि जितेका छन् । यो सँगै अवार्ड नजितेका उनीहरुको नाममा अवार्ड बिजेताको ट्याग पनि थपिएको छ । त्यस्तै यो जोडीले ब्रेक गरेको अर्को रेकर्ड हो सर्वाधिक अंकको रेकर्ड । यो जोडीले १० वटा नृत्य गर्दा ७ पटक त २६ अंक मात्रै प्राप्त गरेका थिए । अर्को दुई पटक २८ र २७ अंक प्राप्त गरेको यो जोडीले नवौँ हप्ताको दोस्रो नृत्यबाट ३० मा ३० नै अंक प्राप्त गरेका छन् । यो नवौँ हप्ताको सर्वाधिक प्राप्त भएको अंक पनि हो । पहिलो दिन अवार्ड र दोस्रो दिन सर्वाधिक अंक प्राप्त भएसँगै यो जोडी थप चर्चित बनेको छ । हेर्नुहोस् भिडियो सामग्री–

नवौँ हप्तको पहिलो नृत्यबाट निर्णायक रेनेशालाई स्ट्याण्डिङ ओभिएसनका लागि बाध्य बनाएको यो जोडीले दोस्रो नृत्यबाट सबैको मन जित्दै स्ट्याण्डिङ ओभिएसन पाएका थिए । उनीहरुले नवौँ हप्ताको शनिबार गायक बिपुल क्षेत्रीको जुनकिरी बोलको गीतमा ओपन स्टाईल डान्स गरेका थिए । प्रकृतिको चित्रणसाथ गरिएको उनीहरुको नृत्य नसकिँदै निर्णायक र सहभागीहरुबाट तालीको वर्षा भएको थियो । उनीहरुको स्टाण्डिङ ओभिएसनसँगै ताली पाएका हुन् । उनीहरुको प्रस्तुतिलाई माईण्ड ब्लोईङ भन्दै निर्णायक दिलिप रायमाझीले एरियलको सहायता बिना नै एरियल डान्स जस्तै देखिएको भन्दै बुद्ध र केबिकाको चर्चा गरे । उनीहरुको यो प्रस्तुतिलाई अहिलेसम्मकै उत्कृष्ट नृत्य भएको निर्णायक दिलिपले बताए । निर्णायक गौरी मल्लले उनीहरुको खुलेर प्रशंसा गरिन् । निर्णायक रेनेशा राईले तोकिएको समयभन्दा धेरै कमेन्ट गर्दै उनीहरुको कोरियोग्राफी, आईडिया र सन्देशको प्रशंसा गरिन् । उनले गायक बुद्ध लामाको चर्चा गर्दै उनी गायक, डान्सर र कलाकार पनि भएको बताईन् । उनले केबिकाको मेहनतको पनि प्रशंसा गरिन् । उनीहरले तिनै जना निर्णायकहरुले फुल माक्र्स दिएका हुन् । उनीहरुलाई विशेष अतिथिहरुले पनि प्रशंसा गरे ।

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक, आठौँ हप्ता पून २६ अंक र नवौँ हप्ताको शुक्रबार २७ र शनिबार ३० अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६७ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता हाउस, छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी, आठौँ हप्टा ओपन स्टाईल र नवौँ हप्ताको शुक्रबार साल्सा र साम्बा तथा शनिबार ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन पहिलो पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनीहरुले दुई पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*