डान्सिङ विथ द स्टार्स नेपालका उत्कृष्ट ६ जोडीहरु

८ मंसिर २०७७, सोमबार २१:०५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ८ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा उत्कृष्ट ६ जोडीहरु छानिएका छन् । यसअघि उत्कृष्ट ७ सम्म पुगेका कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको प्रयत्न जोडी बाहिरिएपछि शोका उत्कृष्ट ६ जोडीहरु छानिएका हुन् । शोका उत्कृष्ट ६ जोडीहरुमा बुद्ध लामा र केबिका खत्री, प्रियना आचार्य र शुभम भुजेल, फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारी, सुमी मोक्तान र बिजु पार्की, ज्योति मगर र लाउरे सिंह तथा दिभान्सी बैदवार, सिद्धार्थ श्रेष्ठ र सञ्जय लामा रहेका छन् । यस भिडियो सामग्रीमा यी नै उत्कृष्ट ६ जोडीहरुको छोटो परिचय र उनीहरुले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक, आठौँ हप्ता पून २६ अंक र नवौँ हप्ताको शुक्रबार २७ र शनिबार ३० अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६७ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता हाउस, छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी, आठौँ हप्टा ओपन स्टाईल र नवौँ हप्ताको शुक्रबार साल्सा र साम्बा तथा शनिबार ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन पहिलो पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनीहरुले दुई पटक बटम लाईनको सामना गरेका छन् ।

डान्सिङ विथ द स्टार्स नेपालमा पहिलो वाईल्ड कार्ड ईन्ट्रीका रुपमा प्रतिस्पर्धामा सहभागी भएका पहिलो जोडी हुन् कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडी । स्टेजमा प्रियम जोडीका नामले परिचित यो जोडीले शोको पाँचौँ हप्तामा वाईल्ड कार्ड ईन्ट्री पाएका थिए । यस समयमा शोको उत्कृष्ट ९ जोडीहरु छानिसकिएका थिए । शुभम र प्रियनाले पाँचौँ हप्तामा आफ्नो पहिलो नृत्य प्रस्तुत गरेका थिए । यो जोडीले पाँचौँ हप्ता २४ अंक, छैटौँ हप्ता २२ अंक, सातौँ हप्ता २६ अंक, आठौँ हप्ता २२ अंक र नवौँ हप्ता शुक्रबार र शनिबार दुबै दिन समान २५–२५ अंक प्राप्त गरेका थिए । उनीहरुलेल नवौँ हप्ता सकिँदा जम्मा १४४ अंक प्राप्त गरेका छन् । उनीहरुले पाँचौँ र छैटौँ हप्तामा ओपन स्टाईल, सातौँ हप्ता कर्मग्राफी एण्ड किजोम्बा, आठौँ हप्ता ओपन स्टाईल तथा नवौँ हप्ताको शुक्रबार फ्युजन साल्सा र शनिबार कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।

फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले यतिखेर स्टेजमा चर्चा कमाईरहेका छन् । कमेडियन र कोरियोग्राफरको यो जोडीले दर्शकलाई हँसाउने र रुवाउने गरी डान्स गरिरहेका छन् । स्टेजमा दर्शकहरुले उमेशलाई मात्र नभई प्रमोदलाई पनि कलाकारका रुपमा हेर्न मौका पाएका छन् । किनभने विभिन्न जोडीहरुको प्रस्तुतिमा पनि कोरियोग्राफर प्रमोदले गेस्ट रोल गरेर आफु अभिनयमा समेत जम्नसक्ने सम्भावना देखाईरहेका छन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पहिलो र दोस्रो हप्ता २५–२५ अंक, तेस्रो हप्ता २९ अंक, चौथो हप्ता २५ अंक, पाँचौँ हप्ता २८ अंक, छैटौँ हप्ता २७ अंक, सातौँ हप्ता २५ अंक, आठौँ हप्ता २९ अंक र नवौँ हप्ताको शुक्रबार २३ तथा शनिबार २६ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदासम्म जम्मा २६२ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिहप, तेस्रो हप्ता ओपन स्टाईल,चौथो हप्ता कलिहप, पाँचौँ हप्ता बेली डान्स, छैटौँ हप्ता कलिहप, सातौँ र आठौँ हप्ता ओपन स्टाईल र नवौँ हप्ताको शुक्रबार चाल्र्स्टिन (चाल्र्सटिन्) तथा शनिबार ओपन स्टाईल डान्स गरेका थिए । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले दुई पटक बटम लाईनको सामना गरिसकेको छ ।

नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी अहिले दर्शकको रोजाईमा छन् । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले रुचाएका छन् । उनीहरुले पहिलो,दोस्रो र तेस्रो हप्तामा समान ३०–३० अंक, चौथो हप्ता २६ अंक तथा पाँचौँ र छैटौँ हप्ता २३–२३ अंक तथा सातौँ, आठौँ र नवौँ हप्ताको शुक्रबार समान २७–२७ अंक तथा शनिबार २६ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६९ अंक प्राप्त गरेका छन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर, पाँचौँ हप्ता कलिउड हिपहप, छैटौँ हप्ता झ्याउरे, सातौँ हप्ता ओपन स्टाईल, आठौँ हप्ता सुफी र नवौँ हप्ताको शुक्रबार पासो दोब्ले तथा शनिबार कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । सुमीलाई सातौँ हप्ता सोमु गुरुङले नृत्यमा साथ दिएका थिए ।

डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडीहरुमध्येको एक जोडी हुन् गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडी । स्टेजमा ज्योतिला नामबाट परिचत यो जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २५ अंक, तेस्रो हप्ता २७ अंक, चौथो हप्ता २३ अंक, पाँचौ र छैटौँ हप्ता २५–२५ अंक, सातौँ हप्ता २७ अंक, आठौँ हप्ता २६ अंक र नवौँ हप्ताको शुक्रबार २५ अंक र शनिबार २८ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिदा जम्मा २६१ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले पहिलो हप्ता कन्टेम्प्ररी, दोस्रो हप्ता कलि–हप, तेस्रो हप्ता कल्चरल मगर डान्स, चौथो हप्ता कन्टेम्प्ररी, पाँचौँ हप्ता मारुनी, छैटौँ हप्ता साल्सा नेपाली डान्स फ्युजन र सातौँ हप्ता सेमि क्लासिकल, आठौँ हप्ता ओपन स्टाईल र नवौँ हप्ताको शुक्रबार साल्सा र शनिबार कलिहप डान्स गरेका थिए । उनीहरुले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले आठौँ हप्तामा पहिलो पटक बटम लाईनको सामना गरेका थिए । आठौँ हप्ता र नवौँ हप्तामा गरी उनीहरुले २ पटक बटम लाईनको सामना गरेका छन् ।

डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी हो दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडी । दिभान्सीका पार्टनकार रुपमा सिद्धार्थ श्रेष्ठ सहभागी छन् भने सञ्जय लामा कोरियोग्राफरका रुपमा रहेका छन् । स्टेजमा देवार्थ जोडीले परिचित दिभान्सी र सिद्धार्थले पहिलो हप्ता २७ अंक, दोस्रो हप्ता २६ अंक, तेस्रो हप्ता २४ अंक, चौथो हप्ता ३० अंक, पाँचौँ हप्ता २६ अंक, छैटौँ हप्ता २१ अंक , सातौँ हप्ता ३० अंक, आठौँ हप्ता २७ अंक र नवौ हप्ताको शुक्रबार २३ अंक तथा शनिबार २७ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६१ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिउड, तेस्रो हप्ता लकिङ, चौथो हप्ता झ्याउरे, पाँचौ हप्ता हिपहप, छैटौँ हप्ता साल्सा, सातौँ हप्ता कन्टेम्प्ररी, आठौँ हप्ता लिरिकल र नवौँ शुक्रबार लिण्डी–हप तथा शनिबार ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । उनीहरुले २ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*