मिस पपुलर च्वाईसका उत्कृष्ट ३ प्रतियोगीहरु

७ मंसिर २०७७, आईतवार २१:२६
Featured Video Play Icon

मकवानपुर, ३ मंसिर । मिस नेपाल २०२० को उत्कृष्ट २१ प्रतियोगीहरु अहिले विभिन्न विधाहरुमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस उपविधाहरुमध्ये मिस पपुलर च्वाईस २०२० का लागि यतिखेर लिभोन लाईफ मोबाईल एपबाट भोटिङ भईरहेको छ । यसअघि नै हामीले भोटिङमा उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगीहरुका बारेमा चर्चा गरेका थियौँ । उत्कृष्ट १० हरुबारेको नयाँ अपडेट पनि छिट्टै ल्याउनेछौँ । यस भिडियोमा भने हामी यो सामग्री तयार पार्दाको समयमा उत्कृष्ट ३ भित्र पर्न सफल प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यसअघि १६ नोभेम्बरमा गरिएको अपडेटमा प्रतियोगी नम्बर ६ योजना भट्टराई सर्वाधिक फराकिलो भोटिङले पहिलो नम्बरमा थिईन् भने अहिले यो सामग्री तयार पार्दाको समयमा पनि उनी एकै नम्बरमा छिन् । तर उनलाई कडा चुनौति दिँदै १६ नोभेम्बरसम्म उत्कृष्ट १० मा नपरेकी प्रतियोगी सन्ध्या शर्माले पहिलो स्थान कब्जा गर्ने सम्भावना देखाईरहेकी छिन् । उनले केही समय योजनालाई भोटिङमा पछि पार्दै पहिलो नम्बर पनि कब्जा गरिसकेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा पनि योजनाले ०.३४ प्रतिशत अंकले मात्र सन्ध्यालाई पछि पारेका छन् । सम्भवत यो भिडियो अपलोड भएको समयमा सन्ध्याले योजनालाई जितिसकेको पनि हुनसक्छ । तर यो सामग्री तयार पार्दाको समयमा भने योजना नै अगाडि छिन् । अहिले योजना पहिलो नम्बरमा र सन्ध्या दोस्रो नम्बरमा छिन् । त्यस्तै १६ नोभेम्बरमा दोस्रो नम्बरमा रहेकी अर्निका राजभण्डारी अहिले तेस्रो नम्बरमा पुगेकी छिन् । यी तिन प्रतियोगीहरुको अहिले प्राप्त भोटिङ प्रतिशत र छोटो परिचयका लागि यो भिडियो पुरै हेर्नुहोला । मिस नेपाल २०२० सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानलका अघिल्ला भिडियोहरु हेर्नसक्नुहुनेछ । साथै अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । हेर्नुहोस् भिडियो फिचर–

मिस पपुलर च्वाईसको पहिलो नम्बरमा योजना भट्टराई रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये २०.११ प्रतिशत भोट प्राप्त गरेकी थिईन् । उनले ४ दिनअघि २८.०२ प्रतिशत भोट प्राप्त गरेकी थिईन् । योजना मिस नेपाल २०२० को प्रतियोगी नम्बर ६ हुन् । मिस डिभा नेपालमा समेत तहल्का मच्चाएकी योजना काठमाडौँ निवासी हुन् । उनले सन् २०१८ मा मिस डिभा नेपालको ताज जितेकी थिईन् । २४ वर्षीया योजना बिबिएस अध्ययन गर्दैछिन् । उनले भविष्यमा शोसियल ईन्टरप्रेनर बन्ने लक्ष्य राखेकी छिन् । उनी स्क्वाट प्रतियोगितामा पनि सहभागी भएकी थिईन् । मिस पपुलर च्वाईसको दोस्रो नम्बरमा सन्ध्या शर्मा रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये १९.७७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । सन्ध्या मिस नेपाल २०२० को प्रतियोगी नम्बर १९ हुन् । उनले महोत्तरी निवासी सन्ध्या २४ वर्षकी छिन् । फरेष्ट्रीमा बिएससी गरेकी सन्ध्या अहिले एमएससी अध्ययनरत छिन् । उनी भविष्यमा रिसर्च साईन्टिस्ट बन्न चाहान्छिन् ।

मिस पपुलर च्वाईसको दोस्रो नम्बरमा अरणिका राजभण्डारी रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ११.८७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । यसअघि १६ नोभेम्बरमा उनले १५.४७ प्रतिशत भोट प्राप्त गरेकी थिईन् । अर्णिका मिस नेपाल २०२० को प्रतियोगी नम्बर ४ हुन् । काठमाडौँ निवासी अर्णिका २५ वर्षकी छिन् । ईञ्जीनियरिङ ईन ईफोर्मेसन म्यानेज्मेन्टमा मास्टर्स गरेकी अर्णिका आफै पनि उद्यमी हुन् । उनी माकुरी नामक ईकमर्स कम्पनीको स्थापना गरेर फेसन तथा क्राफ्टको दुनियाँमा चम्किएकी छिन् । उनले भविष्यमा एक सफल उद्यमी बन्ने लक्ष्य राखेकी छिन् । आदरणीय दर्शकविन्द, तपाईलाई यी प्रतियोगीहरुमध्ये कसले मिस पपुलर च्वाईसको अवार्ड जित्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*