हात्तिगौँडामा जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाको साधारण सभा सम्पन्न

७ मंसिर २०७७, आईतवार २१:१२

मकवानपुर, ७ मंसिर । जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हेटौँडा १२ को वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार भौतिक दुरी कायम गरी साधारण सभा गरिएको संस्थाका व्यवस्थापक रामहरी पोखरेलले जानकारी दिए ।

साधारणमा सभामा अतिथिहरुलाई निमन्त्रणा नदिई प्रमुख अतिथिको मात्र उपस्थितिमा कार्यक्रम गरिएको थियो । वार्षिक साधारणसभामा उपस्थित भएका शेयर सदस्यहरुले पनि आवश्यक मास्क लगाई स्यानिटाईजरको प्रयोग गरेका थिए । साथै उनीहरुलाई भौतिक दुरी कायम समेत गरिएको व्यवस्थापक पोखरेलले बताए । साधारण सभामा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभा संस्थाका अध्यक्ष मधुसुदन नेपालको सभाध्यक्षतामा भएको हो ।

संस्थाका सचिव अकबर थापाले संचालन गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक रामहरिह पोखरेलले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

यो पनि हेर्नुहोस्–
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ । अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*