बुद्ध र केबिकाले जितेरै छाडे अवार्ड

६ मंसिर २०७७, शनिबार २०:२२
Featured Video Play Icon

मकवानपुर, ६ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडी गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीले अन्ततः शोमा पहिलो अवार्ड जित्न सफल भएका छन् । प्रतियोगिताको नवौँ हप्ताको पहिलो दिन उनीहरुले पर्फोमेन्स अफ द डे अवार्ड जितेका हुन् । प्रतियोगितामा लगातार २६ अंक प्राप्त गरेपछि उनीहरु २६ जोडीका नामले पनि भाईरल भएका छन् । उनीहरुले सात पटक २६ अंक प्राप्त गरेका थिए । यो जोडीले शुक्रबार प्रस्तुत गरेको नाचले निर्णायकको मन जित्नुका साथै अवार्ड पनि जित्न सफल भएको हो । शुक्रबार बुद्ध र केबिकाले सिमा संग्रौलाको जितेर बोलको गीतमा प्रस्तुति दिएका थिए । साल्सा र साम्बा डान्स गरेका उनीहरुको नृत्यमा सबै निर्णायकहरुले सकरात्मक कमेन्ट गरेका थिए । निर्णायक रेनेशा राईले उनीहरुको प्रस्तुतिमा २ पटक स्टाण्डिङ ओभिएसन दिएका थिए । हेर्नुहोस् भिडियो सामग्री–

उनीहरुको प्रस्तुतिमा निर्णायकहरुले ईञ्जोय गर्नुका साथै निर्णायक रेनेशाले लगातार स्टाण्डिङ अवेशन दिएकी थिईन् । कमेन्ट गर्ने क्रममा पनि निर्णायक रेनेशाले स्टाण्डिङ ओभिएसन दिँदै उनीहरुबाट अन्ततः आफुले चाहेकै जस्तो नृत्य प्रस्तुत गरेको बताएकी थिईन् । उनले केबिका र बुद्धको प्रशंसा गर्दै उनीहरुको लुक्स र एक्सप्रेसनको पनि चर्चा गरेकी थिईन् । निर्णायक गौरी मल्लले उनीहरुको नृत्यको प्रशंसा गर्दै आफुले बयानै गर्न नसक्ने भन्दै प्रस्तुति धेरै राम्रो भएको बताएकी थिईन् । उनीहरुको नृत्य निखारिएको भन्दै उनले बधाई दिईन् । निर्णायक दिलिपले उनीहरुको प्रस्तुति राम्रो भएको भन्दै बुद्धले नृत्यहरुमा थप निखार ल्याउन सकेको बताए । उनीहरुको प्रस्तुति बेष्ट भएको उनले बताए । उनीहरुले यहि प्रस्तुतिबाट अवार्ड जित्न सफल भएका हुन् ।

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा उनीहरु चर्चामा छन् । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक, आठौँ हप्ता पून २६ अंक र नवौँ हप्ताको पहिलो दिन २७ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन सकिँदा जम्मा २३७ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता हाउस, छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी, आठौँ हप्टा ओपन स्टाईल र नवौँ हप्ताको पहिलो दिन साल्सा र साम्बा डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन पहिलो पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका हुन् । उनीहरुले दुई पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*