को पुग्ला उत्कृष्ट ६ मा ?

६ मंसिर २०७७, शनिबार २०:१०
Featured Video Play Icon

मकवानपुर, ६ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ शनिबार पाँचौँ ईलिमिनेशन हुँदैछ । शुक्रबार र शनिबारको एपिसोडमा निर्णायकबाट पाएको मत र शनिबारको अन्तिम प्रस्तुतिसम्म प्राप्त दर्शक भोटका आधारमा एक जना जोडी बाहिरिएसँगै शोका उत्कृष्ट ६ जोडीहरु छनौट हुनेछन् । शुक्रबार प्रसारण भएको प्रस्तुतिका आधारमा कुन जोडी खतरामा छन् र कुन जोडी सुरक्षित छन् ? अनि उनीहरुमध्ये कुन जोडी उत्कृष्ट ६ मा पुग्लान् वा कुन जोडी बाहिरिएलान् भन्ने बारेमा यो भिडियो केन्द्रित छ । तपाईको विचारमा कुन जोडी खतरामा पर्नसक्छ कृपया कमेन्ट गर्दै गर्नुहोस् । आउनुहोस् ७ जोडीहरुमध्ये निर्णायक मतका आधारमा खतरामा परेका जोडीको चर्चा गर्दै यो भिडियोलाई सुरु गरौँ । हेर्नुहोस् भिडियो फिचर–

शुक्रबारको प्रस्तुतिबाट निर्णायक मतका आधारमा खतरामा पर्ने जोडीहरु ३ वटा छन् र ती सबै जोडीले समान २३–२३ अंक प्राप्त गरेका छन् । २३ अंक प्राप्त गर्ने जोडीहरुमा देवार्थ जोडी, प्रयत्न जोडी र आमोद जोडी रहेका छन् । डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडीलाई कोरियोग्राफर सञ्जय लामाले कोरियोग्राफ गरिरहेका छन् । स्टेजमा देवार्थ जोडीका नामले परिचित दिभान्सी र सिद्धार्थको जोडीले नवौ हप्ताको पहिलो प्रस्तुतिबाट २३ अंक प्राप्त गरेका छन् । उनीहरुले नवैँ हप्ताको पहिलो दिन सकिँदा जम्मा २३४ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन लिण्डी–हप डान्स गरेका थिए । उनीहरुले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । उनीहरुले पहिलो पटक आठौँ हप्तामा बटम लाईनको सामना गरेका थिए ।

त्यस्तै कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडीले पनि नवौँ हप्ताको पहिलो दिन २३ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन सकिँदा जम्मा २२४ अंक प्राप्त गरेका छन् । स्टेजमा प्रयत्न जोडीका रुपमा परिचित यो जोडीले नवौँ हप्ताको पहिलो दिन चाचाचा डान्स गरेका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरेको छ । साथमा फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले नवौँ हप्ताको पहिलो दिन २३ अंक प्राप्त गरेका थिए । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पनि नवौँ हप्ताको पहिलो दिन सकिँदासम्म जम्मा २३६ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन चाल्र्सटिन् डान्स गरेका थिए । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले दुई पटक बटम लाईनको सामना गरिसकेको छ ।

त्यस्तै शुक्रबारको प्रस्तुतिमा दुई जोडीले समान २५–२५ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडी र प्रियम जोडीले समान २५–२५ अंक प्राप्त गरेका हुन् । डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडीहरुमध्येको एक जोडी, गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले नवौँ हप्ताको पहिलो दिन २५ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन सकिदा जम्मा २३३ अंक प्राप्त गरेका छन् । स्टेजमा ज्योतिला जोडीका नामले परिचित यो जोडीले नवौँ हप्ताको पहिलो दिन साल्सा डान्स गरेका थिए । उनीहरुले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले आठौँ हप्तामा पहिलो पटक बटम लाईनको सामना गरेका थिए । साथमा डान्सिङ विथ द स्टार्स नेपालको पहिलो वाईल्ड कार्ड ईन्ट्री जोडी कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडीले पनि नवौँ हप्ता २५ अंक प्राप्त गरेका छन् । स्टेजमा प्रियम जोडीका नामले परिचित उनीहरुले नवौँ हप्ताको पहिलो दिनमा पुग्दा जम्मा ११९ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन फ्युजन साल्सा डान्स गरेका थिए । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।

शुक्रबार नै दुई जोडीहरुले सर्वाधिक २७–२७ अंक प्राप्त गरेका छन् । बुद्धिका जोडी र सुविजु जोडीले समान अंक ल्याएका हुन् । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा परिचत बुद्ध लामा र केबिका खत्रीको जोडीले नवौँ हप्ताको पहिलो दिन २७ अंक प्राप्त गरेका छन् । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडीले नवौँ हप्ताको पहिलो दिन सकिँदा जम्मा २३७ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन साल्सा र साम्बा डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन पहिलो पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनीहरुले दुई पटक बटम लाईनको सामना गरेका छन् । साथै डान्सिङ विथ द स्टार्स नेपालमा खतरनाक स्टन्टहरु गर्ने जोडी नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले नवौँ हप्ताको पहिलो दिन २७ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २४३ अंक प्राप्त गरेका छन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले नवौँ हप्ताको पहिलो दिन पासो दोब्ले डान्स गरेका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*