यी हुन् मिस युनिभर्स नेपाल २०२० का उत्कृष्ट ५० प्रतियोगीहरु

५ मंसिर २०७७, शुक्रबार २०:३२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ५ मंसिर । मिस युनिभर्स नेपाल २०२० को लागि ५० जना प्रतियोगीहरु छानिएका छन् । मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठद्वारा स्थापित संस्था ब्रेभ बोल्ड ब्युटीफुलले यस वर्ष मिस युनिभर्स नेपाल २०२० सञ्चालन गरेको हो । मिस युनिभर्स नेपाल २०२० को फाईनल डिसेम्बर ३० मा हुनेछ । यस भिडियो सामग्रीमा मिस युनिभर्स नेपाल २०२० का लागि छनौट भएका ५० जना प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गर्दैछौँ । हेर्नुहोस् यो भिडियो फिचर–

मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी पहिलो प्रतियोगी हुन् निशा न्यौपाने । निशा मोरङ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी दोस्रो प्रतियोगी हुन् परिक्षा विष्ट । काभ्रेपलाञ्चोक निवासी परिक्षा मेडिकल विद्यार्थी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी तेस्रो प्रतियोगी हुन् जेनिशा भण्डारी । जेनिशा दाङ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी चौथो प्रतियोगी हुन् रजनी मिश्र । रजनी नुवाकोट निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी पाँचौँ प्रतियोगी हुन् रोजिना श्रेष्ठ । उनी काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी छैटौँ प्रतियोगी हुन् सृष्टि आचार्य । बिजनेश ग्राजुएट सृष्टि पोखरा निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी सातौँ प्रतियोगी हुन् सुरभी खनाल । उनी संयुक्त राज्य अमेरिकाको भर्जिनियामा बसोबास गछिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी आठौँ प्रतियोगी अरुणी वाईबा । उनी सर्लाही निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी नवौँ प्रतियोगी हुन् निनाकान्त मण्डल । सन् २०१८ मा मिस एसिया रसियाको विजेता समेत बनेकी निकान्त मस्को, रसियामा बस्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी दशौँ प्रतियोगी हुन् श्रृया न्यौपाने । उनी पाल्पा निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी एघारौँ प्रतियोगी हुन् सुदति श्रेष्ठ । सुदति ललितपुर निवासी हुन् । उनी सानैदेखि मिस युनिभर्स बन्न चाहान्थिन् ।

मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी बाह्रौँ प्रतियोगी हुन् रोज तामाङ । उनी पोखरा निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी तेह्रौँ प्रतियोगी हुन् श्रीया शाक्य । ४ वर्षदेखि डाल्लास टेक्सासमा बसिरहेकी श्रीया सानैदेखि ब्युटी पेजेन्टहरुमा भाग लिन चाहान्थिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी चौधौँ प्रतियोगी हुन् सुजिता बस्नेत । उनी संयुक्तराज्य अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी पन्ध्रौँ प्रतियोगी हुन् ऐश्वर्या खतिवडा । उनी संयुक्त राज्य अमेरिकामा बसोबास गर्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी सोह्रौँ प्रतियोगी हुन् दृष्टि अधिकारी । उनी काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी सत्रौँ प्रतियोगी हुन् डाक्टर दिक्षा पोखरेल । मेडिकल डाक्टर समेत रहेकी दिक्षा काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी अठारौँ प्रतियोगी हुन् दिक्षा थापा । उनी सिन्धुपाल्चोककी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी उनाईसौँ प्रतियोगी हुन् शिखा भट्टराई । उनी काठमाडौँकी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी बिसौँ प्रतियोगी हुन् प्रिया हाडा । उनी काठमाडौँकी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी एक्काईसौँ प्रतियोगी हुन् अंशिका शर्मा । उनी अष्ट्रेलियाको सिड्नीमा बस्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी बाईसौँ प्रतियोगी हुन् बिनिशा शाक्य । उनी काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी तेईसौँ प्रतियोगी हुन् प्रिया सिग्देल । उनी काठमाडौँ निवासी हुन् । २५ वर्षीया प्रिया मिस नेपाल अर्थ २०१८ की विजेता समेत हुन् । उनी डेभलप्मेन्ट ग्राजुएट र उमन एक्टिभिस्ट पनि हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी चौबिसौँ प्रतियोगी हुन् फिबी भट्टराई । उनी काठमाडौँ निवासी हुन् ।

मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी पच्चिसौँ प्रतियोगी हुन् नितिशा राजभण्डारी । उनी काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी छब्बिसौँ प्रतियोगी हुन् निलिमा श्रेष्ठ । उनी भक्तपुर निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी सत्ताईसौँ प्रतियोगी हुन् ज्योति भट्ट । उनी बेल्जियममा बस्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी अठ्ठाईसौँ प्रतियोगी हुन् तिलु कुलुङ राई । उनी मोरङ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी उनान्तिसौँ प्रतियोगी हुन् डाक्टर प्रार्थना बस्न्यात । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी तिसौँ प्रतियोगी हुन् दिव्या पन्त । उनी संयुक्त राज्य अमेरिकाको पेन्सिलभियामा बस्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी एकतिसौँ प्रतियोगी हुन् रोशनी खत्री । उनी ललितपुर निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी बत्तिसौँ प्रतियोगी हुन् रिज्वी पौड्याल । उनी क्यानडाको टोरोन्टोमा बसोबास गर्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी तेत्तिसौँ प्रतियोगी हुन् सुदेश्ना महर्जन् । उनी ललितपुर निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी चौँतिसौँ प्रतियोगी हुन् मञ्जरी सिंह । उनी पाल्पा निवासी हुन् । उनी सिभिल इञ्जीनियर तथा अन्वेशक हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी पैतिसौँ प्रतियोगी हुन् ज्योत्सना सिमखडा । उनी काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी छत्तिसौँ प्रतियोगी हुन् बिभिया श्रेष्ठ । २६ वर्षिया विभिया युकेमा बस्छिन् । उनी मिस युके नेपाल २०१६ की सेकेण्ड रनर अप समेत हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी सैतिसौँ प्रतियोगी हुन् सुयोज्ञा पुन । उनी पोखरा निवासी हुन् ।

मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी अठ्तिसौँ प्रतियोगी हुन् डाक्टर दिक्ता थापा । उनी काठमाडौँ निवासी हुन् । १३ वर्षको उमेरमा नै ब्युटी पेजेन्ट जितेकी उनी मिस युनिभर्समा पनि राम्रो गर्ने मौकामा छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी उनान्चालिसौँ प्रतियोगी हुन् प्रतिष्ठा राउत । उनी लण्डन, युकेमा बस्छिन् । उनी मिस ईङ्ग्ल्याण्ड २०१९ की सेकेण्ड रनर अप पनि हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी चालिसौँ प्रतियोगी हुन् एनियला लामा । उनी काठमाडौँ निवासी हुन् । युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी एकचालिसौँ प्रतियोगी हुन् आस्था पाण्डेय । उनी क्यानडामा बसोबास गर्छिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी बयालिसौँ प्रतियोगी हुन् प्रतिमा सेन । उनी कपिलबस्तु निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी त्रिचालिसौँ प्रतियोगी हुन् स्नेहा सिग्देल । उनी बर्दिया निवासी हुन् ।

मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी चौवालिसौँ प्रतियोगी हुन् बिजिना राजभण्डारी । उनी पोखरा निवासी हुन् । उनी ईञ्जीनियर हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी पैँतालिसौँ प्रतियोगी हुन् अनु पौड्याल । उनी भक्तपुर निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी छयालिसौँ प्रतियोगी हुन् डाक्टर रिया श्रेष्ठ । उनी काठमाडौँ निवासी हुन् । उनी सानैदेखि ब्युटी पेजेन्टहरुमा सहभागी हुनचाहान्थिन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी सट्चालिसौँ प्रतियोगी हुन् एञ्जल लामा । उनी काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी अठ्चालिसौँ प्रतियोगी हुन् डाक्टर आरिका रानाभाट । पोखरा निवासी आरिका मेडिकल डाक्टर हुन् । मिस लिटिल क्विन पोखरा २००६ की विजेता समेत बनिसकेकी आरिका सन् २००६ मा नै मिस लिटिल क्विन नेपालमा फर्स्ट रनर अप भएकी थिईन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी उनान्चासौँ प्रतियोगी हुन् पारामिता राना । उनी काठमाडौँ निवासी हुन् । मिस युनिभर्स नेपाल २०२० को उत्कृष्ट ५० मा पुगेकी पचासौँ प्रतियोगी हुन् न्यान्सी खड्का । उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*