यो हप्ता यस्तो प्रस्तुति हुँदै

५ मंसिर २०७७, शुक्रबार १९:४७
Featured Video Play Icon

मकवानपुर, ५ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालको यो साता नवौँ हप्ताको प्रस्तु्ति हुँदैछ । यो साता प्रसारण हुने सत्रौँ र अठारौँ एपिसोडमा उत्कृष्ट ७ प्रतियोगीहरुले प्रस्तुति दिँदैछन् । गत साता भएको अविश्वयनीय ईलिमिनेशनपछि यो हप्ता यो शोको चर्चा झनै चुलिएको छ । यो साता केही फरक पनि हुने अनुमान गरिएको छ । यो साता गत सातामा जस्तै शोका प्रस्तोता एवम् मिस नेपाल सदिक्षा श्रेष्ठ आउने वा नआउने भन्ने बारेमा दर्शकहरु अञ्जान छन् । त्यसमाथि शोको अफिसियल फेसबुक पेजमा भएको कार्यक्रम प्रस्तोताबारेको पोष्टले शोमा सुमन कार्कीसँगै कार्यक्रम प्रस्तुत गर्न नयाँ प्रस्तोता आउने हुन् कि भन्ने शंका पनि उब्जाएको छ । यो साता शोमा उत्कृष्ट ७ प्रतियोगीहरुले पनि दुई दुई वटा नृत्य प्रस्तुत गर्नुपर्ने अवस्था समेत आएको दर्शकहरुको अनुमान छ । हेर्नुहोस् यो भिडियो–

शोको अफिसियल फेसबुक पेजमा भएको पोष्टका आधारमा हेर्ने हो भने यो हप्ता उत्कृष्ट ७ प्रतियोगीहरुको गेटअप पनि हेर्न लायकको देखिएको छ । शोमा बुद्ध लामा र केबिका खत्रीको जोडी यो हप्ता फरक लुक्समा देखिएका छन् । उनीहरुको नृत्य निक्कै रोमान्टिक हुने आसा गरिएको छ । त्यस्तै नायिका सुमी मोक्तानसँगै कोरियोग्राफर विजु पार्कीको पनि यो हप्ता रोमान्टिक लुक्स देखिन्छ । विजु पून सिक्स प्याकका साथमा स्टेजमा देखिँदैछन् । शोको वाईल्ड कार्ड जोडी कलाकार प्रियना आचार्य र शुभम भुजेल पनि यो हप्ता सदाझैँ सुन्दर लुक्समा छन् भने फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारीको जोडी यो हप्ता नयाँ अवतारमा शोमा देखिँदैछन् ।

शोका ज्योतिला जोडी अर्थात गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडी पनि यो साता फरक लुक्समा देखिएका छन् भने कलाकार प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको जोडीको पनि फरक प्रस्तुति शोमा रहनेछ । साथमा शोका लिटिल स्टार दिभान्सी वैदवार र सिद्धार्थ श्रेष्ठको जोडी पनि यो हप्ता शोमा फरक लुक्समा देखिनेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*