मिस पपुलर च्वाईसका उत्कृष्ट १० प्रतियोगीहरु

२ मंसिर २०७७, मंगलवार २०:२५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २ मंसिर । मिस नेपाल २०२० को उत्कृष्ट २१ प्रतियोगीहरु अहिले विभिन्न विधाहरुमा प्रतिस्पर्धा गरिरहेका छन् । मिस नेपालमा हुने उपविधाहरुमध्येको एक मिस पपुलर च्वाईस २०२० का लागि यतिखेर लिभोन लाईफ मोबाईल एपबाट भोटिङ भईरहेको छ । मिस नेपालको फाईनलको दिनसम्मै खुल्ला रहने भोटिङ लाईनको अपडेट पनि यतिखेर धमाधम लिभोन लाईफ एप मार्फत नै भईरहेको छ । दर्शकहरुले उनीहरुलाई एपबाटै भोट गर्नसक्नेछन् । यस भिडियो सामग्रीमा हामीले लिभोन मिस पपुलर च्वाईस २०२० मा सर्वाधिक भोट प्राप्त गर्दै उत्कृष्ट १० भित्र परेका प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । मिस नेपाल २०२० सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानलका अघिल्ला भिडियोहरु हेर्नुहोस् । साथै अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो–

मिस पपुलर च्वाईसको पहिलो नम्बरमा योजना भट्टराई रहेकी छिन् । यो सामग्री तयार पार्दाको सममया उनले कुल प्राप्त भोटहरुमध्ये २८.०२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । योजना मिस नेपाल २०२० को प्रतियोगी नम्बर ६ हुन् । मिस डिभा नेपालमा समेत तहल्का मच्चाएकी योजना काठमाडौँ निवासी हुन् । उनले सन् २०१८ मा मिस डिभा नेपालको ताज जितेकी थिईन् । २४ वर्षीया योजना बिबिएस अध्ययन गर्दैछिन् । उनले भविष्यमा शोसियल ईन्टरप्रेनर बन्ने लक्ष्य राखेकी छिन् । उनी स्क्वाट प्रतियोगितामा पनि सहभागी भएकी थिईन् । अरणिका राजभण्डारी–मिस पपुलर च्वाईसको दोस्रो नम्बरमा अरणिका राजभण्डारी रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये १५.४७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । अर्णिका मिस नेपाल २०२० को प्रतियोगी नम्बर ४ हुन् । काठमाडौँ निवासी अर्णिका २५ वर्षकी छिन् । ईञ्जीनियरिङ ईन ईफोर्मेसन म्यानेज्मेन्टमा मास्टर्स गरेकी अर्णिका आफै पनि उद्यमी हुन् । उनी माकुरी नामक ईकमर्स कम्पनीको स्थापना गरेर फेसन तथा क्राफ्टको दुनियाँमा चम्किएकी छिन् । उनले भविष्यमा एक सफल उद्यमी बन्ने लक्ष्य राखेकी छिन् । मिस पपुलर च्वाईसको तेस्रो नम्बरमा आस्तिका श्रेष्ठ रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ७.३ प्रतिशत भोट प्राप्त गरेकी छिन् । आस्तिका मिस नेपाल २०२० को प्रतियोगी नम्बर २१ हुन् । काठमाडौँ निवासी आस्तिका २५ वर्षकी छिन् । एमबिबिएस ईन्टर्न डाक्टरका रुपमा कार्यरत आस्तिका भविष्यमा पनि यसै क्षेत्रमा काम गर्न चाहान्छिन् ।

मिस पपुलर च्वाईसको चौथो नम्बरमा आयुश्मा श्रेष्ठ रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ७.१५ प्रतिशत भोट प्राप्त गरेकी छिन् । आयुश्मा मिस नेपाल २०२० को प्रतियोगी नम्बर १ हुन् । भरतपुर चितवनकी आयुश्माले नेपाल पोलिटेन्कि ईन्स्टीच्युट एनपिआईदेखि मेडिकल साईन्स कलेजसम्मको अध्ययन गरेकी छिन् । सन् २००९ देखि साहित्य लेखनमा लागेकी उनले सन् २०१९ मा ‘यश्तिका’ कविता संग्रह पनि सार्वजनिक गरेकी छिन् । १९ वर्षीया आयुश्मा भविष्यमा चर्चित लेखक बन्न चाहान्छिन् । मिस पपुलर च्वाईसको पाँचौँ नम्बरमा सोना श्रेष्ठ रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ६.९२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर १५ हुन् । काभ्रेपलाञ्चोक निवासी सोना २४ वर्षकी छिन् । मेडिकल ल्याब्रोटरी टेक्नोलोजीमा ब्याचलर डिग्री हासिल गरेकी सोना स्कीन केयर र मेकअप सम्बन्धी अनलाईन व्यवसाय पनि गर्छिन् । उनी भविष्यमा पोलिक्लिनिक सञ्चालन गर्न चाहान्छिन् । मिस पपुलर च्वाईसको छैटौँ नम्बरमा जुनु त्वयना रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ५.५ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर ५ हुन् । सिभिल ईञ्जीनियर समेत बनिसकेकी जुनु २३ वर्षकी छिन् । उनी अहिले ललितपुर उपमहानगरपालिकाको कार्यालयमा कार्यरत छिन् । उनी रोल मोडल बन्न चाहान्छिन् ।

मिस पपुलर च्वाईसको सातौँ नम्बरमा शुभाङ्गी खत्री रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ३.६१ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर ३ हुन् । भक्तपुर निवासी शुभाङ्गी काठमाडौँ युनिभर्सिटी स्कूल अफ मेडिकल साईन्सबाट अध्ययन गरेकी विद्यार्थी हुन् । २१ वर्षीया शुभाङ्गी डेन्टिष्ट्री अध्ययन गर्दैछिन् । भविष्यमा सफल ओरल र म्याक्जिलो फिसियल सर्जन बन्ने लक्ष्य उनले राखेकी छिन् ।मिस पपुलर च्वाईसको आठौँ नम्बरमा सुप्रिया श्रेष्ठ रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ३.६१ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर १७ हुन् । काठमाण्डु निवासी सुप्रिया २४ वर्षकी छिन् । ब्याचलर अफ आर्टस् इन सोसल वर्कमा ग्राजुएसन गरेकी सुप्रिया प्याराडक्स सिटी ईन्ककी फाउण्डर पनि हुन् । ईमेज च्यानलमा टिभी प्रिजेन्टर तथा प्रोग्राम प्रोड्युसर पनि रहेकी सुप्रिया एडभोकेट पनि बन्न चाहान्छिन् । उनी सानैदेखि मिस नेपाल बन्ने सपना देख्थिन् ।

मिस पपुलर च्वाईसको नवौँ नम्बरमा शिमल कनौजिया रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ३.३८ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर १४ हुन् । काठमाडौँ निवासी शिमल २४ वर्षकी छिन् । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेज्मेन्टबाट बिजनेश एडमिनिस्टेसनमा ग्राजुएट गरेकी शिमल उद्यमी बन्न चाहान्छिन् । मिस पपुलर च्वाईसको दशौँ नम्बरमा सजना पन्त रहेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनले कुल प्राप्त भोटहरुमध्ये ३.०७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस नेपाल २०२० को प्रतियोगी नम्बर ९ हुन् । काठमाडौँ निवासी सजना २५ वर्षकी छिन् । चार्टर्ड एकाउन्टेन्टका रुपमा कार्यरत सजना हाल अध्ययनरत छिन् । फाईनान्स क्षेत्रमा कार्य गर्ने लक्ष्य राखेकी उनी भविष्यमा नेपाल राष्ट्र बैंकको गभर्नर बन्न चाहान्छिन् । उनी मिस मोडल सुपर स्टार २०१६ की विजेता समेत हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*