यी हुन् मिस नेपाल २०२० का उत्कृष्ट २१ प्रतियोगीहरु

२९ कार्तिक २०७७, शनिबार २०:०५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २९ कात्तिक । मिस नेपाल २०२० को लागि २१ जना प्रतियोगीहरु छानिएका छन् । नेपालका विभिन्न ८ स्थानमा र काठमाडौँमा भएको अडिसनबाट अर्को राउण्डका लागि २१ जना प्रतियोगीहरु छानिएका हुन् । यसअघि २२ जना प्रतियोगीहरु छानिएको भनिएता पनि आयोज द हिडेन ट्रेजरले २१ जना प्रतियोगी मात्रै छानिएको अफिसियल फेसबुक पेजमार्फत जनाएको छ । २१ प्रतियोगीहरुका तालिमका साथै फोटोसुट र स्यास सेरोमनी समेत भईसकेको छ । सेरोमनीको अफिसियल भिडियोमा २० जनामात्र प्रतियोगीहरु सहभागी भएका थिए । अर्का एक प्रतियोगी भने पछि सहभागी हुनेछिन् । मिस नेपाल २०२० को फाईनल डिसेम्बर ५ मा हुनेछ । यस भिडियो सामग्रीमा मिस नेपाल २०२० का लागि छनौट भएका २१ ज्ना प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो फिचर–

मिस नेपाल २०२० का लागि छानिएकी पहिलो प्रतियोगी हुन् आयुश्मा श्रेष्ठ । भरतपुर चितवनकी आयुश्मा श्रेष्ठले फ्लावर स्कुल नारायणगढबाट अध्ययन गरेकी आयुश्माले नेपाल पोलिटेन्कि ईन्स्टीच्युट एनपिआईलदेखि मेडिकल साईन्स कलेजसम्मको अध्ययन गरेकी छिन् । सन् २००९ देखि साहित्य लेखनमा लागेकी उनले सन् २०१९ मा ‘यश्तिका’ कविता संग्रह पनि सार्वजनिक गरेकी छिन् । १९ वर्षीया आयुश्मा भविष्यमा लेखक पनि बन्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी दोस्रो प्रतियोगी हुन् रजनी चौधरी । उनी ६ फिट अग्ली छिन् । मोरङ निवासी रजनी बिबिएस अध्ययन गर्दैछिन् । २१ वर्षीया रजनीले भविष्यमा एक कुशल फ्लाईट एटेन्डेन्ट बन्न चाहान्छिन् । सन् २०१८ मा लगभग मानव बेचविखनको शिकार बन्ने हदमा पुगेकी उनी आफु अरुका लागि प्रेरणाको श्रोत पनि बन्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी तेस्रो प्रतियोगी हुन् शुभाङ्गी खत्री । भक्तपुर निवासी शुभाङ्गी काठमाडौँ युनिभर्सिटी स्कूल अफ मेडिकल साईन्सबाट अध्ययन गरेकी विद्यार्थी हुन् । २१ वर्षीया शुभाङ्गी डेन्टिष्ट्री अध्ययन गर्दैछिन् । भविष्यमा सफल ओरल र म्याक्जिलो फिसियल सर्जन बन्ने लक्ष्य उनले राखेकी छिन् । मिस नेपाल २०२० का लागि छानिएकी चौथो प्रतियोगी हुन् अर्णिका राजभण्डारी । काठमाडौँ निवासी अर्णिका २५ वर्षकी छिन् । ईञ्जीनियरि ईन ईफोर्मेसन म्यानेज्मेन्टमा मास्टर्स गरेकी अर्णिका आफै पनि उद्यमी हुन् । उनी माकुरी नामक ईकमर्स कम्पनीको स्थापना गरेर फेसन तथा क्राफ्टको दुनियाँमा चम्किएकी छिन् । उनले भविष्यमा एक सफल उद्यमी बन्ने लक्ष्य राखेकी छिन् ।

मिस नेपाल २०२० का लागि छानिएकी पाँचौँ प्रतियोगी हुन् जुनु त्वयना । सिभिल ईञ्जीनियर समेत बनिसकेकी जुनु २३ वर्षकी छिन् । उनी अहिले ललितपुर उपमहानगरपालिकाको कार्यालयमा कार्यरत छिन् । उनी रोल मोडल बन्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी छैटौँ प्रतियोगी हुन् योजना भट्टराई । मिस डिभा नेपालमा समेत तहल्का मच्चाएकी योजना काठमाडौँ निवासी हुन् । उनले सन् २०१८ मा मिस डिभा नेपालको ताज जितेकी थिईन् । २४ वर्षीया योजना बिबिएस अध्ययन गर्दैछिन् । उनले भविष्यमा शोसियल ईन्टरप्रेनर बन्ने लक्ष्य राखेकी छिन् । उनी स्क्वाट प्रतियोगितामा पनि सहभागी भएकी थिईन् । मिस नेपाल २०२० का लागि छानिएकी सातौँ प्रतियोगी हुन् निगाता केसी । मेडिसिन एण्ड सर्जरी अर्थात एमबीबिएस गरेकी निगाता एक डाक्टर हुन् । २४ वर्षीया निगाताले डर्माटोलोजी अर्थात छाला रोग विशेषज्ञका रुपमा मास्टर डिग्री गर्ने सोच बनाएकी छिन् । डर्माटोलिजिष्ट बनेर उनी एसिड अट्याकबाट पिडितहरुका लागि कार्य गर्न चाहान्छिन् । उनी दाङ निवासी हुन् । मिस नेपाल २०२० का लागि छानिएकी आठौँ प्रतियोगी हुन् सिजा चौलागाई । २४ वर्षीया सिजा रामेछाप निवासी हुन् । अष्ट्रेलियन ब्रोकर फर्मममा क्रेडिट एनालिष्टका रुपमा कार्यरत सिजाले बिबिएमा ग्राजुएसन गरेकी छिन् । उनी एक सफल उद्यमी बन्न चाहान्छिन् ।

मिस नेपाल २०२० का लागि छानिएकी नवौँ प्रतियोगी हुन् सजना पन्त । काठमाडौँ निवासी सजना २५ वर्षकी छिन् । चार्टर्ड एकाउन्टेन्टका रुपमा कार्यरत सजना हाल अध्ययनरत छिन् । फाईनान्स क्षेत्रमा कार्य गर्ने लक्ष्य राखेकी उनी भविष्यमा नेपाल राष्ट्र बैंकको गभर्नर बन्न चाहान्छिन् । उनी मिस मोडल सुपर स्टार २०१६ की विजेता समेत हुन् । मिस नेपाल २०२० का लागि छानिएकी दशौँ प्रतियोगी हुन् रिया श्रेष्ठ । काठमाडाँै निवासी रिया २२ वर्षकी छिन् । टेक्नोलोजी ईन ईन्भाईरोमेन्टल ईन्जीनियरिङमा ब्याचलर गरेकी रिया स्मल अर्थ नेपाल नामक संस्थामा रिसर्च असिस्टेन्टका रुपमा कार्यरत छिन् । उनले भविष्यमा एटमसफेरिक साइन्टिस्ट हुने लक्ष्य राखेकी छिन् । उनी एयर क्वालिटी इन्जीनियरिङमा विशेषज्ञता हासिल गर्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी एघारौँ प्रतियोगी हुन् आयशा श्रेष्ठ । काठमाडौँ निवासी आयशा २४ वर्षकी छिन् । सिभिल ईञ्जीनियरिङमा ब्याचलर डिग्री गरेकी आयशा उमन ईञ्जीनियरिङ फर्म खोल्न चाहान्छिन् । उनी लैंगिक समता भएको समाज निर्माण गर्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी बाह्रौँ प्रतियोगी हुन् मेरिशा सिंह सुवाल । काठमाडौँ निवासी २३ वर्षीया मेरिशा सोसियल ईन्टरप्रेनर बन्न चाहान्छिन् । नेपाल रियल्यास्टिक सोलुसनमा ट्रेनिङ कोअर्डिनेटरका रुपमा कार्यरत मेरिशा बिबिए ग्राजुएट प्रतियोगी हुन् ।

मिस नेपाल २०२० का लागि छानिएकी तेह्रौँ प्रतियोगी हुन् नेहा सरकार । काठमाडौँ निवासी नेहा २२ वर्षकी छिन् । बंगलादेशमा एमबिबिएस गरिरहेकी नेहा गाईनोकोलोजिष्ट बन्न चाहान्छिन् । उनी नेपालमा सुरक्षित मातृत्व कार्यक्रमको क्षेत्रमा सेवा गर्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी चौधौँ प्रतियोगी हुन् शिमल कनौजिया । काठमाडौँ निवासी शिमल २४ वर्षकी छिन् । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेज्मेन्टबाट बिजनेश एडमिनिस्टेसनमा ग्राजुएट गरेकी शिमल उद्यमी बन्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी पन्ध्रौँ प्रतियोगी हुन् सोना श्रेष्ठ । काभ्रेपलाञ्चोक निवासी सोना २४ वर्षकी छिन् । मेडिकल ल्याब्रोटरी टेक्नोलोजीमा ब्याचलर डिग्री हासिल गरेकी सोना स्कीन केयर र मेकअप सम्बन्धी अनलाईन व्यवसाय पनि गर्छिन् । उनी भविष्यमा पोलिक्लिनिक सञ्चालन गर्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी सोह्रौँ प्रतियोगी हुन् रुश्मिता शाही । काठमाडौँ निवासी रुश्मिता २३ वर्षकी छिन् । होटल म्यानेज्मेन्टमा ग्राजुएसन गरेकी रुश्मिता सफल उद्यमी बन्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी सत्रौँ प्रतियोगी हुन् सुप्रिया श्रेष्ठ । काठमाण्डु निवासी सुप्रिया २४ वर्षकी छिन् । ब्याचलर अफ आर्टस् इन सोसल वर्कमा ग्राजुएसन गरेकी सुप्रिया प्याराडक्स सिटी ईन्ककी फाउण्डर पनि हुन् । ईमेज च्यानलमा टिभी प्रिजेन्टर तथा कार्यक्रम निमात्री पनि रहेकी सुप्रिया एडभोकेट पनि बन्न चाहान्छिन् । उनी सानैदेखि मिस नेपाल बन्ने सपना देख्थिन् ।

मिस नेपाल २०२० का लागि छानिएकी अठारौँ प्रतियोगी हुन् सुप्रिया श्रेष्ठ । काठमाडौँ निवासी नम्रता २३ वर्षकी छिन् । सोसिओलोजीमा मास्टर डिग्री हासिल गरेकी नम्रता मानिसहरुको जीवनमा सकरात्मक प्रभाव पार्दै जीवन अघि बढाउन चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी उन्नाईसौँ प्रतियोगी हुन् सन्ध्या शर्मा । महोत्तरी निवासी सन्ध्या २४ वर्षकी छिन् । फरेष्ट्रीमा बिएससी गरेकी सन्ध्या अहिले एमएससी अध्ययनरत छिन् । उनी भविष्यमा रिसर्च साईन्टिस्ट बन्न चाहान्छिन् । मिस नेपाल २०२० का लागि छानिएकी बिसौँ प्रतियोगी हुन् प्रगति श्रेष्ठ । काठमाडौँ निवासी प्रगति २४ वर्षकी छिन् । बिजनेश एडमिनिस्ट्रेसनमा ग्राजुएट प्रगति अहिले युफोरिया नेपालमा कार्यरत छिन् । मिस नेपाल २०२० का लागि छानिएकी एक्काइसौँ प्रतियोगी आस्तिका श्रेष्ठ । काठमाडौँ निवासी आस्तिका २५ वर्षकी छिन् । एमबिबिएस ईन्टर्न डाक्टरका रुपमा कार्यरत आस्तिका भविष्यमा पनि यसै क्षेत्रमा काम गर्न चाहान्छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*