बुद्ध लामा र केबिका खत्रीलाई फेरि २६ अंक

२९ कार्तिक २०७७, शनिबार १९:३०
Featured Video Play Icon

मकवानपुर, २९ कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटि शो डान्सिङ विथ द स्टार्स नेपालमा गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीलाई पून २६ अंक प्राप्त भएको छ । प्रतियोगिताकै सर्वाधिक केमेष्ट्री मिलेको जोडीका रुपमा परिचित यो जोडीले सातौँ पटक निर्णायकहरुबाट २६ अंक प्राप्त गरेका हुन् । यसअघि पहिलो हप्तादेखि छैटौँ हप्तासम्म लगातार २६–२६ अंक प्राप्त गरेको जोडीले सातौँ हप्तामा रेकर्ड तोड्दै २८ अंक प्राप्त गरेका थिए । तर आठौँ हप्तामा यो सिलसिला पून सुरु भएको छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडीलाई २६ जोडी भन्नेहरु पनि बढेका छन् । खुशीको कुरा २६ अंक ल्याएता पनि यो जोडीले स्टेजमा तहल्का मच्चाउन छोडेका छैनन् । उनीहरुले २६ अंक पाउनेबित्तिकै स्टेजमा सहभागी र निर्णायकहरुबिच हाँसो फोहोरा पनि छुट्ने गरेको छ । दर्शकहरु समेत यो जोडीको २६ अंकको निरन्तरताले रमाईलो महशुस गर्न थालेका छन् । हेर्नुहोस् भिडियो सामग्री–

बुद्ध र केबिकाले आठौँ हप्ता उदित नारायण झाको ‘मलाई यो जिन्दगीले’ बोलको गीतमा ओपन स्टाईल नृत्य गरेका थिए । बुद्धले एक दृष्टिबिहिनको प्रतिनिधित्व गर्दै आँखामा पट्टि बाँधेर नृत्य गरेका थिए भने केबिकाले दृष्टिबिहिन भाईलाई माया गर्ने दिदीको रुपमा नृत्य प्रस्तुत गरेकी थिईन् । उनीहरुले नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुईतलाई समर्पण गर्दै नृत्य प्रस्तुत गरेका थिए । डाक्टर सन्दुक रुईत तिलगंगा आँखा प्रतिष्ठानका संस्थापकहरु मध्येका एक हुन् । सेप्टेम्बर ४, १९१४ मा ताप्लेजुङमा जन्मिएका रुईतले सामान्य सर्जरीबाट मोतियाबिन्दुको उपचार गरेर नेत्र रोगको उपचार क्षेत्रमा क्रान्ति नै ल्याईदिएका छन् । उनले एसिया र अफ्रिकामा निक्कै चर्चा कमाएका छन् । डाक्टर रुईतप्रति समर्पित यो प्रस्तुतिलाई निर्णायहरुले प्रशंसा गर्दै अझै प्रगति गर्न सुझाव दिएका थिए । निर्णायक दिलिप रायमाझीले यो प्रस्तुतिलाई मनछुने र वाओ प्रस्तुति भन्दै उनीहरुलाई स्टेजमै गएर प्रशंसा गरेका थिए । उनले गायक बुद्ध लामालाई गायकमात्र नभई डान्सर र कलाकार पनि भएको भन्दै प्रशंसा गरे । बुद्धलाई डान्सर र कलाकार बनाउन सहयोग गरेकोमा उनले कोरियोग्राफर केबिकालाई पनि बधाई दिए । बुद्धिका जोडीलाई निर्णायक रेनेशाले ७ अंक, गौरीले ९ अंक र दिलिपले १० अंक गरी जम्मा २६ अंक प्रदान गरेका थिए ।

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका छन् । उनीहरुले आठौँ हप्ता सकिँदासम्म जम्मा २१० अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता हाउस, छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्टा ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*