यो हप्ता २ जोडी आउट हुने, जोगिएलान् यी जोडीहरु ?

२८ कार्तिक २०७७, शुक्रबार ११:५३
Featured Video Play Icon

मकवानपुर, २८ कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा यो साता चौथो ईलिमिनेशन विक हुनेछ । यो शुक्रबार र शनिबारको प्रस्तुति सकिने समयमा २ जोडीहरु शोबाट बाहिरिने छन् । आयोजकका अनुसार यो हप्ता एकैपटक २ जोडीहरु बाहिरिने भएको हो । २ जोडी बाहिरिएसँगै यो शोमा उत्कृष्ट ७ प्रतियोगीहरु छानिनेछन् । यो हप्ता कुन–कुन जोडीहरु बाहिरिनेछन् त ? यसबारेमा यो भिडियो तािर पारिएको छ । गत साता प्राप्त भएको अंक र तेस्रो ईलिमिनेशनको नतिजा अनुसार ३ जोडीहरु यो हप्ता खतराको घेरामा छन् । तेस्रो ईलिमिनेशन विकका समयमा प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको ‘प्रयत्न’ जोडी, प्रियना आचार्य र शुभम भुजेलको ‘प्रियम’ जोडी र हरि खड्का र युमी बलामीको ‘हामी’ जोडी बटम लाईनमा परेका थिए । बटम थ्रीमा परेका यी जोडीहरुमध्ये हामी जोडी शोबाट बाहिरिएका थिए । त्यसैले बाँकी रहेका प्रयत्न र प्रियम जोडीलाई यो हप्ता खतरा हुनसक्छ । त्यस्तै गत साता कम अंक प्राप्त गरेको फुलन्देकी आमाका रुपमा परिचित कलाकार उमेश राई र प्रमोद भण्डारीको आमोद जोडी पनि यो हप्ता खतरामा पर्नसक्छन् । यद्यापि गत साता निर्णायकले दिएको अंकसँगै यो साता निर्णायकले दिने अंक र दर्शक भोटका आधारमा नतिजा निकालिने भएकोले यी ३ जोडी यो हप्ता सुरक्षित हुनपनि सक्छन् । तर गत साताको अंक र तेस्रो ईलिमिनेशन विकको नतिजाका आधारमा भने यी ३ जोडीहरु खतराको घेरामा छन् । हेर्नुहोस् यो भिडियो फिचर–

प्रयत्न जोडीले पहिलो नृत्यबाट ३० अंक, दोस्रो नृत्यबाट २० अंक, तेस्रो नृत्यबाट २७ अंक, चौथो नृत्यबाट २४ अंक, पाँचौँ नृत्यबाट २६ अंक, छैटौँ हप्ता २३ अंक र सातौँ हप्ता २८ अंक प्राप्त गरेका थिए । उनीहरुले सातौँ हप्ता सकिँदा जम्मा १७८ अंक प्राप्त गरेका छन् । स्टेजमा प्रयत्न जोडीका रुपमा परिचित यो जोडीले पहिलो हप्ता ल्याटिन रम्बा, दोस्रो हप्ता ज्याज, तेस्रो हप्ता सेमि क्लासिकल, चौथो हप्ता भिईनिज वाल्ज, पाँचौँ हप्ता हिपहप ट्याङ्गो, छैटौँ हप्ता कल्चरल डान्स फ्युजन र सातौँ हप्ता करुण रसमा ओपन स्टाईल डान्स फर्ममा प्रस्तुती दिएका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरिसकेको छ । २ पटक बटम थ्रीमा परेका हिसाबले यो जोडी सर्वाधिक खतरामा छन् तर यो साता खतरामा रहेका ३ जोडीहरुमध्ये गत साता यो जोडीले सबैभन्दा बढी अंक ल्याएका छन् । प्रियम र आमोद जोडी यो जोडीभन्दा पछाडि छ ।

त्यस्तै शुभम र प्रियनाले पाँचौँ हप्तामा आफ्नो पहिलो नृत्य प्रस्तुत गरेका थिए । यो जोडीले पाँचौँ हप्ता २४ अंक, छैटौँ हप्तामा २२ अंक र सातौँ हप्ता २६ अंक प्राप्त गरेका थिए । उनीहरुले पाँचौँ र छैटौँ हप्तामा ओपन स्टाईल र सातौँ हप्ता श्रृङ्गार रसमा कर्मग्राफी एण्ड किजोम्बा डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरुले हालसम्म जम्मा ७२ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् । आमोद जोडीले पहिलो र दोस्रो हप्ता २५–२५ अंक, तेस्रो हप्ता २९ अंक, चौथो हप्ता २५ अंक, पाँचौँ हप्ता २८ अंक, छैटौँ हप्ता २७ र सातौँ हप्ता २५ अंक प्राप्त गरेका थिए । गत साता उनीहरुले प्राप्त गरेको अंक नै सबैभन्दा कम अंक हो । लगातार दुई हप्ता सर्वाधिक अंक पहिलो जोडी बनेका उनीहरुले गतसाता भने कम अंक ल्याएका हुन् । उनीहरुले सातौँ हप्ता सकिँदासम्म जम्मा १८४ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिहप, तेस्रो हप्ता ओपन स्टाईल,चौथो हप्ता कलिहप, पाँचौँ हप्ता बेली डान्स, छैटौँ हप्ता कलिहप र सातौँ हप्ता विभत्स रसमा ओपन स्टाईल डान्स गरेका थिए । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले पनि एक पटक बटम थ्रीको सामना गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*