मिस नेपाल २०२० मा २२ जना छनौट, यस्ता छन् प्रतियोगीहरु

२५ कार्तिक २०७७, मंगलवार २१:२९
Featured Video Play Icon

मकवानपुर, २५ कात्तिक । मिस नेपाल २०२० को लागि २२ जना प्रतियोगीहरु छानिएका छन् । यसअघि नेपालका विभिन्न ८ स्थानमा अडिसन भएको थियो । ८ स्थानको अडिसनपश्चात काठमाडौँ अडिसन गर्ने तयारी गरिएको भएपनि महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । अहिले भने सुरक्षा सावधानी अपनाएर नोभेम्बर १ मा काठमाडौँ अडिसन सकिएसँगै २२ जना प्रतियोगीहरु प्रतिस्पर्धाका लागि छानिएका हुन् । आयोजक हिडेन ट्रेजरका अनुसार अब २२ प्रतियोगीहरु ५ हप्ताको भर्चुअल प्रशिक्ष र वर्कशपमा सहभागी हुनेछन् । मिस नेपाल २०२० को फाईनल डिसेम्बर ५ मा हुनेछ । यस भिडियो सामग्रीमा मिस नेपाल २०२० का लागि काठमाडौँ अडिसनमा सहभागी भएका केही प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । हेर्नुहोस् यो भिडियो सामग्री–

मिस नेपाल २०२० का लागि काठमाडौँमा अडिसन दिएकी पहिलो प्रतियोगी हुन् रजनी चौधरी । अडिसनमा सहभागी हुनुपूर्व डराएकी उनी अडिसन पश्चात भने खुशी भएकी थिईन् । उनी ६ फिट अग्ली छिन् । त्यस्तै मिस नेपाल २०२० मा लिभोन लाईफको तर्फबाट वाईल्ड कार्ड ईन्ट्रीका रुपमा सहभागी भएका प्रतियोगीहरु हुन् सिजा र सिवाङ्गी । उनीहरु लिभोन लाईफबाट अप्लाई गर्दै वाईल्ड कार्डका लागि छनौट भएका हुन् । सिजाले अडिसनमा गीत समेत गाएकी थिईन् । काठमाडौँ अडिसनमै सहभागी भएकी अर्की प्रतियोगी हुन् सुप्रिया श्रेष्ठ । उनी मिस नेपालमा सहभागी हुँदै नयाँ पाईला चाल्न चाहान्छिन् । सानैदेखि मिस नेपाल बन्ने सपना देखेकी सुप्रियाले मिस नेपालमा सहभागी हुनुको कारणहरु पनि खुलाएकी थिईन् ।

त्यस्तै अडिसनमा सहभागी भएकी रुस्मिताले ६ वर्षअघिदेखि मिस नेपालमा सहभागी हुने सपना देखेकी थिईन् । अन्तत उनी २०२० मा अडिसन दिन आईपुगेकी छिन् । उनलाई अडिसनमा हरेक वर्ष मिस नेपालहरुबाट के सिक्नुभयो भन्ने प्रश्न गरिएको थियो । उनले मिस नेपाल वर्ल्ड बन्ने अपेक्षा लिएको बताएकी थिईन् । त्यस्तै प्रतियोगीमा सहभागी भएकी अर्की एक प्रतियोगीले पनि आफुलाई मिस नेपाल वर्ल्ड हुनसके राम्रो हुने बताएकी थिईन् । उनी सबै युवाहरुलाई फेसनको विकासमा मोटिभेट गर्न चाहान्छिन् ।

प्रतियोगितामा भाग लिएकी अर्की प्रतियोगी जुनुले अडिसन निक्कै राम्रो भएको बताईन् । त्यस्तै मेरिसा सुवालले अडिसनमा सहभागी हुँदा निक्कै नर्भस भएको बताईन् । केही प्रतियोगीहरुले भने हाईटका कारण आफुहरु रिजेक्ट भएकोमा दुःख लागेको बताए । आफुहरुले नाप लिँदा ५.४ फिट भएको भएता पनि प्रतियोगितामा जाँदा कम देखाइएको भन्दै उनीहरुले अचम्म लागेको बताए । प्रतियोगितामा २ वर्षभन्दा पहिला सहभागी भएका केही प्रतियोगीहरुले पनि पून सहभागी भएर नयाँ ईतिहास रच्ने प्रयास गरेका छन् । उनीहरुले बच्चैदेखिको सपना नै मिस नेपाल भएको भन्दै त्यसमा पून सहभागिता जनाएको बताएका थिए । साथै मिडिया क्षेत्रमा सक्रिय आरजे, ईञ्जीनियर, नर्स लगायतका पेशासँग सम्बन्धित सहभागीहरुले पनि अडिसन दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*