दिभान्सी र सिद्धार्थको दोस्रो जीत

२४ कार्तिक २०७७, सोमबार ११:५९
Featured Video Play Icon

मकवानपुर, २४ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ का कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठले दोस्रो पटक अवार्ड जितेका छन् । उनीहरुले शोको सातौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका हुन् । यसअघि उनीहरुले चौथो हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । स्टेजमा देवार्थ जोडीका नामले परिचित दिभान्सी र सिद्धार्थलाई कोरियोग्राफर सञ्जय लामाले कोरियोग्राफ गरिरहेका छन् । सञ्जयले उनीहरुलाई लकिङदेखि साल्सा डान्सफर्मसम्म नचाउन सफल भईसकेका छन् । हेर्नुहोस् यो भिडियो सामग्री–

सातौँ नृत्यमा दिभान्सी र सिद्धार्थले सविन राईको ‘सम्झनाहरुलाई’ बोलको गीतमा कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुले भयानक रसमा आधारित रहेर आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुको नृत्य यति दमदार भयो कि निर्णायक, विशेष अतिथि र सहभागीहरुले समेत स्टाण्डिङ ओभिएसन दिएका थिए । उनीहरुको प्रस्तुति र सञ्जयको कोरियोग्राफीको चर्चा गर्दै नायक पल शाह र नाजिर हुसेनले उनीहरुलाई बधाई दिएका थिए । निर्णायक दिलिप रायमाझीले उनीहरुको प्रस्तुतिलाई हालसम्मै सबैभन्दा उत्कृष्ट प्रस्तुति भनेर प्रशंसा गरेका थिए । निर्णायक गौरी मल्लले स्टेजमै पुगेर उनीहरुको प्रशंसा गरेका थिए । निर्णायक रेनेशा राईले उनीहरुको नृत्यमा फिनिसिङ भएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुको प्रस्तुतिले स्पिचलेस भएको भन्दै उनले उनीहरुलाई अझै राम्रो गर्दै जानका लागि शुभकामना दिए । देवार्थ जोडीलाई तिनै जना निर्णायकहरुले १०–१० अंक गरी ३० अंक प्रदान गरेका थिए ।

देवार्थ जोडीले पहिलो हप्ता २७ अंक, दोस्रो हप्ता २६ अंक, तेस्रो हप्ता २४ अंक, चौथो हप्ता ३० अंक, पाँचौँ हप्ता २६ अंक, छैटौँ हप्ता २१ अंक र सातौँ हप्ता ३० अंक प्राप्त गरेका थिए । उनीहरुले सातौँ हप्ता सकिँदा सम्म जम्मा १८४ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिउड, तेस्रो हप्ता लकिङ, चौथो हप्ता झ्याउरे, पाँचौ हप्ता हिपहप, छैटौँ हप्ता साल्सा र सातौँ हप्ता भयानक रसमा कन्टेम्प्ररी डान्स फर्ममा प्रस्तुति दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*