तहल्का मच्चाउँदै प्रियना आचार्य र शुभम भुजेल

२४ कार्तिक २०७७, सोमबार ११:५४
Featured Video Play Icon

मकवानपुर, २४ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा पहिलो वाईल्ड कार्ड ईन्ट्री भएका जोडी कलाकार प्रियना र आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडीले अहिलेसम्मकै दमदार प्रस्तुति दिएका छन् । स्टेजमा प्रियम जोडीका नामले परिचित यो जोडीले शोको पाँचौँ हप्तामा वाईल्ड कार्ड ईन्ट्री पाएका थिए । यस समयमा शोको उत्कृष्ट ९ जोडीहरु छानिसकिएका थिए । यसअघि २ वटा नृत्य प्रस्तुत गरेका उनीहरुले यो साताको नृत्यबाट आफुहरुले पाउँदै आएको अंकको रेकर्ड पनि ब्रेक गरेका छन् । उनीहरुले शुक्रबार चपली हाईट २ को ‘गल्ती गरौँ न’ बोलको गीतमा नृत्य गरेका थिए । उनीहरुले श्रृङ्गार रसमा आधारित रहेर कर्मग्राफी एण्ड किजोम्बा डान्स फर्ममा प्रस्तुति दिएका थिए । हेर्नुहोस् यो भिडियो सामग्री–

निर्णायक दिलिप रायमाझीले उनीहरुले श्रृङ्गार रसलाई न्यायपूर्ण तरिकामा नृत्यमा प्रस्तुत गरेको बताए । त्यस्तै निर्णायक गौरी मल्लले कलाकार प्रियना आचार्यको प्रशंसा गर्दै उनले सुरुदेखि अन्त्यसम्म नै नृत्यमा जम्न सफल भएको बताए अनि कोरियोग्राफीका लागि शुभमलाई धन्यवाद दिईन् । निर्णायक रेनेशाले उनीहरुले श्रृङ्गार रसलाई सबैभन्दा बढी सुहाउँदो रातो रंगको वस्त्र छानेको भन्दै प्रशंसा गरिन् । उनले केही सुधार गर्नुपर्ने कुरा बताउँदै नृत्य धेरै राम्रो भएको बताईन् । विशेष अतिथिहरुले पनि उनीहरुको प्रशंसा गरे । उनीहरुलाई निर्णायक रेनेशाले ८ अंक तथा दिलिप र गौरीले ९–९ अंक गरी जम्मा २६ अंक प्रदान गरेका थिए । यो उनीहरुले हालसम्म पाएकामध्ये सबैभन्दा बढी अंक हो । स्टेजमा प्रियम जोडीका नामले परिचित शुभम र प्रियनाले पाँचौँ हप्तामा आफ्नो पहिलो नृत्य प्रस्तुत गरेका थिए । यो जोडीले पाँचौँ हप्ता २४ अंक, छैटौँ हप्तामा २२ अंक र सातौँ हप्ता २६ अंक प्राप्त गरेका छन् । उनीहरुले पाँचौँ र छैटौँ हप्तामा ओपन स्टाईल र सातौँ हप्ता श्रृङ्गार रसमा कर्मग्राफी एण्ड किजोम्बा डान्स फर्ममा नृत्य गरेका थिए । उनीहरुले हालसम्म जम्मा ७२ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।

कलाकार प्रियना आचार्य चर्चित टेलिसिरियल भद्रगोल र सक्किगोनिबाट चर्चामा आएकी हुन् । यस सिरियलमा ‘मुन्नी’ का रुपमा चर्चित हुन सफल प्रियनाले विभिन्न म्युजिक भिडियोहरुमा पनि अभिनय गरेकी छिन् । सन् २००० सेप्टेम्बर २१ मा भरतपुर चितवनमा जन्मिएकी प्रियनाले आर्ट स्कूल, वाल्मीकि शिक्षा सदन, द जोनरोन स्कुल हुँदै लण्डनको लण्डन वेष्टमिन्स्टर कलेजबाट अध्ययन पुरा गरेकी छिन् । उनले लिटिल क्वीन २००८ मा फर्स्ट रनर अप हुनुका साथै मिस टिन टुरिजम २०१८ मा विजेता पनि भएकी थिईन् । उनी मिस टिन २०१८ मा उत्कृष्ट ५ भित्र परेकी थिईन् । उनी फेसन भ्लगर, मोडल, थियटर आर्टिस्ट, गायिका तथा डान्सर पनि हुन् । उनी कोरियोग्राफर शुभम भुजेलसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्दैछन् ।

विभिन्न चर्चित गीतहरुमा कोरियोग्राफीको अनुभव लिईसकेका शुभम भुजेल प्रोफेसनल डान्सरका साथै कोरियोग्राफर पनि हुन् । उनले चलचित्रदेखि विभिन्न चर्चित म्यूजिक भिडियोहरुमा कोरियोग्राफी गरिसकेका छन् । हिपअप ईन्टरनेशल नेपालमा सिल्भर अवार्ड जितेका शुभमले अमेरिकामा आयोजित वर्ल्ड हिपहप डान्स च्याम्पियनशिपमा समेत सहभागी भएका छन् । उनी नेपाली डान्सिङ रियालिटी शो बुगीवुगीको उत्कृष्ट ९ सम्म पनि पुगेका थिए । झापा निवासी शुभमले डान्सिङ विथ दि स्टार्सन नेपालमा कलाकार प्रियना आचार्यलाई साथ दिँदैछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*