लामाको भेषमा बुद्ध र केबिकाको तहल्का

२२ कार्तिक २०७७, शनिबार २०:३०
Featured Video Play Icon

मकवानपुर, २२ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा चर्चित गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीले पून अर्को तहल्का मच्चाउने नृत्य गरेका छन् । लगातार छैटौँ नृत्यसम्मै समान २६–२६ अंक प्राप्त गर्दै आईरहेको यो जोडीले यसै नृत्यबाट २६ अंकको सिलसिला पनि तोडेका छन् । उनीहरुले शुक्रबार २८ अंक प्राप्त गरेका छन् । यस हप्ता नवरसमा प्रस्तुति दिनुपर्ने चुनौतिलाई आत्मासाथ गर्दै यो जोडीले शान्त रसमा प्रस्तुति दिएका थिए । उनीहरुले शान्त रसमा एक गुरुले शिष्यलाई सांसारिक मोहबाट बाहिर निस्कन सहयोग पुराएको दृश्यहरु देखाएका थिए । लामावस्त्रमा देखिएका बुद्ध र केबिकाले आनी छोईङ डोल्माको ‘फुलको आँखामा’ बोलको गीतमा नृत्य गरेका थिए । उनीहरले लिरिकल कन्टेम्प्ररीमा शान्त रसलाई प्रस्तुत गर्दै निर्णायकहरुको मन जितेका थिए । हेर्नुहोस् यो भिडियो फिचर–

उनीहरुको नृत्यको प्रशंसा गर्दै नायिका गौरी मल्लले धेरै राम्रो आईडिया र सुन्दर कोरियोग्राफी भएको बताएकी थिईन् । गुरुले आफ्नो शिष्यलाई कसरी सम्हाल्छ र सम्हाल्नुपर्छ भन्ने कुराहरुलाई जीवन्त रुपमा देखाउन सफल भएको भन्दै उनले केबिकाको प्रशंसा गरिन् । निर्णायक रेनेशा राईले केबिकाको प्रशंसा गर्दै एपिसोडकै शान्त तथा बलियो प्रस्तुति भएको बताईन् । उनले बुद्ध र केबिकाको तयारीको प्रशंसा गरिन् । निर्णायक दिलिप रायमाझीले स–साना बिटहरुमा पनि गरिएको मेहनतको प्रशंसा गर्दै मनछुने प्रस्तुति भएको बताएका थिए । विशेष अतिथिका रुपमा उपस्थित भएका नायक पल शाहले उनीहरुको प्रस्तुतिलाई बयान गरेर नसकिने भन्दै फुलको आँखामा गीतलाई न्याय दिएको भिडियो नै उनीहरुको प्रस्तुति भएको बताएका थिए । त्यस्तै विशेष अतिथि नाजिर हुसैनले पनि गुजबम्बवाला प्रस्तुति भन्दै उनीहरुको प्रशंसा गरे । उनीहरुलाई निर्णायक दिलिपले १० अंक र रेनेशा र गौरीले ९–९ अंक गरी जम्मा २८ अंक दिएका थिए । यससँगै उनीहरुले पहिलो पटक आफुहरुले निरन्तर पाईरहेको अंक २६ को श्रृङ्खला तोड्न सफल भएका छन् । उनीहरुले फरक अंक प्राप्त गरेकोमा निर्णायकहरु पनि खुशी देखिएका थिए ।

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक र सातौँ हप्ता २८ अंक प्राप्त गरेका छन् । उनीहरुले सातौँ हप्ता सकिँदासम्म जम्मा १८४ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता हाउस, छैटौँ हप्ता ओपन स्टाईल र सातौँ हप्ता शान्त रसमा लिरिकल कन्टेम्प्ररी डान्स फर्ममा नृत्य गरेका थिए । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*