५ जोडीको कडा टक्कर

२२ कार्तिक २०७७, शनिबार २०:२३
Featured Video Play Icon

मकवानपुर, २२ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा यो हप्ता उत्कृष्ट ९ प्रतियोगीहरुको प्रस्तुति भईरहेको छ । शुक्रबार ४ जोडीहरुले प्रस्तुति दिएसँगै शनिबारको प्रस्तुतिमा ५ जोडीहरुको कडा टक्कर पर्ने देखिएको छ । शुक्रबारको शोमा बुद्ध लामा र केबिका खत्री, प्रियना आचार्य र शुभम भुजेल, प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन तथा दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडीले प्रस्तुति दिएका थिए । शनिबार बाँकी रहेका ५ जोडीहरुले प्रस्तुति दिँदैछन् । शनिबार सृष्टि केसी र केशव थापाको जोडीले प्रस्तुति दिँदैछन् । स्टेजमा सृशव जोडीका नामले परिचित उनीहरुले शनिबार कस्तो प्रस्तुति दिनेछ भन्ने पर्खाई दर्शकहरुलाई छ । उनीहरु सेतो पोषाकमा प्रस्तुति दिँदैछन् । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । हेनुृहोस् भिडियो फिचर–

त्यस्तै शनिबार नै गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले पनि प्रस्तुति दिँदैछन् । स्टेजमा ज्योतिला नामबाट परिचत यो जोडीले शनिबार फरक प्रस्तुति दिनेछन् । सम्भवत यो प्रस्तुतिमा ज्योति र लाउरेले साँस्कृतिक नाच देखाउनेछन् । ज्योति यो हप्ता देवीको भेषमा देखिएकी छिन् भन्ने अनुमान गरिएको छ । सम्भवता उनीहरुले रौद्र रुपमा प्रस्तुति दिनेछन् । उनीहरुले छैटौँ हप्ता सकिदासम्म जम्मा १५५ अंक प्राप्त गरेका छन् । उनीहरुले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका टिकटक स्टार दिपा र दमन्ता श्रेष्ठले यो साता कम्ब्याक्ट ड्रेसमा प्रस्तुति दिँदैछन् । उनीहरुको नृत्य कस्तो होला भन्ने अनुमान दर्शकहरुले लगाउँदैछन् । यो जोडीले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । उनीहरुले पाँचौँ हप्तामा पहिलो पटक पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए ।

त्यस्तै नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले यो हप्ता टिपिकल नेपाली भेषमा नृत्य गर्ने देखिएको छ । उनीहरु टोपी, सुरुवाल र कमिजमा देखिएका छन् । उनीहरुले कुन रसमा नृत्य गर्नेछन् भन्ने शनिबार थाहा हुनेछ । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । शनिबार नै फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले पनि प्रस्तुति दिँदैछन् । उनीहरुको फरक नृत्यको पनि दर्शकहरुले चाहाना गरिरहेका छन् । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १५९ अंक प्राप्त गरेका छन् । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले पनि एक पटक बटम थ्रीको सामना गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*