पदमपोखरीका सुशिल थिङको नयाँ गीत सार्वजनिक

२२ कार्तिक २०७७, शनिबार २०:१५

मकवानपुर, २२ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका युवा गायक सुशिल थिङको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिलको ‘हामी देउसी भाइ’ बोलको गीत सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोलाई शनिबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । सुशिलको यो दोस्रो गीत हो । गीतमा गायक थिङकै शब्द, संगीत र आवाज रहेको छ । गीतलाई अमृत ल्वागुनले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोलाई ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको अफिसियल युट्युब च्यानलबाट हेर्नसकिन्छ ।

गीतको म्युजिक भिडियोमा निरु थिङ, सचिन वाईबा, राधिका स्याङ्तान, आईतेसिंह लोप्चन लगायतका कलाकारहरुले अभिनय गरेका छन् । प्रकाश तामाङको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई कलाकार तथा ओपेरा ईन्फोटेन्मेन्टका निर्देशक विक्रम लुङ्वाले छायाँकन तथा सम्पादन गरेका हुन् । क्यामेरामा धन पाख्रिनले सहयोग गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई पदमपोखरीकै गायक तथा तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामाले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई पदमपोखरीका विभिन्न स्थानमा छायाँकन गरिएको छ । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्–
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ
तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*