यो साता दमदार प्रतिस्पर्धा

२१ कार्तिक २०७७, शुक्रबार १९:५०
Featured Video Play Icon

मकवानपुर, २१ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता उत्कृष्ट ९ प्रतियोगीहरुले प्रस्तुति दिँदैछन् । ९ जोडीहरुमध्ये शुक्रबार केही जोडीहरु र शनिबार बाँकी जोडीहरुले प्रस्तुति दिँदैछन् । डान्सिङ विथ द स्टार्स नेपाल टिमले एपिसोड १३ अर्थात शुक्रबार केही विशेष रहेको भन्दै आफ्नो फेसबुक पेजमार्फत जानकारी पनि दिएको छ । साथै शुक्रबार दुई जना कलाकारहरु पनि आउने जानकारी दिँदै कलाकारहरुको नाम गेस गर्न पनि आग्रह गरेको छ । यस पोष्टमा गरिएका कमेन्ट अनुसार शोमा शुक्रबार नायक पल शाह र नाजिर हुसैन आउनसक्ने सम्भावना देखिएको छ । तर वास्तवमा शोमा को आउँदैछन् भन्ने कुरा शो प्रसारण भएपछि मात्र थाहा हुनेछ । त्यस्तै टिमले केही प्रस्तुतिहरुको तस्बिर पनि सार्वजनिक गरेको छ । हेर्नुहोस् भिडियो सामग्री-

शुक्रबारको एपिसोडको पहिलो प्रस्तुति चर्चित जोडी बुद्ध लामा र केबिका खत्रीले दिनेछन् । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडीले शुक्रबार लामा र आनीको भेषमा नृत्य दिँदैछन् । सार्वजनिक तस्बिरमा उनीहरु दुबै जना लामा गुरु तथा आनीको भेषमा देखिएका छन् । यसर्थ उनीहरुको प्रस्तुति केही खास भएको अनुमान लाउन सकिन्छ । त्यस्तै शुक्रबार नै वाईल्ड कार्ड जोडी प्रियना आचार्य र शुभम भुजेलले प्रस्तुति दिँदैछन् । स्टेजमा प्रियम जोडीका नामले परिचित यो जोडीले रोमान्टिक प्रस्तुति दिने देखिएको छ । सार्वजनिक भएको तस्बिर अनुसार उनीहरु रोमाञ्चक मुडमा देखिएका छन् ।

शुक्रबार नै शोको कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठले पनि प्रस्तुति दिँदैछन् । सार्वजनिक भएको तस्बिर अनुसार उनीहरुको गेटअप पनि केही फरक देखिएका छन् । तस्बिरमा उनीहरुका कोरियोग्राफर सञ्जय लामा, कलाकार उमेश राई अर्थात फुलन्देकी आमा र प्रस्तोता सुमन कार्की पनि देखिएका छन् । फरक गेटअपका कारण उनीहरुको यो साताको प्रस्तुति पनि फरक रहेको अनुमान लाउन सकिन्छ । शुक्रबार नै कलाकार प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको जोडीले पनि प्रस्तुति दिँदैछन् । सार्वजनिक भएको तस्बिर अनुसार उनीहरुको नृत्य रोमान्टिक भावमा भएको अनुमान लाउन सकिन्छ । यी जोडीहरुसहित बाँकी जोडीले शुक्रबार र शनिबार यो हप्ताको लागि प्रस्तुति दिईसक्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*