यो हप्ता कसले मार्ला बाजी ?

२१ कार्तिक २०७७, शुक्रबार १९:४३
Featured Video Play Icon

मकवानपुर, २१ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता उत्कृष्ट ९ प्रतियोगीहरुको प्रस्तुति हुँदैछ । यसअघि तेस्रो ईलिमिनेशन विक पार गरेर आएका ९ जोडीहरुले यो शुक्रबार र शनिबार एकअर्कालाई उछिन्नका लागि प्रतिस्पर्धा गर्नेछन् । गत साता शुक्रबार र शनिबार प्राप्त भएको अंक अनुसार फुलन्देकी आमाका रुपमा चर्चा कमाउन सफल कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडी अगाडि छन् । उनीहरुले गत साता ९ जोडीहरुमध्ये सबैभन्दा बढी अर्थात २७ अंक निर्णायकहरुबाट प्राप्त गरेका थिए । स्टेजमा आमोद जोडीका नामले परिचित उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १५९ अंक प्राप्त गरेका छन् । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । त्यस्तै गत साता सबैभन्दा कम अंक प्राप्त गर्दै दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडी खतरामा परेका थिए । स्टेजमा देवार्थ जोडीका नामले परिचित यो जोडीले छैटौँ हप्ता २१ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदा सम्म जम्मा १५४ अंक प्राप्त गरेका छन् । उनीहरुले अहिलेसम्म बटम लाईनको सामना गरेका छैनन् । उनीहरुले चौथो हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । हेर्नुहोस् भिडियो फिचर-

त्यस्तै गत साता सर्वाधिक अंक ल्याउने २ जोडीहरुमा यसअघि उल्लेख गरिएको आमोद जोडीसँगै गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीको ‘बुद्धिका’ जोडी रहेको छ । बुद्ध र केबिकाले गत साता २६ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ पटकको नृत्यमा पनि २६ अंक नै प्राप्त गरेका हुन् । यद्यपि गत साता यो अंक दोस्रो सर्वाधिकबढी अंक बन्न सफल भएको थियो । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १५६ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् । गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले गत साता २५ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिदासम्म जम्मा १५५ अंक प्राप्त गरेका छन् । उनीहरुले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले आजसम्म बटम लाईनको सामना गरेका छैनन् । त्यस्तै गत साता २ जोडीहरुले समान २४–२४ अंक प्राप्त गरेका थिए । कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका टिकटक स्टार दिपा र दमन्ता श्रेष्ठ र कलाकार प्रियना आचार्य र शुभम भुजेलको जोडीले गत साता २४ अंक प्राप्त गरेका हुन् । स्टेजमा सुदिमन्ता नामले परिचित दिपादमन्ता र सुनिलको जोडीले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । उनीहरुले पाँचौँ हप्तामा पहिलो पटक पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले पनि अहिलेसम्म बटम लाईनको सामना गरेका छैनन् । डान्सिङ विथ द स्टार्स नेपालमा पहिलो वाईल्ड कार्ड ईन्ट्रीका रुपमा प्रतिस्पर्धामा सहभागी भएका प्रियना र शुभममो प्रियम जोडीले हालसम्म जम्मा ४६ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।

त्यस्तै गत साता शोमा ३ जोडीहरुले समान २३–२३ अंक प्राप्त गरेका थिए । कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको ‘प्रयत्न जोडी’, सृष्टि केसी र केशव थापाको ‘सृशव’ जोडी तथा सुमी मोक्तान र बिजु पार्कीको ‘सुबिजु’ जोडीले समान २३–२३ अंक प्राप्त गरेका हुन् । प्रयत्न जोडीले छैटौँ हप्ता सकिँदा जम्मा १५० अंक प्राप्त गरेका छन् । यो जोडीले २ पटक बटम थ्रीको सामना गरेको छ । त्यस्तै सृश्रव जोडीले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले पनि बटम लाईनको सामना गरेका छैनन् । सुबिजु जोडीले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । यसरी यी सबै जोडीहरुबिच यो हप्ता कडा टक्कर हुने देखिएको छ । यी ९ जोडीहरुमध्ये हालसम्म प्राप्त गरेका जम्मा अंकहरुका आधारमा ३ जोडीहरुले सबैभन्दा बढी अर्थात समान १६२ अंक प्राप्त गरेका छन् । १६२ अंक प्राप्त गर्ने जोडीहरुमा सुदिमन्ता जोडी, सृशव जोडी र सुबिजु जोडी रहेका छन् । हालसम्म प्राप्त जम्मा अंकका आधारमा प्रियम जोडी अन्तिम नम्बरमा छ तर यो वाईल्ड कार्ड ईन्ट्रीपछि प्राप्त भएको दुई वटा हप्ताहरुको मात्र अंक हो । उनीहरुले हालसम्म ४६ अंक प्राप्त गरेका छन् । त्यस्तै ६ हप्ताकै प्राप्त अंकका आधारमा सबैभन्दा कम अंक प्राप्त गर्ने जोडी प्रयत्न जोडी हो । प्रयत्न जोडीले छैटौँ हप्ता सकिँदा जम्मा १५० अंक प्राप्त गरेका छन् । यी जोडीहरुले यस हप्ता एकअर्कालाई पछि पार्नका लागि थप तयारीहरु पनि गर्नुपर्ने देखिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*