डान्सिङ विथ द स्टार्स नेपालका ३ भाईरल भिडियोहरु

२० कार्तिक २०७७, बिहीबार ०८:०६
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २० कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्सको नेपाली संस्करण डान्सिङ विथ द स्टार्स नेपाल यतिखेर चर्चाको शिखरमा छ । यो सामग्री तयार पार्दाको समयमा यस शोमा पहिलो वाईल्ड कार्ड ईन्ट्री पश्चात पून उत्कृष्ट ९ जोडी प्रतियोगीहरु छनौट भईसकेको छ । त्यस्तै ग्राण्ड प्रिमियर बाहेक पनि १२ वटा एपिसोडहरु प्रसारण भईसकेको छ । यो शो मात्र नभई अहिले यसका निर्णायक र प्रतियोगी जोडीहरु पनि चर्चाको शिखरमा छन् । के तपाईलाई थाहा छ ? यो शो हिमालय टेलिभिजनको चर्चित शोहरुमध्येको त्यस्तो एक शो हो जसका एपिसोडहरु हिमालय टिभीको युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । अर्थात यस शोका एपिसोड समावेश भिडियोहरु अहिले यस च्यानलमा सर्वाधिक हेरिएका भिडियोहरुमा पर्छन् । यस भिडियो सामग्रीमा हामी डान्सिङ विथ द स्टार्स नेपालका त्यस्ता ३ वटा एपिसोडहरुका बारेमा चर्चा गर्दैछौँ जुन एपिसोडहरु सर्वाधिक हेरिएका छन् र भाईरल भएका छन् । आउनुहोस् नम्बर ३ देखि यो काउनडाउन सुरु गरौँ । हेर्नुहोस् यो भिडियो फिचर–

डान्सिङ विथ द स्टार्स नेपालको एपिसोडहरुमध्ये दोस्रो एपिसोड चर्चित एपिसोडहरुमध्येको तेस्रो नम्बरमा रहेको छ । सेप्टेम्बर २६, २०२० मा युट्युब मार्फत सार्वजनिक भएको यो एपिसोडलाई यो सामग्री तयार पार्दाको समयमा १५ लाख ८६ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ५२ हजार लाईक र ७ हजार ८ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो एपिसोड हिमालय टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएका हालसम्मका सबै भिडियोहरुमध्ये सर्वाधिक हेरिएका भिडियोहरुको पनि आठौँ नम्बरमा पर्न सफल भएको छ । यस एपिसोडमा ६ जोडीहरुले प्रस्तुति दिएका थिए । यस एपिसोडमा बुद्ध लामा र केबिका खत्री, दिपादमन्ता श्रेष्ठ र सुनिल बिक, पुजा ठाकुर र राजिव समर, प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन, सुमी मोक्तान र बिजु पार्की तथा ज्योति मगर र लाउरे सिंहको जोडीले प्रस्तुति दिएका थिए । यसै एपिसोडमा सृष्टि केसी र केशव थापाको जोडीले पर्फोमेन्स अफ द विक अवार्ड प्राप्त गरेका थिए ।

डान्सिङ विथ द स्टार्स नेपालको एपिसोडहरुमध्ये ग्राण्ड प्रिमियरको एपिसोड चर्चित एपिसोडहरुमध्येको दोस्रो नम्बरमा रहेको छ । १८ सेप्टेम्बर २०२० मा युट्युब मार्फत सार्वजनिक भएको यो ग्राण्ड प्रिमियरलाई यो सामग्री तयार पार्दाको समयमा १६ लाख १६ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ५७ हजार लाईक र ४ हजार ९ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो प्रिमियर हिमालय टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएका हालसम्मका सबै भिडियोहरुमध्ये सर्वाधिक हेरिएका भिडियोहरुको पनि सातौँ नम्बरमा पर्न सफल भएको छ । यस प्रिमियरमा महानायक राजेश हमाल विशेष अतिथिका रुपमा सहभागी भएका थिए । यस प्रिमियरमा शोका विशेष अतिथि राजेश हमाल, निर्णायकहरु गौरी मल्ल, रेनेशा राई तथा दिलिप रायमाझीका साथै १२ जना कोरियोग्राफरहरुले प्रस्तु्ति दिएका थिए । साथै ११ जना स्टार कलाकारहरुको पनि परिय गराइएको थियो । शोमा केशव थापा र स्वयत्ना योञ्जन, राजिव समर र प्रमोद भण्डारी, केबिका खत्री र युमी बलामी, लाउरे सिंह र सुनिल बिक, शुभम भुजेल र सरोज मोक्तान तथा सञ्जय लामा र बिजु पार्कीले नृत्य गरेका थिए । प्रिमियर शोमा पत्रकार ऋषि धमला पनि उपस्थित भएका थिए ।

डान्सिङ विथ द स्टार्स नेपालको एपिसोडहरुमध्ये पहिलो एपिसोड चर्चित एपिसोडहरुमध्येको पहिलो नम्बरमा रहेको छ । २५ सेप्टेम्बर २०२० मा युट्युब मार्फत सार्वजनिक भएको यो एपिसोडलाई यो सामग्री तयार पार्दाको समयमा १८ लाख ९७ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ६६ हजार लाईक र ५ हजार ९ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो एपिसोड हिमालय टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएका हालसम्मका सबै भिडियोहरुमध्ये सर्वाधिक हेरिएका भिडियोहरुको पनि दोस्रो नम्बरमा पर्न सफल भएको छ । यस एपिसोडमा शोकै पहिलो प्रतियाोगितात्मक प्रस्तुति नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र कोरियोग्राफर युमी बलामीले दिएका थिए । हामी जोडीको यो नृत्य नै यस शोको पहिलो स्टाण्डिङ ओभिएसन प्राप्त नृत्य हो । हामी जोडीसँगै यस एपिसोडमा फुलेन्देकी आमाका रुपमा परिचित कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारी, रक्षा श्रेष्ठ र सरोज मोक्तान, दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठ तथा सृष्टि केसी र केशव थापाको जोडीले प्रस्तुति दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*