साम्तेन मोक्तान र बबिता पाख्रिनको ‘निजगढ फिलिङलिङ’ सार्वजनिक

१९ कार्तिक २०७७, बुधबार १६:१३

मकवानपुर, १९ कात्तिक । गायक तथा संगीतकार साम्तेन मोक्तान र गायिका बबिता पाख्रिनको नयाँ तामाङ सेलो गीत ‘निजगढ फिलिङलिङ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यसअघि अडियो भर्सनमात्र सार्वजनिक भएको गीतलाई म्यूजिक भिडियो सहित ३ नोभेम्बर २०२० मा सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोलाई गायक साम्तेन मोक्तानकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस अघि यस गीतको अडियो भर्सन सेप्टेम्बर १०, २०२० मा गायक मोक्तानकै अफिसियल युट्युब च्यानलबाट नै सार्वजनिक गरिएको थियो ।

गायक मोक्तानकै शब्द, संगीतमा तयार भएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका छन् । दिपेश प्रधानको मिक्सिङ मास्टरिङमा तयार भएको गीतलाई एसबी मुस्कानले जेनेरिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् । गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियोमा कलाकारहरु अनिता गोले, राज तामाङ, अभि लामा र मियु लोप्चनले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा निजगढको लाल डान्स क्रियुका कलाकारहरुले पनि नृत्य गरेका छन् । म्युजिक भिडियोलाई सूर्य लामा, बज्र ङ्यसुर र त्रिलोक लामाले छायाँकन, सम्पादन तथा कलरिङ गरेका छन् । म्युजिक भिडियोलाई अभि लामाले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ? (सिक्नुहोस् भिडियोबाट)
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ ।अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*