डान्सिङ विथ द स्टार्स नेपालका नयाँ उत्कृष्ट ९ जोडीहरु

१८ कार्तिक २०७७, मंगलवार १४:५०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १८ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा पूनः उत्कृष्ट ९ जोडीहरु छानिएका छन् । यसअघि नै उत्कृष्ट ९ जोडीहरु छानिएको भएता पनि शोको पहिलो वाईल्ड कार्ड ईन्ट्रीपछि भएको तेस्रो ईलिमिनेसन विकबाट एक जोडी बाहिरिएपछि पूनः उत्कृष्ट ९ जोडीहरु छानिएका हुन् । यसअघि उत्कृष्ट ९ सम्म पुगेका चर्चित फुटबलर हरि खड्का र कोरियोग्राफर युमी बलामीको हामी जोडी शोबाट बाहिरिएका छन् । शोका उत्कृष्ट ९ जोडीहरुमा प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन, सृष्टि केसी र केशव थापा, बुद्ध लामा र केबिका खत्री, ज्योति मगर र लाउरे सिंह, दिपा दमन्ता श्रेष्ठ र सुनिल बिक, सुमी मोक्तान र बिजु पार्की, दिभान्सी बैदवार, सिद्धार्थ श्रेष्ठ र सञ्जय लामा, फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारी तथा प्रियना आचार्य र शुभम भुजेल रहेका छन् । यस भिडियो सामग्रीमा यी नै नयाँ उत्कृष्ट ९ जोडीहरुको छोटो परिचय र उनीहरुले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडी डान्सिङ विथ द स्टार्स नेपालको ग्लामरस जोडी हुन् । विभिन्न क्षेत्रमा ट्यालेन्ट देखाईसकेको यो जोडी अहिले चर्चाको शिखरमा छ । यो जोडीले पहिलो नृत्यबाट ३० अंक, दोस्रो नृत्यबाट २० अंक, तेस्रो नृत्यबाट २७ अंक, चौथो नृत्यबाट २४ अंक, पाँचौँ नृत्यबाट २६ अंक र छैटौँ हप्ता २३ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदा जम्मा १५० अंक प्राप्त गरेका छन् । स्टेजमा प्रयत्न जोडीका रुपमा परिचित यो जोडीले पहिलो हप्ता ल्याटिन रम्बा, दोस्रो हप्ता ज्याज, तेस्रो हप्ता सेमि क्लासिकल, चौथो हप्ता भिईनिज वाल्ज, पाँचौँ हप्ता हिपहप ट्याङ्गो र छैटौँ हप्ता कल्चरल डान्स फ्युजन डान्स फर्ममा प्रस्तुती दिएका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरेको छ । सृष्टि केसी र केशव थापाको जोडी अन्य जोडीहरुभन्दा फरक छन् । सृष्टि केसी १५ वर्षको उमेरदेखि आँखाले बाहिरी संसार देख्न सक्दिनन् तर उनी विभिन्न विधाका साथै नृत्यमा पनि लगाव राख्छिन् । चर्चित कोरियोग्राफर केशव थापाले उनलाई यति खेर प्रतिस्पर्धामा साथ दिईरहेका छन् । पहिलो प्रस्तुतिदेखि नै यो जोडीले लगातार प्रशंसा पाईरहेको छ । उनीहरुले पहिलो नृत्यबाट नै पर्फोमेन्स अफ द विकको अवार्ड पनि जितेका थिए । स्टेजमा सृशव जोडीका रुपमा परिचित यो जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २७ अंक, तेस्रो हप्ता ३० अंक, चौथो र पाँचौँ हप्ता २६–२६ अंक र छैटौँ हप्ता २३ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्युजन अफ वाल्ज, दोस्रो हप्ता आफ्रो मिक्स, तेस्रो हप्ता कन्टेम्प्ररी,चौथो हप्ता बचाटा, पाँचौँ हप्ता ओपन स्टाईल र छैटौँ हप्ता टप्पा डान्स फर्ममा प्रस्तुति दिएका थिए । उनीहरुले पहिलो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए ।

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म नै लगातार समान २६–२६ अंक प्राप्त गरेका छन् उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १५६ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता हाउस र छैटौँ हप्ता ओपन स्टाईल डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् । चर्चित जोडीहरुमध्येको एक जोडी हुन् गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडी । स्टेजमा ज्योतिला नामबाट परिचत यो जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २५ अंक, तेस्रो हप्ता २७ अंक, चौथो हप्ता २३ अंक तथा पाँचौ र छैटौँ हप्ता २५–२५ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिदासम्म जम्मा १५५ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले पहिलो हप्ता कन्टेम्प्ररी, दोस्रो हप्ता कलि–हप, तेस्रो हप्ता कल्चरल मगर डान्स, चौथो हप्ता कन्टेम्प्ररी, पाँचौँ हप्ता मारुनी र छैटौँ हप्ता साल्सा र नेपाली डान्स फ्युजन डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरुले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए ।

कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका टिकटक स्टार दिपा र दमन्ता श्रेष्ठले शोमा सबैको मन जित्न सफल भएका छन् । दिपा र दमन्ता टिकटकमा जति लोकप्रिय छन् त्यति नै चर्चा डान्सिङ विथ दी स्टार्समा पनि चल्दैछ । टिकटकबाट चिनिएका जुम्ल्याह दिदीबहिनीले सुनिलको राम्रो साथ पाएका छन् । यो जोडीले एकपछि अर्को गर्दै लगातार धमाकेदार प्रस्तुतिहरु दिएर स्टेज तताउँदै आएको छ । स्टेजमा सुदिमन्ता नामले परिचित यो जोडीले पहिलो हप्ता २४ अंक, दोस्रो हप्ता ३० अंक, तेस्रो हप्ता २९ अंक, चौथो हप्ता २८ अंक, पाँचौ हप्ता २७ अंक र छैटौँ हप्ता २४ अंक प्राप्त गरेको थियो । यो जोडीले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । यो जोडीले पहिलो हप्ता टटिङ एण्ड पपिङ, दोस्रो हप्ता ओपन स्टाईल, तेस्रो हप्ता कलिहप, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता कलिहप र छैटौँ हप्ता ओपन स्टाईल डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरुले पाँचौँ हप्तामा पहिलो पटक पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी अहिले दर्शकको रोजाईमा छन् । शोमा सहभागी भएदेखि नै यो जोडीको डान्सलाई हेर्न दर्शकहरु सर्वाधिक पर्खाईमा थिए । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले रुचाएका छन् । उनीहरुले पहिलो,दोस्रो र तेस्रो नृत्यबाट समान ३०–३० अंक, चौथो नृत्यबाट २६ अंक तथा पाँचौँ र छैटौँ नृत्यबाट २३–२३ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १६२ अंक प्राप्त गरेका छन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर, पाँचौँ हप्ता कलिउड हिपहप र छैटौँ हप्ता झ्याउरे डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ ।

डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी हो दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडी । दिभान्सीका पार्टनकार रुपमा सिद्धार्थ श्रेष्ठ सहभागी छन् भने सञ्जय लामा कोरियोग्राफरका रुपमा रहेका छन् । यस अघि दिवान्सीलाई कोरियोग्राफर शुभम भुजेलले कोरियोग्राफ गरेका थिए तर उनको पार्टनर र कोरियोग्राफर दुबै जना परिवर्तन भएका हुन् । उनीहरुले चौथो हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । स्टेजमा देवार्थ जोडीले परिचित दिभान्सी र सिद्धार्थले पहिलो हप्ता २७ अंक, दोस्रो हप्ता २६ अंक, तेस्रो हप्ता २४ अंक, चौथो हप्ता ३० अंक, पाँचौँ हप्ता २६ अंक र छैटौँ हप्ता २१ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदा सम्म जम्मा १५४ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिउड, तेस्रो हप्ता लकिङ, चौथो हप्ता झ्याउरे, पाँचौ हप्ता हिपहप र छैटौँ हप्ता साल्सा डान्स फर्ममा प्रस्तुति दिएका थिए । फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले यतिखेर स्टेजमा चर्चा कमाईरहेका छन् । कमेडियन र कोरियोग्राफरको यो जोडीले दर्शकलाई हँसाउने र रुवाउने गरी डान्स गरिरहेका छन् । स्टेजमा दर्शकहरुले उमेशलाई मात्र नभई प्रमोदलाई पनि कलाकारका रुपमा हेर्न मौका पाएका छन् । किनभने विभिन्न जोडीहरुको प्रस्तुतिमा पनि कोरियोग्राफर प्रमोदले गेस्ट रोल गरेर आफु अभिनयमा समेत जम्नसक्ने सम्भावना देखाईरहेका छन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पहिलो र दोस्रो हप्ता २५–२५ अंक, तेस्रो हप्ता २९ अंक, चौथो हप्ता २५ अंक, पाँचौँ हप्ता २८ अंक र छैटौँ हप्ता २७ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १५९ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिहप, तेस्रो हप्ता ओपन स्टाईल,चौथो हप्ता कलिहप, पाँचौँ हप्ता बेली डान्स र छैटौँ हप्ता कलिहप डान्स फर्ममा डान्स गरेका थिए । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले पनि एक पटक बटम थ्रीको सामना गरिसकेको छ ।

डान्सिङ विथ द स्टार्स नेपालमा पहिलो वाईल्ड कार्ड ईन्ट्रीका रुपमा प्रतिस्पर्धामा सहभागी भएका पहिलो जोडी हुन् कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडी । स्टेजमा प्रियम जोडीका नामले परिचित यो जोडीले शोको पाँचौँ हप्तामा वाईल्ड कार्ड ईन्ट्री पाएका थिए । यस समयमा शोको उत्कृष्ट ९ जोडीहरु छानिसकिएका थिए । शुभम र प्रियनाले पाँचौँ हप्तामा आफ्नो पहिलो नृत्य प्रस्तुत गरेका थिए । यो जोडीले पाँचौँ हप्ता २४ अंक र छैटौँ हप्तामा २२ अंक प्राप्त गरेका थिए । उनीहरुले पाँचौँ र छैटौँ हप्तामा ओपन स्टाईल डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरुले हालसम्म जम्मा ४६ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*