शिखरपानीमा चुरियामाई माविको भवन उद्घाटन तथा नयाँ भवनको शिलान्यास

१७ कार्तिक २०७७, सोमबार २०:४२

मकवानपुर, १७ कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानीमा अवस्थित श्री चुरियामाई माध्यमिक विद्यालयको ४–४ कोठाको २ वटा भवन उद्घाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कार्यान्वयन ईकाई (डिएलपिईयु) को सहयोगमा तयार भएको चारकोठे २ वटा भवनको उद्घाटन तथा शिलान्यास कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । त्यस्तै डिएलपिईयुकै सहयोगमा विद्यालय हातामै बन्न लागेको नयाँ ४ कोठे भवनको पनि शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्कूलको भवन उद्घाटन तथा नयाँ भवनको शिलान्यास गरेका हुन् ।

डिएलपिईयुको १ करोड ४० लाख रुपैयाँ अनुदानमा ४–४ कोठाको दुई वटा भवन तयार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मुक्तानले बताएका छन् । त्यस्तै डिएलपिईयु कै ६८ लाख रुपैयाँ अनुदानमा नयाँ ४ कोठे भवन तयार पारिनेछ । कार्यक्रममा बोल्दै मेयर महतले बिगत ४ वर्षदेखि निजी श्रोतबाट प्लस टु सञ्चालन हुँदै आएको विद्यालयमा अब छिट्टै दरबन्दी कायम गरिने प्रतिबद्धत्ता व्यक्त गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मुक्तानको सभाध्यक्षतामा भएको भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा डिएलपिईयुका प्रमुख बद्रिबहादुर पाठकको विशेष आतिथ्यता, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामा र डिएलपिईयुका प्राविधिक कपिलदेव महतोको आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक देवराज शर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

यो पनि हेर्नुहोस्–
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ । अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*