ज्योति र लाउरेको पहिलो जित

१७ कार्तिक २०७७, सोमबार २०:१७
Featured Video Play Icon

मकवानपुर, १७ कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको ‘ज्योतिला’ जोडीले पहिलो जित हासिल गरेको छ । उनीहरुले शोको छैटौँ हप्ता पर्फोमेन्स अफ द विक अवार्ड प्राप्त गर्दै पहिलो जीत हासिल गरेका हुन् । उनीहरुले छैटौँ हप्ता ज्योतिकै ‘जिम्माल बाउकी छोरी’ बोलको गीतमा नृत्य गरेका थिए । साल्सा र नेपाली डान्स फ्युजन गरिएको यस नृत्यमा ज्योति र लाउरेले निक्कै प्रशंसा समेत पाएका थिए । उनीहरुले यही प्रस्तुतिकै आधारमा अवार्ड जितेका हुन् । स्टेजमा ज्योतिला नामबाट परिचत यो जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २५ अंक, तेस्रो हप्ता २७ अंक, चौथो हप्ता २३ अंक तथा पाँचौ र छैटौँ हप्ता २५–२५ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिदासम्म जम्मा १५५ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले पहिलो हप्ता कन्टेम्प्ररी, दोस्रो हप्ता कलि–हप, तेस्रो हप्ता कल्चरल मगर डान्स, चौथो हप्ता कन्टेम्प्ररी, पाँचौँ हप्ता मारुनी र छैटौँ हप्ता साल्सा र नेपाली डान्स फ्युजन डान्स फर्म प्रस्तुत गरेका थिए । हेर्नुहोस् भिडियो फिचर–

ज्योती मगर नेपाली कला क्षेत्रमा गायिका तथा मोडलका रुपमा परिचित छिन् । उनको जन्म रोल्पा जिल्लाको नुवागाउँमा भएको थियो । उनी वि.सं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । सानैदेखि गीत गाउने र नृत्य गर्न रुचाउने ज्योतिका लोक फ्युजनका गीतहरुलाई निक्कै रुचाइएको छ । उनले कक्षा २ अध्ययनकै क्रममा पहिलो पटक उनकी आमाले लेख्नुभएको गीत गाएकी थिईन् । अंकलबाट उनले नृत्य सिकेकी थिईन् । रोल्पामा कक्षा ८ सम्म अध्ययन गरेकी ज्योतिले माओवादी द्वन्दकालका समयमा रोल्पा छोडेकी थिईन् । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ र एक जना दिदी छन् ।उनले दाङबाटको रजिना स्कूलबाट एसएलसी पास गरेकी थिईन् तर उनले प्लस टु अध्ययनकै क्रममा कला क्षेत्र समातेकी थिईन् ।

उनले अञ्चल स्तरीय दोहोरी गीत प्रतियोगितामा भाग लिएर पनि संगीत क्षेत्रमा पाईला चालेकी थिईन् । उक्त कार्यक्रममा उनी उत्कृष्ट भएकी थिईन् । उनी विद्यालय तहमा निक्कै मेधावी विद्यार्थी थिईन् । उनी कक्षामा फस्र्ट गर्ल थिईन् । डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौँ आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरेकी थिईन् । उनी दाङको रेडियो स्वर्गदारी एफएममा दोहोरी समूह बनाएर विभिन्न प्रतियोगितामा सहभागीमा हुने गरेकी थिईन् । उनी आफुलाई मोडल भन्दा पनि गायिका भन्न रुचाउँछिन् । एसएलसी पछि काठमाडौँ आएकी ज्योतिले दोहोरी साँझमा गीत गाउन थालिन् । त्यसपछि उनले जीवनमा पछि फर्किनु परेन । वि.सं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरेकी थिईन् तर उक्त एल्बम कारणवश सार्वजनिक भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम ‘मायासँग’ र ‘उही मुलाको सिन्की उही मुलाको चाना’ बजारमा आएपछि उनी चर्चामा आईन् । ग्लामरस छबिका कारण थप चर्चामा रहेकी ज्योतिले ग्लामरकै कारण दुःख पनि भोगेकी छिन् ।

लाउरे सिंह प्रोफेस्नल डान्सर हुन् । डान्सिङ विथ द स्टार्स नेपालमा ज्योति मगरलाई कोरियोग्राफ गरिहेका लाउरेको चर्चा यतिखेर चुलिएको छ । नेपालमा मात्र नभई भारतमा पनि चर्चामा रहेका लाउरेको वास्तविक नाम राकेश टिखात्री हो । मुम्बईमा बसोबास गर्ने लाउरे लामो समयदेखि प्रोफेस्नल डान्सरका रुपमा करियर अगाडि बढाएका छन् । उनले विभिन्न शोहरुमा प्रोफेस्नल कोरियोग्राफर रुपमा काम गर्नुका साथै प्रोफेस्नल डान्सरका रुपमा सहभागिता जनाईसकेका छन् । नेपालको एक कार्यक्रममा सहभागी हुँदा लाउरेका नामले एकाएक चर्चामा आएपछि उनले आफ्नो वास्तविक नामभन्दा लाउरे सिंह नाम नै प्रयोग गर्न थाले । कक्षा ४ मा अध्ययन गर्दाकै समयमा डान्स सुरु गरेका लाउरे मार्सल आर्टका खेलाडी समेत हुन् । तर उनको अंकलको डान्सलाई हेर्दै उनले डान्सिङ सुरु गरेका हुन् । आफै सिकेर डान्सिङमा जमेका लाउरेले कहिल्यै पनि औपचारिक रुपमा नृत्य सिकेनन् तर उनी सेल्फ लर्निङ र वर्कशपकै भरमा खारिएर चर्चामा आएका कोरियोग्राफर हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*