खतराको घेरामा ३ जोडी

१५ कार्तिक २०७७, शनिबार १९:२४
Featured Video Play Icon

मकवानपुर, १५ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता तेस्रो ईलिमिनेसन विक चल्दैछ । शोमा गत साता र यो साता प्रस्तुत गर्ने प्रस्तुतिसँगै निर्णायकको मत र दर्शक भोटका आधारमा एक जोडीले शनिबार शो छोड्नेछन् । गत साता बटम थ्रीमा परेका दुई जोडीहरु प्रयत्न र हामीसँगै गत साता कम अंक प्राप्त गरेको सुबिजु जोडी यो साता डेञ्जर जोनमा छन् । यी जोडीहरुले यो साता आफुलाई सुरक्षित राख्लान् वा बाहिरिएलान् भन्ने प्रश्नले दर्शकहरु पनि शो ध्यान दिएर हेर्दैछन् । कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडीले गत हप्ता २६ अंक प्राप्त गरेको थियो । प्रयत्न जोडीले पाँचौँ नृत्य सकिँदासम्म जम्मा १२७ अंक प्राप्त गरेको छ । यो वाईल्ड कार्ड बाहेक अन्य जोडीहरुको हालसम्म प्राप्त अंकहरुको तुलनामा सबैभन्दा कममध्येको एक हो । त्यसैले यो साता उनीहरुले कति अंक प्राप्त गर्लान् र दर्शक भोट कस्तो आउँला भन्ने कुरामा उनीहरुको आगामी यात्रा तय हुनेछ । प्रशान्त र स्वयत्नाको प्रयत्न जोडीले पहिलो हप्ता ल्याटिन रम्बा, दोस्रो हप्ता ज्याज, तेस्रो हप्ता सेमिक्लासिकल, चौथो हप्ता भिईनिज वाल्ज र पाँचौँ हप्ता हिपहप ट्याङ्गो डान्स फर्म प्रस्तुत गरेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरेको छ । हेर्नुहोस् यो भिडियो फिचर–

त्यस्तै फुटबलर हरि खड्का र कोरियोग्राफर युमी बलामीको हामी जोडीले पनि गत साता २६ अंक प्राप्त गरेका थिए । उनीहरुले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १२७ अंक प्राप्त गरेका थिए । यो वाईल्ड कार्ड बाहेक अन्य जोडीहरुको हालसम्म प्राप्त अंकहरुको तुलनामा सबैभन्दा कममध्येको एक हो । स्टेजमा हामी जोडीका रुपमा परिचित यो जोडीले शुक्रबार प्रस्तुति दिईसकेको छ । उनीहरुले शुक्रबार पाएको अंकले पनि उनीहरु थप खतरामा पर्नसक्ने देखाएको छ । उनीहरुले शुक्रबार अर्थात छैटौँ हप्ता २२ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १४९ अंक प्राप्त गरेका छन् । त्यसैले उनीहरुलाई दर्शक भोटले कत्तिको साथ दिन्छ भन्ने कुरा शनिबिार मात्र थाहा हुनेछ । हामी जोडीले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता ओपन स्टाईल, तेस्रो हप्तामा फङ्क ज्याज र चौथो, पाँचौँ र छैटौँ हप्तामा ओपन स्टाईल डान्स फर्ममा डान्स गरेका थिए । यो जोडीले एकपटक बटम थ्रीको सामना गरेका छन् ।

त्यस्तै नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले गत साता २३ अंक प्राप्त गरेका थिए । उनीहरुले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १३९ अंक प्राप्त गरेका थिए जुन वाईल्ड कार्डबाहेक अन्य जोडीहरुले पाएको अंकका आधारमाम सर्वाधिक अंक मध्येको एक हो । गत साता यो जोडी बटम थ्रीमा नपरेता पनि र हालसम्मको अंक अनुसार सर्वाधिक अंक प्राप्त गर्ने जोडीहरुमध्येको एक भएता पनि यो जोडीलाई यो साता खतरा छ । किनभने नतिजा जम्मा अंकलाई भन्दा पनि गत साता र यो साताको निर्णायकले दिएको अंक र दर्शक भोटका आधारमा तय गरिन्छ । जसअनुसार गत साता उनीहरुले सबैभन्दा कम अंक प्राप्त गरेका थिए । उनीहरुको अबको यात्रा शनिबारको प्रस्तुति र दर्शक भोटमा निर्भर रहेको छ । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर र पाँचौँ हप्ता कलिउड हिपहप डान्स फर्म प्रस्तुत गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*