यति राम्रो बन्यो सागर आलेको ‘आमा’

१५ कार्तिक २०७७, शनिबार १४:५२
Featured Video Play Icon

मकवानपुर, १५ कात्तिक । चर्चित गायक सागर आले मगरको ‘आमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सागरको ‘आमा’ बोलको गीतको म्युजिक भिडियो उनकै अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो । सन्तानको खुशीलाई पहिलो प्राथमिकतामा राखेर सबै सहने मायालु आमाको बारेमा गीत तयार बनेको छ । हेर्नुहोस् भिडियो फिचर–

सागरको आवाज समावेश गीतमा सुरज कालाखेतीको शब्द र संगीत रहेको छ । गीतलाई मनोज थापा मगरले एरेञ्ज, रेकर्ड र मिक्सिङ मास्टरिङ गरेका छन् । गीतमा सञ्जीव बराईलीको गीतार सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो अनिल कट्वालको छायाँकन तथा सम्पादनमा तयार भएको हो । गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन अनिल कट्वाल र सागर राना मगरले गरेका छन् । हेर्नुहोस् गीतको म्यूजिक भिडियो–

आदरणीय दर्शकविन्द, तपाईलाई सागरको नयाँ गीत कस्तो लाग्यो ? कृपया सुनेर कमेन्ट गर्नुहोस् । गीतको लिंक भिडियोको डिस्क्रीप्सनमा राखिएको छ । तपाई सिधै सागर आलेको युट्युब च्यानलमा गएर पनि गीतको भिडियो हेर्नसक्नुहुनेछ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्–
के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ
तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो–

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ? (सिक्नुहोस् भिडियोबाट)
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ ।अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*