मकवानपुरे गायक करप रुम्बाको ‘परदेशीको जीवन’ सार्वजनिक

१२ कार्तिक २०७७, बुधबार २०:३८

मकवानपुर, १२ कात्तिक । मकवानपुरका उदयीमान गायक करप रुम्बाको चौथो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस अघि ‘घर मेरो जिल्ला मकवानपुर’, ‘सुनी देऊ न’ र ‘टिकटक स्होसी’ बोलको ३ वटा गीत सार्वजनिक गरिसकेका रुम्बाले चौथो गीत ‘परदेशीको जीवन’ सार्वजनिक गरेका हुन् । उनले चौथो गीत भने दक्षिण कोरियाबाट सार्वजनिक गरेका छन् । यसअघि सेलो तथा डान्सिङ पप भर्सनको गीत बजारमा ल्याएका उनले यस पटक भने परदेशीको पिडा झल्काउने भावुक गीत सार्वजनिक गरेका छन् । उनको नयाँ गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक रुम्बाकै शब्द रहेको छ । गीतमा छेडुप लामा मोक्तानको संगीत सुन्न सकिन्छ । गीतलाई चाँद सिंहले एरेञ्ज गरेका छन् । दक्षिण कोरियामै रेकर्ड गरिएको गीतलाई दिपेश प्रधानले मिक्सिङ, मास्टरिङ गरेका छन् । गायक रुम्बाकै फिचरिङ गरिएको म्युजिक भिडियोलाई ज्ञान लामाले छायाँकन तथा सुकदेव राईले सम्पादन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यस अघि नै सार्वजनिक भएको ‘टिकटक स्होसी’ बोलको गीतमा रुम्बालाई गायिका गंगा जिम्बाले साथ दिएकी थिईन् । गीतको अडियो भर्सनमात्र सार्वजनिक भएको थियो । विवेक लोप्चनको शब्द संगीतमा तयार भएको गीतलाइ कर्साङ लामा दोङले एरेञ्ज गरेका छन् । त्यस्तै ‘सुनी देऊ न’ बोलको गीतमा पनि करपकै शब्द, सँगीत र आवाज रहेको थियो । कर्साङ लामाको एरेञ्जमा तयार भएको गीतलाई लिरिकल भर्सनमा मात्र सार्वजनिक गरिएको थियो । त्यस्तै उनको पहिलो गीत ‘घर मेरो जिल्ला मकवानपुर’को अडियो भर्सनमात्र सार्वजनिक भएको थियो । रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका थिए । गीतमा कर्साङ लामाको एरेञ्ज रहेको छ ।

मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा रुम्बा बिगत केही वर्षदेखि दक्षिण कोरियामा कार्यरत छन् । उनले यसअघि हेटौँडामा आयोजित हेटौँडा आईडल गायन प्रतियोगितामा पनि चर्चा कमाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*