४ तामाङ गीतहरु चर्चामा

१२ कार्तिक २०७७, बुधबार १३:३३
Featured Video Play Icon

मकवानपुर, १२ कात्तिक । विभिन्न समयमा रिलिज भएका ४ तामाङ गीतहरु यतिखेर चर्चामा छन् । ती तामाङ गीतहरुमध्ये २ वटा तामाङ चलचित्रका गीतहरु र २ वटा तामाङ तथा तामाङ सेलो गीतहरु रहेका छन् । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

गायिका पूजा तामाङको तामाङ सेलो गीत ‘आप्पाकी छोरी’ चर्चामा छ । पूजाको यो गीतको म्युजिक भिडियो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार प्रिमियर गरिएको थियो । यस अघि नै विभिन्न गीतहरु सार्वजनिक गरेर चर्चामा आएकी गायिका तामाङको यो गीतमा वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको शब्द, संगीत तथा एरेञ्ज रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्स गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडल निरञ्जली लामा, चन्द्रकुमार दोङ र राजेन्द्र तामाङलाई फिचरिङ गरिएको छ । सूर्य लामाको छायाँकनमा तयार भएको म्युजिक भिडियोलाई बज्र ङ्यास्युरले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई प्रतिक ङ्येस्युरले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

त्यस्तै तामाङ भाषाको चलचित्र ‘तिङ्ला पुजु’ को दोस्रो गीत पनि चर्चामा छ । चलचित्रको ‘सेम्ला र्हो’ बोलको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको हो । गीतमा चर्चित गायक शुभ तामाङ र गायिका बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । कमल रुम्बाको शब्द तथा संगीतमा तयार भएको गीतलाई बुद्ध स्याङ्बाले एरेञ्ज गरेका हुन् । गीतमा जीवनसाथीलाई मनभित्रको मित्रका रुपमा चर्चा गरिएको छ । चलचित्रको गीत जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत ३ अक्टोबर २०२० मा प्रिमियर गरिएको हो । यस गीतको भिडियोमा चलचित्रका नायक रोशन थिङ तामाङ र नायिका कल्पना वाईबालाई फिचरिङ गरिएको छ । यसअघि नै चलचित्रको ‘सार्सी साम्बा म्हेन्दो’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो । यो गीत पनि अहिले चर्चामा छ । उक्त गीतको शब्द तथा संगीत कमल रुम्बाले तयार पारेका हुन् । यस गीतमा पनि चर्चित गायक शुभ तामाङ र चर्चित गायिका सिर्जना स्याङ्तानको आवाज रहेको छ । गीतलाई दिपेश प्रधानले एरेञ्ज र मिक्स गरेका हुन् । ओईलाएर जाने फुल जस्तो आफुहरुबिचको प्रेम नभएको भावना यस गीतमा समावेश छ । चलचित्रको गीत जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत ७ अगष्ट २०२० मा प्रिमियर गरिएको थियो । म्यूजिक भिडियोमा चलचित्रका नायक जय स्याङ्तान र नायिका अबिना गोलेलाई फिचरिङ गरिएको छ ।

चलचित्र ‘तिङ्ला पुजु’ मा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् । चलचित्रको पब्लिसिटी डिजाई सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रका गीतहरुमा शुभ तामाङ, दुखी तामाङ, बबिता पाख्रिन र सिर्जना स्याङ्तानको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतहरु बुद्ध स्याङ्बा र दिपेश प्रधानले एरेञ्ज गरेका छन् । गीतहरु दिप स्टुडियोमा तयार पारिएको हो ।

त्यस्तै गायक राजु तामाङ र गायिका जितु लोप्चनको तामाङ सेलो ‘थलाउ ग्रेनग्रेन ताम’ पनि चर्चामा छ । यो गीतको अडियो भर्सन जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत ३ अक्टोबर २०२० मा सार्वजनिक भएको हो । डुप्साङ तामाङको शब्द तथा जिबी लामाको संगीतमा तयार भएको यो गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् । गीतका प्रस्तुतकर्ता रेशम जिम्बा हुन् । उनको यो पहिलो प्रस्तुति हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*