फुटबलर हरि खड्का यति रोमान्टिक

११ कार्तिक २०७७, मंगलवार ०८:३३
Featured Video Play Icon

मकवानपुर, ११ कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्का र कोरियोग्राफर युमी बलामीले यस हप्ता तहल्का मच्चाएका छन् । एकपछि अर्को नृत्यमा तहल्का मच्चाउँदै आएको यो जोडीले शोमा यस हप्ता अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रस्तुति दिएको दर्शक र निर्णायकहरु बताउँछन् । फरक फरक प्रस्तुतिहरुमा फिट भईरहेको यो जोडीले शुक्रबार चलचित्र अर्जुनको ‘मास्टर साहेब सिकाउदेऊ पिरती’ बोलको गीतमा ओपन स्टाईल डान्स गरेका थिए । यस गीतमा यसअघिका प्रस्तुतिहरुमाभन्दा बढी डान्स मुभ्सहरु पनि प्रयोग गरिएको थियो जसलाई फुटबलर खड्काले पुरापुर निभाएका छन् । हेर्नुहोस् भिडियो सामग्री–

हरि र युमीको यो दमदार प्रस्तुतिमा छाता देखि फुटबलसम्म प्रयोग गरिएको थियो । हरिले फुटबललाई संगीतकै तालमा प्रस्तुत गरेका थिए । स्टेजमा हामी जोडी नामले परिचित यो जोडीको नृत्यलाई विशेष अतिथिहरुले पनि प्रशंसा गरेका थिए । निर्णायक दिलिप रायमाझीले यो प्रस्तुति हामी जोडीको अहिलेसम्मकै रमाईलो प्रस्तुति भएको बताए । निर्णायक गौरी मल्ल र रेनेशा राईले पनि उनीहरुको नृत्यको प्रशंसा गरे । निर्णायक रेनेशाले हरिको प्रशंसा गर्दै स्टेजमै नाच्न पुगिन् । निर्णायकसँगै छमछमी नाचेका हरिले स्टेजमा फेरि तहल्का मच्चाए । फुटबलरलाई डान्सर बनाउन सफल युमीको पनि निर्णायकहरुले प्रशंसा गरे । फिल्मी थिममा नृत्य गरेको कारण भस्मे डनको क्यारिकेचरलाई पनि हरिले हुबहु उतार्ने प्रयास गरे । हरिको क्यारिकेचरसँगै स्टेजमा हाँसो गुञ्जिएको थियो ।

हामी जोडीलाई निर्णायक गौरी र दिलिपले ९–९ अंक र रेनेशाले ८ अंक गरी जम्मा २६ अंक प्रदान गरेका छन् । हामी जोडीको यो पाँचौँ नृत्य हो । यो जोडीले पहिलो हप्ता २६ अंक, दोस्रो हप्ता २४ अंक, तेस्रो हप्ता २५ अंक र चौथो हप्ता २६ अंक प्राप्त गरेका थिए । उनीहरुले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १२७ अंक प्राप्त गरेका छन् । हामी जोडीले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता ओपन स्टाईल, तेस्रो हप्तामा फङ्क ज्याज, चौथो र पाँचौँ हप्ता ओपन स्टाईल डान्स फर्ममा डान्स गरेका थिए । यो जोडीले एकपटक बटम थ्रीको सामना गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*